Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ चिनियाँ कम्पनी सिनोफार्मले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात करिब १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । एक महिनाअघि खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने कम्पनीले जनाएको छ । विश्वमा अन्तिम चरणका परीक्षणमा रहेका छ वटा खोपमध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । एक करोड ७० लाखभन्द...
‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १२ इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेको छ । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । यो खेल युभेन्ट्सले २–१ ले जितेको थियो । तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।...
अवैध रुपमा रुख ढालेको भन्दै उपभोक्ता आक्रोसित

अवैध रुपमा रुख ढालेको भन्दै उपभोक्ता आक्रोसित

समाचार
पूर्णपुष्टि, भदौ ११ उदयपुरको चौदण्डीगढी नगरपालिका ६ र ९ नम्बर वडाको बीचमा पर्ने थानपोखरी सामुदायिक वन क्षेत्र भित्र अवैध रुपमा रुख ढालेको भन्दै उपभोत्ताहरु असन्तुष्टि भएका छन् । गत पुस महिनामा अवैध रुपमा रुख ढालिएको प्रति कुनै सम्वन्धित निकायले प्रभावकारी छानविन गर्न नसकेको रचासो नदिईएको प्रति उपभोक्ताहरु आक्रोसित भएका हुन् । वन क्षेत्रमा ढालिएको रुखहरुको प्रभावकारी छानविन नभएको भन्दै आक्रोसित उपभोक्ताहरुले विभिन्न निकायमा उजुरी समेत दिएको उपभोक्ताहरुले बताएका छन् । वनमा दिनडाहडै रुख ढालिने उपभोक्ताको आरोप छ । समितिमा वन क्षेत्रमा रुख ढालेको निवेदन चढाउँदा उल्टै अध्यक्षले हप्काउने गरेको आरोप लगाएका छन् । समितिका अन्य पदाधिकारीहरुलाई थाहा नदिई अध्यक्ष हरिबहादु राउत र सचिव तुलसीराम खत्रीले मिलेर मनोमानी गरेको उपभोक्ता रमेश कार्कीले आरोप लगाएको छ । वनको (ट्रिपुलिङ) गर्ने क्रममा अनावश...
नेपालमा २० हजार भन्दा बढी कोरोना सङ्क्रमण मुक्त

नेपालमा २० हजार भन्दा बढी कोरोना सङ्क्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६९ जना उपचारपछि निको भएसँगै निको भएर घर फर्कनेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १ नम्बर प्रदेशमा एक हजार चार सय ९१ जना, २ नम्बर प्रदेशमा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।...
१५ दिने निषेधाज्ञा हट्यो

१५ दिने निषेधाज्ञा हट्यो

समाचार
पूर्णपुष्टि, भदौ ११  उदपयुरमा कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आगामी शनिबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । कोरोना संक्रमणको भयाभह अवश्था रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्यि आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका वाहेका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए । बेलकाको कोठु र आम्बासी, चौदण्डिगढीको सिवाइ, त्रियुगाको लालपत्ता र कटारी नगरपालिकाको बेलसोत क्षेत्र प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएकाले यी क्षेत्रबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भ...
नेपालमा आज थप ११११ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ११११ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ नेपालमा आज थप एक जार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरबाट भारत लैजादै गरेकाे ठूलो मात्राकाे गाँजा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्न सफल

उदयपुरबाट भारत लैजादै गरेकाे ठूलो मात्राकाे गाँजा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्न सफल

समाचार
पूर्णपुष्टि , भदौ ११ गते । उदयपुरबाट भारततर्फ लैजादै गरेकाे ठूलाे मात्राकाे गाँजा र त्यसमा संलग्न दुइजनालाइ प्रहरीले पक्राउ गरेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त विशेषटेालीले पक्राउ गरेकाे हेा । जिल्लाकाे ताप्ली गाउँपालिका क्षेत्रबाट संकलन गरी उदयपुरगढी हुदै भारततर्फ लैजादै गरेको ठूलो मात्राको गाँजा र दुईजनालाई आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका १ ओख्लेका २९ वर्षिय जयराम भन्ने पुष्पबहादुर मगर र सोही गाउँपालिका वडा नं. ३ इनामेका ४३ वर्षिय रामबहादुर तामाङ रहेका छन् । उनीहरुले ताप्लीको विभिन्न ठाउँबाट संकलन गरी उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङको बाख्रा खोरमा लुकाई राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । खोरबाट चारवटा बोरामा अन्दाजी ८४ केजी गा...
कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी ७० वर्षीया नेपालगञ्ज उपमहानगरपालिका–७ की वृद्धको विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि गत भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँदै गएपछि भदौ ६ गते राति शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।...
जेफ बेजोसको सम्पती २ सय अर्ब डलर

जेफ बेजोसको सम्पती २ सय अर्ब डलर

समाचार, संसार
पूर्णपुष्टि, भदौ ११ अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसको कुल सम्पत्तिले दुई सय अर्ब डलर नाघेको छ । अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको ब्लूमबर्ग बिलियेनियर इन्डेक्सले जनाएको छ । उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन्  । कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानिसहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको थियो । अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो । दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । गेट्सको सम्पत्ति एक सय १६.०२ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर भएको छ । त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरब...
चट्याङ लागेर ७ जना घाइते

चट्याङ लागेर ७ जना घाइते

समाचार
पूर्णपुष्टि, भदौ ११ अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । चट्याङ लागेर साँफेबगर नगरपालिका–१३ का सात जना घाइते भएका हुन् । हिजो साँझ करिब ६ बजे परेको चट्याङ लागेर घाईते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको प्रहरीले जनाएको छ । चट्याङ लागेका मध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशी बेहोस भएकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै ३४ वर्षीया भुवनेश्वरी जोशी, १८ वर्षीय तिलकराज जोशी, २१ वर्षीया जयन्ती जोशी र १८ वर्षीया देवश्वरी जोशीको चट्याङले हात खुट्टा पोलेको प्रहरीले जनाएको छ । बाब्लाको बाहुन टोलमा बिजुलीको पोलमा चट्याङ् पर्दा स्थानीय चार घरपरिवारका सात जना घाइते भएको प्रहरीले जनाएको छ ।...