Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो

कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ पछिल्लो २४ घण्टामा नेपालमा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ५० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ । अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै  १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपाल–इजरायल सम्झौता

नेपाल–इजरायल सम्झौता

समाचार
पूर्णपुष्टि, भदौ ५ नेपाल–इजरायल सरकारबीच कुटनीतिक राहदानी सम्बन्धमा सम्झौता भएको छ । नेपाल र ईजरायलका कुटनीति राहदानी भएकालाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौतासँगै अब नेपाल र इजरायलका कुटनीतिक राहदानी भएकाहरुलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा मिलेको छ । इजरायलको जेरुसेलममा रहेको परराष्ट्र मन्त्रालयमा भएको एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्य र इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेको दूतावासले जनाएको छ । नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्टमार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनोट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सल्ट्यान्टको रुपमा विकास गर्न सक...
कोरोना रोकथामका लागी समन्वय गर्न उच्च स्तरीय समिति गठन

कोरोना रोकथामका लागी समन्वय गर्न उच्च स्तरीय समिति गठन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ प्रदेश, जिल्ला र पालिकामा रहेका अस्पतालसँग कोरोना रोकथामको लागि समन्वय गर्न सरकारले उच्च स्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहने जनाईएको छ । समितिले प्रदेश, जिल्ला र पालिकासँग समन्वय गर्ने र कोरोना बाहेकको अन्य नियमित सेवा प्रवाह गर्न पनि समन्वय गर्नेछ । समितिले आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई मापदण्डअनुसार क्वरेण्टीन र होल्डिङ सेन्टरमा राख्ने र कोरोना परीक्षणको व्यवस्था लगायतको काममा समन्वय गर्...
पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ ललितपुरको पाटन अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी गराएको छ । दुवै जनाको आज बिहान मृत्यु भएको थियो ।...
अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् ठगी आरोपमा पक्राउ

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् ठगी आरोपमा पक्राउ

समाचार, संसार
पूर्णपुष्टि, भदौ ५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी आरापमा पक्राउ परेको छ । व्यानन् माथी मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । उनीहरुमाथि ‘वी विल्ड द वाल’ अभियान अन्तर्गत सङ्कलन भएको रकम अनियमित गरेको आरोप लागेको जनाईएको छ । राष्ट्रपति ट्रम्पले समेत निकै महत्व दिनुभएको पर्खाल लगाउने योजनाका लागि वी विल्ड द वाल अभियानले २५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ । सङ्कलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र त्यो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप लागेको जनाईएको छ । ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल ...
१ न. प्रदेश युवा सम्मेलन भर्चुअल ग्रूपमा हुने

१ न. प्रदेश युवा सम्मेलन भर्चुअल ग्रूपमा हुने

समाचार
मिलन परियार लिम्चुङ्बुङ, भाद्र ५ कोरोना संक्रमणले गर्दा यस वर्षको १ न. प्रदेश युवा सम्मेलन भर्चुअल ग्रूपमा हुने भएको छ । नेपाल युवा परिषदले आयोजना गर्न लागेको १ न. प्रदेशको प्रदेश युबा सम्मेलन २०२० भर्चुअल रुपमामा गर्न लागेको हो । आगामी भदौ १९ र २० गते सम्मेलन भर्चुअल ग्रूपमा हुने भएको छ । प्रदेशका सवै जिल्लाका युवाहरुलाई भर्चुअल रुपमा गर्न लागेको जनाईएको छ । जुम एप को माध्यम बाट गर्न लागिएको सम्मेलनका लागी श्रावण ३२ गते देखी भाद्र ९ गतेसम्म अन्लाईन दर्ता फारम खुल्ला गरेको छ । उक्त फाराम १ न. प्रदेशका १४ जिल्लाका १८ देखी २९ बर्षसम्मका युबाहरुले मात्र भर्न पाईने जनाएको छ । प्रदेश सम्मेलनमा स्थानीय स्तरमा अध्ययन, सामाजिक क्षेत्रमा काम, ब्याबसाय, दिगो बिकास लक्ष्य, जलबायु परिवर्तनका बारेमा चासो राख्ने युवालाई बिशेश प्राथमिकता दिईने भएको छ । सम्मेलनमा सुसासन, निर्वाचनमा युवाको ...
गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री हस्तान्तरण

गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री हस्तान्तरण

समाचार
मिलन परियार लिम्चुङ्बुङ, भाद्र ५ लिम्चुङ्बुङका–५ जाँतेका एक सय १३ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण खाद्य सामाग्री वितरण गरिएको छ । कोरोना भाईरस संक्रमणले गर्भवती तथा सुत्केरी आमाहरु बढी प्रभावित भएकाले वल्र्डभिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरेण्डेक उदयपुरको मातृ शिसु तथा पोषण परियोजना कार्यक्रम अन्र्तगत पोषण खाद्य सामाग्री वितरण गरेको हो । चामल २०, दाल २ , भटमास १, चना २ केजी, तेल १ लिटर, आयोडिन नुन १ केजी र चिनी १ केजिका दरले वितरण गरेको हुरेण्डेक उदयपुरले जनाएको छ । गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण खाद्य सामाग्री हस्तान्तरण गर्दै लिम्चुङबुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले  यो कार्यक्रमले हजार दिनका आमाहरुको स्वास्थ्य क्षेत्रमा अतुलनीय सहयोग गरेको बताएका छन् । हजार दिनका आमाहरुको स्वास्थ्य तथा  पोषणलाई मध्यनजर गर्दै  खाधान्न राहत प्याकेज ल्याएक...
आज र भोलि ठूलो पानी नपर्ने सम्भावना

आज र भोलि ठूलो पानी नपर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, भदौ ५ आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको । अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँ बाहेक अन्यत्र आंशिक देखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि बेलुकीबाट भने मनसुन पुनः सक्रिय भएर देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जनाईएको छ । आगामी २४ घण्टामा प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्ययम खालको पानी पर्ने सम्भावना रहेको जनाईएको छ । ती ठाउँहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने लगायतका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।...
४ जिल्लामा विद्युत् सेवा अवरुद्ध

४ जिल्लामा विद्युत् सेवा अवरुद्ध

समाचार
पूर्णपुष्टि, भदौ ५ राष्ट्रिय प्रशारण लाईनको तार गोदावरी क्षेत्रमा चुडिएकाले सुदूरपश्चिम प्रदेशका चार जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन नभएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको जनाईएको छ । उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण त्यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ ।...
उपत्यकामा एउटा बैंकका ३ वटा शाखा मात्रै खुल्ने

उपत्यकामा एउटा बैंकका ३ वटा शाखा मात्रै खुल्ने

समाचार
पूर्णपुष्टि, भदौ ५ काठमाण्डौँ उपत्यकामा एउटा बैँकको तीन वटा शाखा मात्रै खुल्ने भएको छ । तीनवटै जिल्लामा हरेक बैंकका एक÷एक शाखा मात्रै खुल्ने बैंकर्स संघले जनाएको छ । हरेक बैंकका बढीमा ३० जना कर्मचारी मात्रै कार्यालय पुग्नेछन् । बैंकले सकभर विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेका छन् । धेरैजसो कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाएको उनिहरुको दावी छ । बैंक खोल्न हिँडेका कर्मचारीलाई प्रहरीले बाटैमा रोकेको र अपमान गरेको भन्दै बैंकर्स संघले हिजो उपत्यकाका तीनवटै जिल्लामा कुनै पनि बैंक खोलेको थिएन । तर दिउँसो प्रशासनसँगको छलफलमा बैंक जान हिँडेका कर्मचारीलाई प्रहरीले नरोक्ने सहमति भएपछि आजदेखि बैंक फेरि खुल्न लागेको जनाईएको छ ।...