Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु

सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ ११ झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको छे । तर गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
सिन्धुपाल्चोकमा ६२ घर पहिरोको उच्च जोखिममा

सिन्धुपाल्चोकमा ६२ घर पहिरोको उच्च जोखिममा

समाचार
पूर्णपुष्टि, भदौ ११ सिन्धुपाल्चोकमा ६२ घर पहिरोको उच्च जोखिममा परेका छन् । सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोमा ६२ घर परिवार जोखिममा परेका हुन्् । पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको पालिकाले जनाएको छ । पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ । सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेको जनाएको छ । बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिकाले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको जनाइएको छ ।...
आजको राशिफल

आजको राशिफल

Breaking News 1
वि.सं. २०७७ भदौ ११ गते  बिहीवार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशी हुनेहरुको लागी आजको दिन अरूका लागि समय खर्चनुपर्ला । परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । भाग्यले अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा समेत कमाउने योग छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन नयाँ साथीभाइ भेटिने छ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । तर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आजको दिन स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ । हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ । प्रतिस्पर्धीहरू...
मलको भाउ तेब्बर पारेर बेच्ने ३ जना व्यापारी पक्राउ

मलको भाउ तेब्बर पारेर बेच्ने ३ जना व्यापारी पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १० दाङको गढवामा रासायनिक मल युरिया बजार भाउभन्दा तेब्बर बढी मूल्यमा बेचेको आरोपमा तीन जना व्यापारी पक्राउ परेका छन् । गढवा बजार र आसपासको क्षेत्रबा पसलबाट रासायनिक मल युरिया चर्को मूल्यमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गढवा गाउँपालिका–५ का सुनील पोख्रेल, राजकुमार गुप्ता र युवराज पाण्डे पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको पसलबाट प्रतिबोरा सात सय २१ पर्ने रासायनिक मल (युरिया) लाई प्रतिबोरा दुई हजार चार सय रुपैयाँको दरले बिक्री गरी उपभोक्तालाई ठगी गरेको पाईएको जनाएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।...
नेपालमा आज थप ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० नेपालमा आज थप आठ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या ३४ हजार चार सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १९ हजार पाँच सय चार पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा साढे छ हजार भन्दा बढिको पिसिआर परिक्षण

उदयपुरमा साढे छ हजार भन्दा बढिको पिसिआर परिक्षण

समाचार, स्वास्थ्य
पुर्णपष्टि, भदौ १० उदयपुरमा अहिलेसम्म छ हजार नौंं सय ५५जनाको पिसिआर परिक्षण गरिएकोमा एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट नमुना संकलन गरिएकोमा ८० पुरुष र ३१ जना महिलाको कोरोना रिपोट पोजेटिभ आएको हो । पाचँ हजार एक सय ६७ पुरुष र एक हजार सात सय ८८ महिलाको पिसिआर परिक्षण गरिएकोमा पाचँ हजार छ पुरुष र एक हजार सात सय ३५ महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्या कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए । त्रियुगामा ६५, बेलकामा ३२, कटारिमा ७, र चौदण्डीगढी नगरपालिकामा दुइ जना कोरोना संक्रमित भेटिएको छ । त्यसैगरि ताप्लीमा ३ र उदयपुरगढी गाउपालिकामा दुई जना कोरोना संक्रमित भएको प्रमुख सुवेदिले बताए । आठ वटै स्थानीय तहहरुमा कोरोना परिक्षण गरिएकोमा  अहिलेसम्म लिम्चुङबुङ र रौतामाई गाउपालिकामा कोरोना नभेटिएको प्रमुख सुवेदिले बताए । लिम्चुङबुङमा एक सय ३४ र रौतामाईमा...
उदयपुरमा कोरोना संक्रमित एक सय एघार पुग्यो

उदयपुरमा कोरोना संक्रमित एक सय एघार पुग्यो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, भदौ १० उदयपुर जिल्लामा पिसिआर परिक्षण गर्दा एक सय एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा छ हजार नौ सय ५५ जनाको पिसिआर परिक्षण भएको थियो । कोरोना सक्रमितको संख्या एक सय एक पुगेको हो । जसमा महिलाको संख्या ३१ र पुरुषको संख्या ८० रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए । जिल्लाको आठ वटै पालिकामा परिक्षण गर्दा लिम्चुङबुङ र रौतामाई गाउपालिकामा कोरोना  संक्रमित भेटिएको छैन ।  स्वास्थ्य प्रमुख सुवेदिका अनुसार संक्रमित भेटिएका पालिकामध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ६५जना रहेको छ । बेलकामा ३२, कटारिमा ७ र चौदण्डिगढि नगरपालिका दई जना त्यसैगरि ताप्लीमा ३, उदयपुरगढि गाउपालिकामा दुई जना कोरोना  संक्रमित भेटिएको छ । रौतामाईमा  ३ सय १४ जना र लिम्चङबुङ गाउँपालिकामा १ सय ३४ जनाको परिक्षण भएको थियो । संक्रमित भएका मध्ये २१ जनाको उपचार भइरहेको र ...
‘नो अब्जेक्सन लेटर’ वितरण गर्ने निर्णय

‘नो अब्जेक्सन लेटर’ वितरण गर्ने निर्णय

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १० सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिदै आएको छ । विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् । नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ ।...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० कोरोना संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । फोक्सो र कलेजोसम्बन्धी रोगका बिरामी रहेका पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मृत्यु भएको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।...
काठमाण्डौ उपत्यकामा १ हप्ता निषेधाज्ञा थपियो

काठमाण्डौ उपत्यकामा १ हप्ता निषेधाज्ञा थपियो

समाचार
पूर्णपुष्टि, भदौ १० काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यहि भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आज राति सकिँदै थियो । काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएकाले एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ । यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् । काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी छ ।...