Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ नेपालमा आज थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ती सय चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
पर्साबाट २३ किलो सुन बरामद

पर्साबाट २३ किलो सुन बरामद

समाचार
पूर्णपुष्टि,  कात्तिक १ पर्साको वीरगञ्बाट २३ किलो सुन प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको प्रहरीले जनाएको छ । अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
अहिलेसम्मकै ठूलो सुविधा सम्पन्न भवनको शिलान्यास

अहिलेसम्मकै ठूलो सुविधा सम्पन्न भवनको शिलान्यास

समाचार
पूर्णपुष्टि, कात्तिक १ उदयपुरमा अहिलेसम्मकै ठूलो सुविधा सम्पन्न भवनको शिलान्यास भएको छ । अहिलेसम्मकै ठूलो सुविधायुक्त बन्न लागेको जिल्ला अदालत उदयपुर भवनको सर्बोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले शिलान्यास गर्नु भएको हो । उक्त रमकमा बन्न लागेको सुविधा सम्पन्न भवन तीन वर्ष भित्रमा निर्माण गर्ने गरी सि.एम./कृष्णलक्ष्मी जे.भी., काठमाण्डौँ निर्माण कम्पनीले ठेक्का पाएको छ । भवन निर्माण कार्य २०८० जेष्ठ ३० गते भित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग गत असार ९ गते सम्झौता भएको थियो । उक्त भवन निर्माणका लागी १६ करोड २२ लाख ५० हजार रुपैयाको बोलपत्र आह्वान गरेको थियो भने १३ करोड ४२ लाख ८१ हजार ९ सय २६ रुपैया ९५ पैसामा बोल पत्र स्वीकृत भएको थियो । १२ कठ्ठा ८ धुरमा सुविधायुक्त बन्न लगोको भवन साढे तीन तलाको हुने छ । भावनमा दुइ वटा लिफ्ट, एक बाल ईजलाससहित पाँच वटा ईजलास रहेको छ । त्यस...
घुस लिएको आरोपमा वन रक्षक पक्राउ

घुस लिएको आरोपमा वन रक्षक पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक १ रुपन्देहीका सबडिभिजन वन कार्यालय मुर्गियाका वन रक्षक घुस लिएको आरोपमा पक्राउ परेको छ । काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ परेको हो । सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।...
प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्रिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ । मन्त्रीसँगै उनकी श्रीमती, पिएसओ, चालक र भान्सेलाई पनि संक्रमण देखिएको जनाईएको छ । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्रीले जनाएको छ । अन्य ४ जनालाई भने कुनै लक्षण देखिएको छैन । आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन मन्त्रिले आग्रह समेत गरेको छ । यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सचिववालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित ३५ जनामा कोरोना संक्रमण भएको थियो ।...
कोरोनाबाट थप १ जनाको मृत्यु

कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ चितवनमा कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ । खैरहनी नगरपालिकाका–१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडाले जनाएको छ । दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएको थियो ।...
लुक्ला उडानमा कडाइ, पीसीआर नेगेटिभ अनिवार्य

लुक्ला उडानमा कडाइ, पीसीआर नेगेटिभ अनिवार्य

समाचार
पूर्णपुष्टि, कात्तिक १ जुनसुकै स्थानबाट सोलुखुम्बुको लुक्ला जाने हवाई यात्रुहरुले कोरोना परिक्षण नेगेटिभको रिपोर्ट अनिवार्य गरेको छ । यसअघि काठमाडौंबाट लुक्ला आउने यात्रुहरुका लागि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम थियो । सबै एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट सुनिश्चित गरेर मात्रै लुक्ला आउन पाईने भएको छ । लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले सेवा दिँदै आएका छन् । लुक्लामा काठमाडौंका साथै, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।...
नेपालमा करिब १९ प्रतिशत मानिसा गरिबीको रेखामुनि

नेपालमा करिब १९ प्रतिशत मानिसा गरिबीको रेखामुनि

समाचार
पूर्णपुष्टि, कात्तिक १ नेपालको करिब १९ प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । गरिब पहिचान कार्यक्रम अन्तर्गत २६ जिल्लाका करिब ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । ‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ । राष्ट्रसंघले विकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिबीको सूचकाङ्कमा रुपमा राखेको छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा...
यस वर्षको मनसुन नेपालबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

समाचार
पूर्णपुष्टि, कात्तिक १ यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहि असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू–भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने हिजो बाहिरिएको हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको महाशाखाले जनाएको छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।...
आजदेखि बडादशैँ सुरु

आजदेखि बडादशैँ सुरु

समाचार
पूर्णपुष्टि, कात्तिक १ आजदेखि यस वर्षको बडा दशैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ सुरु भएको हो । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर  गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखेर त्यसमाथि श...