Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

समाचार
पूर्णपुष्टि, कात्तिक ३ आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठमाण्डौका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरमा विगतका वर्षमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको थियो । काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि यसपालि सुनसान छ । नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्र...
बैशाखदेखि यता प्राकृतिक प्रकोपमा साढे चार सयको मृत्यु

बैशाखदेखि यता प्राकृतिक प्रकोपमा साढे चार सयको मृत्यु

समाचार
पूर्णपुष्टि, कात्तिक ३ वैशाखदेखि यता विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ जनाको मृत्यु भएको छ  भने एक सय एक बेपत्ता भएका छन् । यही अवधिमा सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसपालि विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाया मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ बेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाया क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ । चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र  छ सय ९६ चौपाया क्षति भएको छ । चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ ।  यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता ...
चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण

समाचार
पूर्णपुष्टि, कात्तिक ३ चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो । विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएको थियो । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् । सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेको थियो । उपत्यकामा चार वटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आ...
नेपालमा चिसो बढ्ने क्रम सुरु

नेपालमा चिसो बढ्ने क्रम सुरु

समाचार
पूर्णपुष्टि, कात्तिक ३ नेपालबाट मनसुन बाहिरिएपछि चिसो बढ्न थालेको छ । दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम १६.५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ । कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने महाशाखाले जनाएको छ । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यो वर्ष गत जेठ ३० गते नेपाल प्रवेश गरेको ...
भारतका केही राज्यमा विद्यालयहरु खुल्दै

भारतका केही राज्यमा विद्यालयहरु खुल्दै

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक ३ आजदेखि भारतका केही राज्यमा विद्यालय खुल्ने भएका छन् । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तकता अपनाएर खुल्ने भएको भारतीय संचारमाध्यमले जनाएको छ । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय आएर अध्ययन गर्नेछन् । उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइनेछ । तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन । पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ । सिक्किममा पनि आजदेखि विद्यालयहरु खुल्दैछन् । त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदा समेत कटाएर नयाँ शैक...
दशैँमा खानपिनसँगै सर्तकता जरुरी

दशैँमा खानपिनसँगै सर्तकता जरुरी

स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २ नेपालीहरुको महान चाड दशैँलाई मिठो खाने र राम्रो लगाउने चाडका रुपमा हेरिन्छ । तर यस वर्ष कोरोना महामारी फैलिएका कारण दशैमा खानपिनमा मात्र हैन सुरक्षाका अन्य सर्तकतामा समेत विशेष ध्यान दिन जरुरी देखिन्छ । नेपालीहरुले दशँैमा मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्ने परम्परा रहेको छ । यसका साथै मिठो परिकार र नयाँ लुगा दशैंको विशेषताका रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले दशैंको समयमा माछामासु, फलफुल, मिठाई लगाएत खानेकुराको उपाभोग धेरै हुन्छ । पछिल्लो समयमा आएर दशैँमा रमाईलो गर्नका लागि साथीभाई आफन्तसंग बसेर मदिराको सेवन गर्ने चलन समेत बढेको पाईन्छ । तर दशैँमा रमाईलो गर्ने नाममा साथीभाई इष्टमित्र भेला गरी धरै जनासंगै बसी मदिरा सेवन लगाएतका क्रियाकलापले कोरोनाको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् । दशैँमा आफ्नो स्वास्थ्यको ख्याल नगरी मासु तथा चिल्लो पदार्थ बढि भएका परिका...
नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २ नेपालमा आज थप दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ । अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, कात्तिक २ सुनसरी दुहबी–२ बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान ११ बजे खनार स्थित घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा  साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुल्यो

राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुल्यो

समाचार
पूर्णपुष्टि, कात्तिक २ बर्दिया राष्ट्रिय निकुञ्जमा स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारी सुला गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लामो समयदेखि बन्द गरिएको सफारी सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएको निकुञ्ज आजदेखि खुला गरिएको हो । पर्यटकका लागि निकुञ्ज खुला गरिएसँगै ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ । निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जङ्गल सफारी र यात्रा गर्न पाउने निकुञ्जले जनाएको छ । गाडीबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथ–प्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जले जनाएको छ ।...
सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य

सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य

समाचार
पूर्णपुष्टि, कात्तिक २ अव सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागले जनाएको छ । यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन् । अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने भएको छ । यो व्यवस्थाले सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम हुने जनाईएको छ । बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्ने लगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने विभागले जना...