Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

भारतमा एकैदिन ६८ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ६८ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ भारतमा एकै दिन ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ हजार पाँच सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको संचारमाध्यमहरुले जनाएको छ । त्यस्तै भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट नौ सय ८१ जनाको मृत्यु भएको जनाईएको छ । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ भने ५४ हजार नौ सय ७५ जनाको मृत्यु भईसकेको छ ।...
खोटाङमा ५ जनालाई कालाजार

खोटाङमा ५ जनालाई कालाजार

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ खोटाङको बाहुनीडाँडामा कालाजार संक्रमण देखा परेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पाँच जनामा कालाजारको सङ्क्रमण देखा परेको हो । विभिन्न सयममा उपचारबाट फर्किएपछि मात्र कालाजार लागेको बारे जानकारी पाएकोे स्वास्थ्यचौकीले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा चार जनालाई र चालू आर्थिक वर्षमा एक जनालाई कालाजार भएको जनाईएको छ । कालाजारबाट बिरामी हुनेमा १२ वर्षदेखि ५९ वर्षसम्मका व्यक्ति रहेका छन् । सङ्क्रमित पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणमा कालाजार पुष्टि भएको जनाइएको छ ।...
भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता गर्ने

भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता गर्ने

समाचार, संसार
पूर्णपुष्टि, भदौ ४ भारतले कश्मिरबाट १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ । गत वर्ष भारत प्रशासित प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ रहेका १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनुच्छेद ३७० हटाएपछि केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा कानुनी व्यवस्था बनाइराख्न हजारौं सुरक्षाकर्मी तैनाथ छन् । उनीहरुलाई जम्मू कश्मीरबाट फिर्ता बोलाएर सम्बन्धीत ठाउँमा पठाउन केन्द्रिय गृह मन्त्रालयले आदेश दिएको जनाईएको छ । कश्मीरमा लगातार चरमपन्थी हमला, इन्काउन्टर र राजनीतिक कार्यकर्ताको हत्या भैरहेका बेला यो आदेश आएको हो ।...
उदयपुरमा एक प्रहरी जवानमा देखियो कोरोना

उदयपुरमा एक प्रहरी जवानमा देखियो कोरोना

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, भदौ ४ । उदयपुरमा नेपाल प्रहरीको एक जवानमा पनि कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा सुनसरीबाट सरुवा भई आएका एक प्रहरी जवानमा आज कोरोना पोजेटिभ पुष्टि भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार सुनसरीबाट हालै सरुवा भई आएका प्रहरी जवानलाई छट्टै क्वारेन्टाइनमा राखी पीसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको हो । उनीसंगै मोरङबाट आएको अर्की एक प्रहरी जवानमा भने नेगेटिभ देखिएको छ । जवान आएपछि अरुसंग सम्पर्कमा नगई छुट्टै क्वारेन्टाइनमा बसेकाले अरुमा सर्ने अवस्था नरहेको एसपी दाहालले बताउनुभयो । जिल्ला प्रहरी कार्यायलमै सरुवा भई आउने र संकास्पद क्षेत्रहरुमा खटि आएका प्रहरीलाई राख्ने क्वारेन्टाइृन बनाइएको उहाँले बताउनुभयो । जिल्लामा रहेर कोरोना विरुद्ध पहिलो पंतीमा खटिने र सम्पर्कमा हुने सबैलाई ृपरिक्षणको क्रम निरन्तर रहेकोमा अरुलाई भने पोजेटिभ नदेखि...
निषेधाज्ञमा पालिकाबासीको सहजताका लागि लिम्चुङबुङ गापाको म्यासेन्जर सेवा

निषेधाज्ञमा पालिकाबासीको सहजताका लागि लिम्चुङबुङ गापाको म्यासेन्जर सेवा

समाचार
पूणर्पुष्टि, भदौ ४ । निषेधाज्ञको समयमा विरामीलाई सवारी आवागमन सिफारिसका लागि सहजता तुल्याउने उदेश्यले उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले म्यासेन्जर सेवा सञ्चालनमा ल्याउने भएको छ । भोलीदेखि नै यो सेवा सञ्चालनमा आउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताउनुभयो । उहाँका अनुसार पालिकाको वडाहरुबाट विरामीलाई बाहिर उपचार लैजान सवारी आवागमनका लागि आवश्यक पर्ने पालिकाको सिफारिस म्यासेन्जरबाटै उपलब्ध गराउने ब्यवस्था मिलाएको हो । पहाडी भुभाग, वर्षातको मौसम त्यसमाथी यातायात सेवा बन्द रहेकाले वडाहरुबाट पालिकाको कार्यालयसम्म आएर सिफारिस लिन लामो समय खर्च र कष्ट हुने कुरालाई मध्येनजर गर्दै म्यासेन्सर सेवा थालेको उहाँले बताउनुभयो । म्यासेन्जर सेवाका लागि सेवाग्राहीले पालिकाको आधिकारिक फेसबुक पेज ''Limchungbung Rural Municipality / लिम्चुङबुङ  गाउँपालिका”को म्यासेन्जरमा  निवेदन र सम्ब...
नेपालमा थप ७०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ७०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ नेपालमा आज थप सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगे निको हुनेको सङ्ख्या १७ हजार नौ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक सय २६ पुगेको मन्त्रालयले जनाएको छ ।...
एम्बुलेन्सबाट खसेर एक महिलाको मृत्यु

एम्बुलेन्सबाट खसेर एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ ४ दाङमा गुडिरहेको एम्बुलेन्सबाट खसेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री (स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाका) की ३५ वर्षीया कमला विकको एम्बुलेन्सबाट खसेर मृत्यु भएको हो । एम्बुलेन्सबाट खसेर टाउकोमा गहिरो चोट लागेकी विकको बुधबार राति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट उपचार गरेर घर फर्किँदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट खसेको जनाईएको छ । ढोका खुलेर नलागेको अवस्थामा त्यही ढोकामा कमला अडिएको हुन सक्ने प्रहरीको अनुमान छ । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।...
कोरोना सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका–१३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । गत ६ दिनदेखि कोभिड १९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ती पुरुषको दिउँसो २ बजे मृत्यु भएको जनाईएको छ । मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, मेरुदण्डसम्बन्धी समस्याले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको थियो ।...
लिदीको पहिरोमा बेपत्ता भएका मध्ये २९ जनाको शव भेटियो

लिदीको पहिरोमा बेपत्ता भएका मध्ये २९ जनाको शव भेटियो

समाचार
पूर्णपुष्टि, भदौ ४ सिन्धुपाल्चोकका लिदीको पहिरोमा बेपत्ता भएका मध्ये २९ जनाको शव भेटिएको छ । जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये २९ जनाको शव भेटिएको हो । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वषीय सानुकान्छा दोङ र ४४ वर्षीय हिराबहादुर दोङको शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा अझै १० जना हराइरहेका छन् र उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको जनाईएको छ । लिदीमा गत शुक्रबार पहिरो जाँदा ३७ वटा घरमा क्षति पुगेको छ भने १३ वटा घरमा पूर्ण रुपले क्षती भएको छ ।...
निषेधाज्ञा उल्लङ्घन गर्ने साढे ११ सय जना कारबाही

निषेधाज्ञा उल्लङ्घन गर्ने साढे ११ सय जना कारबाही

समाचार
पूर्णपुष्टि, भदौ ४ काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने साढे ११ सय कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लघंन गरेर घर बाहिर निस्किएका ११ सय ७० जनालाई प्रहरीले केहिबेर होल्ड गरेर छाडेको हो । गतराति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएकाले अति आवश्यक नपरी निस्किएकाहरुलाई केहीबेर होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ । ललितपुरमा ४ सय ९८ जना, काठमाण्डौमा ४ सय ३७ जना र भक्तपुरमा २ सय ३५ जनालाई होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ । आज निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केहिबेर होल्ड गरेर छाडिएको जनाईएको छ ।...