Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

त्रिविका वार्षिक परीक्षा दशैंअघि नहुने

त्रिविका वार्षिक परीक्षा दशैंअघि नहुने

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १३ त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएको छ  । कारोनाको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको हो । वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । तर अब त्रिवि दशैंअघि परीक्षा गर्ने योजनाबाट पछि हटेको छ । मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी भएको छ । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।...
पोखरामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यहि भदौ १० गते कोरोना पोजेटिभ भएर कोभिड १९ उपचार केन्द्रका आईसीयूमा उपचाररत उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।...
कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । गत साउन ३० गतेदेखि उपचाररत काठमाण्डौकी ५१ वर्षीया कोरोना सङ्क्रमित महिलाको गतराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै यहि भदौ ८ गतेदेखि उपचाररत भक्तपुरका ६२ वर्षीया महिला सङ्क्रमितको पनि आज बिहान मृत्यु भएको कार्यालयले जनाएको छ ।...
धरानमा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु

धरानमा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । सिरहाको भदैयाका ८४ वर्षीय पुरुषको उपचारका क्रममा गतराति मृत्यु भएको हो । ती पुरुषमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । स्वाबको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । ती वृद्धको मृगौलासम्बन्धी समस्या रहेको पनि अस्पतालले जनाएको छ ।...
आयल निगमको ट्याङ्कर विस्फोट

आयल निगमको ट्याङ्कर विस्फोट

समाचार
मोरङ, भदौ १३ मोरङको विराटनगरमा नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट करिब ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो । ठूलो आवाजमा विष्फोट भएपछि तीन जना बेहोस भएको प्रहरीले जनाएको छ । ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएको जनाईएको छ । ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षति भएको जनाईएको छ । ट्याङ्करमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति हुन नपाएको जनाईएको छ ।...
वीरगञ्जमा कोरोना सङ्क्रमणबाट थप ३ जनाकोे मृत्यु

वीरगञ्जमा कोरोना सङ्क्रमणबाट थप ३ जनाकोे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीनको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका मनियारीका ३७ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका ४३ वर्षीय पुरुष र वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको उपचारका क्रममा कोरोना अस्पतालमा मृत्यु भएकोे हो । मुर्लीका पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा र मनियारीका पुरुषको थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा चितवनमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । हेपाटाइटिस बी र एचआईभी सङ्क्रमित ३७ वर्षीय पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएको थियो । त्यस्तै गतराति नै उपचारको क्रममा वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना सङ्क्रमण पुष...
पाल्पामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

पाल्पामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ कोरोना संक्रमणबाट लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक जनाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । यहि भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मुटु रोगीसमेत रहेको जनाईएको छ ।...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको जनाईएको छ । उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।...
रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा

रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा

समाचार
पूर्णपुष्टि, भदौ १३ रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत वैशाखमै काम सक्नुपर्ने भए पनि करिब १० प्रतिशत काम बाँकी रहेको हो । गत चैत ११ गतेदेखि भएको लकडाउनले पूनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको  काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । आगमी असोजसम्म निर्माणकार्य सक्ने गरी काम भैरहेको प्राधिकरणले जनाएको छ । लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । गत साउन दोस्रो हप्ता नै पोखरी निर्माणको काम सकिएको थियो । तर पानी राख्न भने समय लाग्ने भएको छ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट आकाशको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । पोखरी भर्न आवश्यक पर्ने पानी कहाँबाट राख्ने भन्नेबारे छलफल भ...
गुणस्तरहीन भारतीय औषधि फिर्ता गर्न निर्देशन

गुणस्तरहीन भारतीय औषधि फिर्ता गर्न निर्देशन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाउँदै फिर्ता गर्न निर्देशन दिएको छ । एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले नेपालमा बिक्री वितरण गर्न रोक लगाउदै औषधि फिर्ता गर्न विभागले निर्देशन दिएको हो । भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेको औषधी हो । यो औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको जनाईएको छ ।...