Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

फिदिम बजार एक हप्ता बन्द हुने

फिदिम बजार एक हप्ता बन्द हुने

समाचार
पुर्णपुष्टि, भदौ ११ पाँचथरमा तीन प्रहरीसहित चार जनामा कोरोना सक्रमण पुष्टि भएपछि एक हप्ताका लागि फिदिम बजार बन्द गर्ने निर्णय भएको छ । फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक पूर्ण रुपमा बजार बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढ्दै गएकाले अति आवश्यक नपरी हिँड्डुल नगर्न तथा बजार पसल नखोल्न नगरपालिकाले अपिल गरेको छ । त्यस्तै जिल्लामा शुक्रबारदेखि एक हप्ताको लागि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । आगामी भदौ १८ गतेसम्म अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।...
ललितपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

ललितपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्थायी घर अर्घाखाँची  रेसुङ्गा नगपालिका भई हाल काठमाण्डौको तार्केश्वर नगरपालिका– ११ नेपालटारमा बस्दै आएका ५५ वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । गत आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

समाचार
झापा, भदौ ११ झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनावारी निबासी २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको हो । हिजो दिउँसो पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पाँचथर, भाद्र ११ पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । याङवरक गाउँपालिका–४ निबासी ४५ वर्षीय प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । हिजो दिउँसो साँढे ४ बजे आफ्नै घरमा  बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ११ आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
रोल्पामा १ जनाको हत्या

रोल्पामा १ जनाको हत्या

समाचार
पूर्णपुष्टि, भदौ ११ रोल्पाको परिवर्तनमा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ बागमाराका ४० वर्षीय मनबहादुर बादीको हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–११ की ३२ वर्षीया महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ९ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, बाग्लुङका ८, लम्जुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या एक हजार ९ सय ७७ पुगेको छ ।...
बारामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बारामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ बारामा कोरोना संक्रमणबाट गर्भवतीसहित दुई जनाको मृत्यु भएको छ । हर्दिया–४ की २३ वर्षीया गर्भवतीसहित दुई जनाको मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गतको सोमबार वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको पीसीआर प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । त्यस्तै नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका–७२ वर्षका पुरुषको गतराति मृत्यु भएको छ । उनमा निमोनियाको समस्या थियो । उनको पीसीआर परीक्षण पोजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।...
६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको अस्पतालले जनाएको छ  । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालले जनाएको छ । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको जनाईएको छ ।...
कोरोना संक्रमणबाट बुटवलमा १ जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ कोरोना संक्रमणबाट बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको थियो ।...