Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

काठमाण्डौँबाट २ थान पेस्तोलसहित २ जना पक्राउ

काठमाण्डौँबाट २ थान पेस्तोलसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ४ काठमाण्डौको माछापोखरीबाट दुई थान पेस्तोल दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ‘मेड इन यूएसए’ लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित नुवाकोटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो । हतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षका अमर तामाङलाई पनि बिहीबार नै नुवाकोटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।...
उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० का ११ वर्षीया बालिका र ३२, ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनस्वाथ्य कार्यालय उदयपुरले जनाएको छ । मालपोतको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका एक सय ४० व्यक्तिहरुको स्वाव संकलन गरी परिक्षण गर्दा सोही तीन जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।...
विश्वमा डेढ करोड भन्दा धेरै कोरोनामुक्त

विश्वमा डेढ करोड भन्दा धेरै कोरोनामुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईसबाट उपचारपछि निको हुनेको संख्या डेढ करोड नाघेको छ ।  विश्वमा अहिलेसम्म दुई करोड २५ लाख मानिसमा संक्रमण पुष्टि भएका मध्ये एक करोड ५३ लाख भन्दा धेरै उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ । त्यस्तै उक्त सङ्क्रमितमध्ये सात लाख ९१ हजारको मृत्यु भएको जनाईएको छ । अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य रहेको जनाईएको छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि भएकामध्ये एक लाख ७६ हजारको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा साढे ३४ लाखमा कोरोना पुष्टि भएकामध्ये एक लाख ११ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा २८ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुँदा करिब ५४ हजारको मृत्यु भएको जनाईएको छ ।...
भारतमा एकै दिन साढे ६९ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन साढे ६९ हजारमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ भारतमा एकै दिन साढे ६९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । त्यस्तै गत २४ घण्टामा थप ९ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार नाघेको मन्त्रालयले जनाएको छ । संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको मृत्यु भएको छ । त्यसतै ब्राजिलमा साढे ३४ लाखमा कोरोना पुष्टि भएका मध्ये १ लाख ११ हजारको मृत्यु भएको छ ।...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ४ आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।
गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ गण्डकी प्रदेशमा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक हजार आठ सय १८ पुगेको छ । आज तीन जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेको जनाईएको छ ।...
पासपोर्ट, भिसा र टिकट भए निषेधाज्ञामा पनि विदेश जान पाईने

पासपोर्ट, भिसा र टिकट भए निषेधाज्ञामा पनि विदेश जान पाईने

समाचार
पूर्णपुष्टि, भदौ ४ पासपोर्ट, भिसा र टिकट हुनेहरुले निषेधाज्ञाको समयमा पनि ढुक्कसँग विमानस्थलसम्म जान पाउनेछ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भए पनि अत्यावश्यक कामसँगै हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने सरकारले जनाएको छ । पासपोर्ट, भिसा र हवाई टिकट निश्चित भएकाहरुलाई प्रहरीले रोक्ने छैन । आवश्यक परेमा प्रहरीले पासापोर्ट भिसा र टिकट जाँच गर्न सक्नेछन् । उडान हुनेहरु आफ्नो समयमा सिधै विमानस्थल जाने सवारी साधानको प्रयोग गरी विमानस्थल जान सहजीकरण गर्न सकिने निर्णय भएको छ । त्यसैले यी कागजात साथमा राखेरै विमानस्थल जान सकिनेछ । उपत्यकामा जोखिम बढेसँगै अत्यावश्यक कामबाहेक बाहिर निस्कन निषेध गरिएको छ ।...
खोलाले बगाएर बेपत्ता १ बालक मृत फेला

खोलाले बगाएर बेपत्ता १ बालक मृत फेला

समाचार
झापा, भदौ ४ सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ बर्षीय राजु भण्डारी मृत फेला परेको छ । हिजो साँझ ७ बजे खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएपछि खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
पोखरीमा डुबेर १ जनाको मृत्यु

पोखरीमा डुबेर १ जनाको मृत्यु

समाचार
मोरङ, भाद्र ४  मोरङको रङगेलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रङगेली नगरपालिका–१ का ४९ बर्षीय खड्ग बहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो ३ बजे घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर घटनास्थलमा मृत्यु भएको प्रहरीले  जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
मोरङ, भाद्र ४ मोरङको उर्लावारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ का २८ बर्षीय नविन बिकको करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ ६ बजे घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका बिकलाई उपचारको लागी गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।...