पूर्णपुष्टि, कात्तिक २
आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।
सुनको भाउ तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
पूर्णपुष्टि, कात्तिक २
कोरोना संक्रमणबाट बिराटनगर र धरानमा थप तीन जनाको मृत्यु भएको छ ।
बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक/एक जनाको मृत्यु भएको हो ।
शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।
बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस...
पूर्णपुष्टि, कात्तिक २
कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ भने हबल्दार बेपत्ता छन् ।
जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
असईको शव मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
पूर्णपुष्टि, कात्तिक २
उदयपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कटारीमा ५ महिलासहित १३ र त्रियुगा नगरपालिकामा ५ महिलासहित १० गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–११ का १४, ३०, ६९ महिला र ३१ वर्षिय पुरुष, १३ नम्बरवडाका २३ र २४ वर्षिय पुरुष, १० नम्बर वडाका ३८ वर्षिय महिला, ३६ र ३९ वर्षिय पुरुष र १२ नम्बर वडाका ३३ वर्षिय महिलामा कोरोन संक्रमण पुष्टि भएको जनाएको छ ।
त्यस्तै कटारी नगरपालिका–३ का १७ र ५० वर्षिय पुरुष, १९ र ४५ वर्षिय महिला, ४ नम्बर वडाका २७, ३२ र ५५ वर्षिय पुरुष, ३७, ३८ र ५० वर्षिय महिला र ५ नम्बर वडाका ३५ र ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।...
पूर्णपुष्टि, कात्तिक २
हेटौँडा–काठमाण्डौ मदन भण्डारी मार्गलाई निजगढ–काठमाण्डौ द्रुतमार्गसँग जोड्नका लागि अध्ययन थालिएको छ ।
काठमाण्डौ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न वाग्मती प्रदेश सरकारले प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।
सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी सुरु गरेको छ ।
सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाण्डौ–निजगढ द्रुतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाण्डौको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।
प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा...
पूर्णपुष्टि, कात्तिक २
सिद्दिचरण लोकमार्ग अन्र्तगत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भीरमा गतराती भएको स्कारपिओ दुर्घटनामा मृत्यु भएका सवैको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने तीन जना घाईते भएको थिए ।
दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये थप तीन जनाको पनि पहिचान खुलेको छ । प्रहरीका अनुसार, पहिचान खुल्न बाँकी रहका तीन जना ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिका–९ का २६ वर्षीया कुमारीमाया सार्की, २३ वषीय पदमबहादुर सार्की र ४० वर्षीय खड्गबहादुर सार्की रहेको जनाईएको छ ।
यसअघि मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्कीको मात्र पहिचान खुलेको थियो ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० च ७१७१ नम्बरको राती १२ बजे सडकबाट करिब ९ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्...
पूर्णपुष्टि, कात्तिक २
अजरबैजान र अर्मेनियाबीच मानविय युद्धविरामको सहमति भएको छ ।
विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएको छ । यसअघि गत हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।...
पूर्णपुष्टि, कात्तिक २
सिद्दिचरण लोकमार्ग अन्र्तगत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।
कटारी नगरपालिकाको वडा नं. १४ मा पर्ने भदौरे भिरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० च ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो राती १२ बजे दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका मध्ये तीन जनाको पहिचान खुलेको छैन । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ, बाँकीको सोधीखोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३२ वर्षका पुरुष, ३५ वर्षका पुरुष र अर्की ३५ वर्षकी महिलाको पहिचान हुन सकेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्...
पूर्णपुष्टि, कात्तिक १
सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोनाको प्रभाव बढी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको जनाएको छ । अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेकाले नियमित जाँच गराएर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने जनाएको छ ।
नेपालमा २४.५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ४० प्रतिशत मानिसले भने अहिलेसम्म रक्तचाप परीक्षण नै नगराएको जनाईएको छ । जाँडरक्सी तथा चुरोटबिँडी नखाने र सक्रिय जीवनशैली अपनाउने हो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ ।...
पूर्णपुष्टि, कात्तिक १
विश्व भोकमरी सूचि सन् २०२० मा १ सय ७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ ।
यस अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो । जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन ।
दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश ७५ औं स्थानमा छन् ।
गत दुई बर्षमा नेपालमा भोकमरीको अवस्थामा उलेख्य सुधार आएको सो प्रतिवेदनमा उल्लेख छ । अध्ययनले नेपालमा गरिबीको दर कम भएको तर सामाजिक र आर्थिक विभेदको चुनौती भने कायम नै रहेको उल्लेख गरिएको छ ।
नेपालले बाल मृत्युदर र पोषणमा उल्लेख्य बृद्धि गरेको समेत सो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा नेपालले भिटामिन ए को कार्यक्रममा राम्रो सुधार गरेको उल्लेख गरिएको छ ।...