पूर्णपुष्टि, भदौ १२
बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ का ६० वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई गत ७ गते अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा उपचार गरिरहेको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो ।...
पुर्णपुष्टि, भदौ १२,
चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपलिका–१९ की ७१ बर्षिय महिलाको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी गत ७ गते अस्पताल भर्ना भएकी थिईन् । उनमा दमको समस्या थियो । पछि निमोनिया भएपछि अस्पताल भर्ना भएकी महिलामा कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।...
पूणर्पुष्टि, भदौ ११
मिति सकिएको औषधी बिक्रि वितरण गर्ने गाईघाटका एक आयुर्वेद पसललाई सिल्ड गरिएको छ । जिल्ला प्रशासन कार्यलय सहितको अनुगमन टोलीले शुक्रबार मिति सकिएको सामान सँगै गाईघाट स्थित त्रियुगा माविको पछाडी रहेको नमुना आयुर्वेद फार्मेशीलाई सिल्ड गरेको हो ।
जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, सगरमाथा अञ्चल आयुर्वेद औषधलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, नगर प्रहरी लगाएतको संयुक्त टोलीले सिल्ड गरेको हो ।
मोतिगडाका एक विरामी कविराज गजमेरले लगेको औषधीमा समय सकिएको मिति फेला परेपछि फार्मेशीलाई शिल्ड गरिएको हो । गजमेरले पहिलो चोटी र दोस्रो चोटी लगेको दुबै औषधीमा मिति सकिएको पक्ता लागेको छ ।
पहिलो चोटी लगेको महिलाले खाने सुन्दरी कल्प र दोस्रो पटक लगेको हिम्कोसिड दुवैमा पनि म्भाद सकिएको गजमेरले बताए । गजमेरले छोरीले मिति हेर्दा मात्रै थाहा पाएको बताए । पछिल्लो समय लगेको ह...
सुनसरी, भाद्र १२
सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट लागुऔषध खैरो हेरोईनसहित एक जना पक्राउ परेको छ । स्थानीय २० बर्षीय बिजय शेर्पालाई खैरो हेरोईनसहित विहिबार पक्राउ गरेको हो ।
आफ्नै कोठामा लुकाइ छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तीन ग्राम तीन सय मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रका धरानले जनाएको छ ।...
पुर्णपुष्टि, भाद्र १२
झापाको बिर्तामोड नगरपालिका–७ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा विहिबार दिउँसो ३ बजे १० बर्षीय अंसारी खातुनको डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
पूर्णपुष्टि, भदौ १२
अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीबाट चा रजनाको मृत्यु भएको छ । लउरा नामक आँधीबाट लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ ।
करिब २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।...
पूर्णपुष्टि, भदौ १२
भक्तपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको जनाईएको छ ।
भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको मृत्यु भएको थियो ।...
पूर्णपुष्टि, भदौ १२
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आज बिहान एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृत्यु हुनेमा झापाको दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिला रहेको जनाईएको छ ।
खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ ।
योसँगै अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु हुनेकोे संख्या १५ पुगेको छ ।...
पूर्णपुष्टि, भदौ १२
बेलकामा सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि खरिद विक्री गर्ने एक गिरोह पक्राउ परेका छन् । बेलका नगरपालिका–३ सिरिया टप्पुमा सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेर खरिद विक्रि गर्ने गिरोह नगद १९ लाख ८ हजार सहित ७ जना विहिबार पक्राउ परेका हुन् ।
स्थानीय ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा, वडा नम्बर ६ सृजना टोल निबासी २६ वर्षिय प्रकाश चन्द्रबंशी, भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ निबासी ४३ वर्षिय देवराज राई, ३८ वर्षिय मणिराज राई, भोजपुर नगरपालिका–३ बोखिम निबासी ३७ वर्षिय सन्तोषकुमार राई, खोटाङ साकेला गाउँपालिका–२ निबासी ४७ वर्षिय धनकुमार राई, स्थायी घर साकेला गाउँपालिका भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२० निबासी ३० वर्षिय मनकुमार राई सरकारी वन क्षेत्रको जग्गा खरिद विक्री गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जग्गा खर...
पूर्णपुष्टि, भदौ १२
फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पेरिस र आसपासका क्षेत्रमा मास्कलाई अनिवार्य गरिएको हो ।
यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।
कोरोनाको संक्रमण फैलिदै गएकाले मास्कलाई अनिवार्य बनाएको जनाईएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई अनिवार्य गर्ने बताएको थियो । कोरोनाको संक्रमण देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताएको थियो ।
फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...