Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

विश्वमा एक करोड ७२ लाखभन्दा बढी मानिस कोरोना मुक्त

विश्वमा एक करोड ७२ लाखभन्दा बढी मानिस कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ विश्वमा अहिलेसम्म एक करोड ७२ लाखभन्दा बढी मानिस उपचारपछि  कोरोना मुक्त भएका छन् । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाईरसबाट अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण पुष्टि भएको वल्ड्रोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये एक करोड ७२ लाख ७५ जना उपचारपछि निको भएका छन् भने आठ लाख ४० हजार पाँच सयको मृत्यु भएको जनाईएको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको मृत्यु भएको छ । भारतमा ३४ लाख ६१ हजार जना कोरोना संक्रमण पुष्टि हुदा २६ लाख ४७ हजार निको भएका छन् भने ६२ हजार सात सय जनाको मृत्यु भएको जनाईएको छ ।...
उदयपुरको १५ जना कोरोना मुक्त

उदयपुरको १५ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ उदयपुरमा थप १५ जना उपचारपछि निको भएर घर फर्केका छन् । चौदण्डिगढी नगरपालिका–६ सातधारेस्थित कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये नौ जना पुरुष र छ जना महिला निको भएर आज घर फर्केका हन् । बेलका सात जना, त्रियुगा नगरपालिकाका सात जना र खोटाङको चुईचुम्मा गाउँपालिकाका एक जना गरी १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरुको पछिल्लो पटक यहि भदौ ९ गते १६ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उक्त स्वाव परिक्षणमा १५ जनाको रिपोर्ट नेगेटिभ आएको र एक जना पुरुषको रिपोर्ट शंकास्पद आएपछि पुनःस्वाव संकलन गरी परिक्षणको लागी पठाएको जनाईएको छ ।...
श्रीमान र छोरा छोडेर १ महिला बेपत्ता

श्रीमान र छोरा छोडेर १ महिला बेपत्ता

समाचार
पूर्णपुष्टि, भदौ १२ उदयपुरको रौतामाईकी एक महिला एक महिनादेखि हराएकी छिन् । रौतामाई गाउँपालिका–५ कालिमाटीकी करिब ३८ वर्षीया पवित्रा भन्ने देविका परियार एक महिनादेखि परिवारसँग सम्पर्क विहिन भएकी हुन् । गत साउन १५ गते विहान घरबाटै हराएकी पवित्रालाई घरपरिवाले खोजतास गर्दा फेला नपारेपछि गत साउन १९ गते प्रहरीमा हुलियासमेत दिएको उनको श्रीमान रामबहादुर परियारले बताए । आफन्त र चिनजानको कसैकोमा नगएको र अहिलेसम्म प्रहरीबाट पनि केहि जानकारी नआएको उनले बताए । पवित्रालाई खोज्ने क्रममा १५ गने पोखरीबाट गाईघाटको गाडी चढेको र बेलुका गाईघाटको एक होटलमा बसी १६ गते विहान रौतामाईको काउण्टरबाट बा ३ ख ८४७९ नम्बरको हायसमा काठमाण्डौ हिडी काठमाण्डौँको कोटेश्वरमा झरेकोसम्म पाईएको रामबहादुरले बताए । गत साउन १३ गते लेटाङ्को युवराज ओझा भन्ने ब्यक्तिले पवित्राको लागी स्थानीय एक युवाको नाममा सात हजार पैसा पठाए...
कोरोनामा बाँच्न जन हेरी परिवारलाई कर्जा देउ सरकार

कोरोनामा बाँच्न जन हेरी परिवारलाई कर्जा देउ सरकार

बिचार
लक्ष्मण प्रसाद शाह त्रियुगा नगरपालिका–१२, उदयपुर यस कोरोना माहामारीले विश्वलाई सताईरहदा नेपालमा पनि प्रवेश पायो । करिब एक लाख ७० हजार व्यक्ति जुन विदेशबाट आएर क्वारेन्टाईनमा बस्थ्यो । तेस्रो चरण, चौथो चरणमा आउँदा सरकारले १४ दिनको अवधि दिदै ५ औँ चरण ७० दिनमा सिद्धिनु पर्ने तर आजसम्म क्रम जारी नै रहेको छ । हाल भारतको विहार, युपी लगायतका नेपालसँग सिमाना जोडिएका जिल्लाहरु र बढी आउनेहरु जवसम्म भारतमा कोरोना सान्त हुदैन तव सम्म नेपालमा सान्त गर्छु भन्नु दिवा स्वाप्न नै हुने छ । एकातीर देश कोरोनाले पिडित भएको अर्को तिर लकडाउन जुन कोरोना नियन्त्रणको अचुक उपाय हो । यसलाई २/३ महिना लगातार कायम राखिराख्नु पर्ने हुन्छ । सरकारले कोरोना जित्ने काम गरेको ठिकै हो । तर घरको एक सदस्य रोगबाट पिडित छ भने अर्को सदस्य भोकबाट मर्ने अवस्थामा छ । खास गरेर साना व्यापारीहरु, दैनिक ज्यालामजदुरी र गरीवहरुले भोग...
नेपालमा आज ९२७ कोरोना संक्रमण पुष्टि

नेपालमा आज ९२७ कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ नेपालमा आज थप नौ सय २७ जनामा कोरोना सङ्क्रममण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार चार सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक सय ६९ जना उपचारपछि निको  भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार दुई सय ४५ पुगेको छ । त्यस्तै गत २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।...
मृत्यु हुने शिक्षककाे माेतिगडाकाेस्थित हेल्थ केयरमा तीनिदिन बसेर उपचार, हाल हेल्थ केयर सील

मृत्यु हुने शिक्षककाे माेतिगडाकाेस्थित हेल्थ केयरमा तीनिदिन बसेर उपचार, हाल हेल्थ केयर सील

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ । कोरोनाको कारण मृत्यु भएको उदयपुरको शिक्षकले त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित राजेश हेल्थ केयर सेन्टरमा तीनदिन बसेर उपचार गराएको पाइएको छ । गत भदौ ४ देखि ६ गतेसम्म बसेर उपचार गराएको र निको नभए पछि थप उपचारका लागि काठमाडौं लगिएको बुझिएको छ । त्रिनपा ४ मिलनचौक गाउँ निवासी ५२ वर्षिय शिक्षकको काठमाडौ. त्रिवी हस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिए पछि मोतिगडाको उक्त स्वास्थ्य संस्था शिल गरिएको छ । त्यहाँबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरिएको छ । उक्त संस्थाको चिकित्सकहरु र केही समय यता उपचारका लागि आएका सर्बसाधारणहरु सबै कन्ट्राक टे«सिङमा परेका छन् । उक्त स्वास्थ्य संस्था स्वयमले  पनि  अाज विज्ञप्ती जारी गरी त्यहाँबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द भएको जनाएको छ । साथै त्यहाँबाट के...
कोरोनाले उदयपुरका एक शिक्षकको मृत्यु, घर र वरपरकाे क्षेत्रमा डिडडुल बन्द गरियाे

कोरोनाले उदयपुरका एक शिक्षकको मृत्यु, घर र वरपरकाे क्षेत्रमा डिडडुल बन्द गरियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ । उपचारको क्रममा चारदिनअघि मृत्यु भएको उदयपुरको एक शिक्षकलाई कोरोना लागेको पुष्टि भएको छ । त्रियुगा नगरपालिका ४ घर भएका र सोही नगरपालिकाको वडा नं. ७ कौवाई प्राथमिक विद्यालयमा दरबन्दी रहेको ५२ वर्षिय शिक्षकमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसंगै उनी उदयपुरको पहिलो कोरोनाका कारण मृत्यु हुने ब्यक्तीमा परेका छन् । जिल्लामा कोरोनाले मृत्यु हुने पहिलो घटना भएकाले सर्बसाधारण त्रसित बनेका छन् । लकडाउनका कारण विद्यालयको पठन पाठन बन्द रहेकाले घरमै बसिरहेका उनी एक्कासी ज्वारो आउने भई विरामी परेपछि उपचारको क्रममा काठमाडौं त्रिवी हस्पताल लगिएको जनाइएको छ । त्यहाँ उपचारको क्रममा चारदिन अघि उनको मृत्यु भएको थियो । उपचारसंगै कोरोना परिक्षण गरिएकोमा मृत्यु भइसकेपछि आएको रिपोर्ट पोजेटिभ रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनलाई कहाँ र कहिले...
१३ दिनपछि रसुवागढी नाका खुल्यो

१३ दिनपछि रसुवागढी नाका खुल्यो

समाचार
पूर्णपुष्टि, भदौ १२ रसुवागढी नाका १३ दिन पछि खुलेको छ । चीनतर्फ गएको पहिरोले गत साउन ३२ गतेदेखि नाकामा आयात निर्यात रोकिएको थियो । चीनको केरुङभन्दा वर पर्ने ठोङ्सामुनिको घुम्तीनेर गएको पहिरो पन्छाएसँगै आयात सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका खेलेपछि शुक्रबारदेखि नियमित कारोबार सुरु भएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । त्यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।...
भारतमा एकैदिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ भारतमा एकै दिन ७७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७ हजार दुई सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ३० लाख ३९ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर वर्ल्डोमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणबाट ६१ हजार सात सयभन्दा बढीको मृत्यु भएको जनाईएको छ । भारतमा उक्त सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा बढी निको भएर घर फर्किएको जनाईएको छ ।...
स्वास्थ्य बालबालिकामा कोरोना संक्रमण कम

स्वास्थ्य बालबालिकामा कोरोना संक्रमण कम

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ स्वस्थ बालबालिकामा कोरोना भाइरसको संक्रमण कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतका अनुसन्धानकर्ताले स्वस्थ बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ हुने गरेको र संक्रमणबाट मृत्यु झनै दुर्लभ रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । द ब्रिटिश मेडिकल जर्नलले इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका एक सय ३८ कोरोना अस्पतालमा रहेका १९ वर्षमुनिका ६ सय ५१ बालबालिकामा गरेको अध्ययनले बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ र मृत्यु झनै दुर्लभ पाइएको जनाएको छ । अस्पतालमा भर्ना भएका ६ जना बालबालिकाको मृत्यु भएकोे र यो मृत्युदर एक प्रतिशत हुन आएको जनाएको छ । कोरोनाबाट मृत्यु हुने ती बालबालिकामा पहिलेदेखि नै कुनै न कुनै किसिमको गम्भीर स्वास्थ्य समस्या रहेको अनुसन्धानले देखाएको छ । जनवरी १७ तारिखदेखि जुलाई ३ तारिखसम्म अस्पताल भर्ना भएका बालबालिकामा ग...