Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

समाचार, साहित्य
पूणर्पुष्टि, असोज ३० उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज गजल संग्रह शुक्रबार विमोचन भएको छ । सुनौलो अवाज १ नं प्रदेशकी साम्सद अम्विका थापाले संगम सामुदायीक पुस्तकालयको सभाहलमा विमोचन गर्नुभयो । बिभिन्न साहित्यकार र साहित्य संघ संस्थाहरुको उपस्थितिमा एक कार्यक्रम गर्दै गजल संग्रहको विमोचन गरिएको छ । साहित्य क्षेत्रमा अग्रसर रहेका चार युवा साहित्यकार रविन खड्का, अनिल घिमिरे, शारद खड्का, कुमार ज्योतिको संयुक्त प्रकाशित सुनौलो गजल संग्रह रहेको छ । ५ सय प्रति प्रकाशित संग्रह करिब ९२ पेज बराबरको रहेको लेखक रबिन खड्काले बताउनुभयो । यो चाँडैनै बजार लगाएत साहित्यक व्यक्तिहरुमा फैलाउने अर्का लेखक अनिल घिमिरेले बताउनुभयो ।  विमोचन कार्यक्रम सँगै युवा संघका अध्यक्ष खगेन्द्र पोखरेलले पुस्तकालयलाई पुस्तक उपलब्ध समेत गराउनुभयो । त्यस्तै टंक आले मगरले पनि आफ्नो कृति अछेता पुस्तकालय र अतिथि...
उदयपुरमा प्रहरी दिवस भब्यरुपमा सम्पन्न, उत्कृष्ट काम गर्नेदेखि अमर प्रहरी परिवारसम्मलाई सम्मान, पुरस्कार प्रदान

उदयपुरमा प्रहरी दिवस भब्यरुपमा सम्पन्न, उत्कृष्ट काम गर्नेदेखि अमर प्रहरी परिवारसम्मलाई सम्मान, पुरस्कार प्रदान

समाचार
पूर्णपुष्टि, असोज ३० कोरोनाप्रतिको उच्च सतर्कतासहित ६५ औं प्रहरी दिवस उदयपुरमा आज मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिवसको अवसरमा विविध कार्यक्रम गर्दै आज विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न पार्टीका नेता, सुरक्षा प्रमुखहरु, नागरिक समाज, पत्रकार, पूर्व प्रहरीहरु, अमर प्रहरी, परिवारहरुको सहभागिता थियो । दिवसको अवसरमा दुईदिनअघि भगवती मन्दीर परिषर सरसफाई गरिएको थियो । त्यस्तै हिजो जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रक्तदान कार्यक्रम भएको थियो । त्यसैगरी जिल्ला प्रहरी र मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानसमेतको सहभागितामा पुरुष दौड, महिला दौड, रस्साकसी (डोरी तानातान) खेल प्रतियोगिता भएको थियो । उक्त अवसरमा उत्कृष्ठ काम गर्ने प्रहरीअधिकृत देखि जवानसम्मका १० जनालाई पुरस्कृत गरिएको थ...
नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० नेपालमा आज थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार एक सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।...
साढे २ दशकपछि पाटन विमानस्थलमा नियमित हवाई उडान सुरु

साढे २ दशकपछि पाटन विमानस्थलमा नियमित हवाई उडान सुरु

समाचार
पूर्णपुष्टि, असोज ३० सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलमा साढे २ दशकपछि हवाई उडान सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर २५ वर्षपछि आजदेखि हवाई उडान सुरु भएको हो  । विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलले जनाएको छ । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ । पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका र बैतडीबाट सात यात्रु लिएर समिट एअर धनगढी फर्केको जनाएको छ । पहिलो दिन आज हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरले जनाएको छ । नगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने छ । धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ । लामो समयसम्म बन्द रहेको विमानस्थलमा पुनःनियमित उडान सुरु भए...
गुरुङ समुदायमा दशैँ सुरु

गुरुङ समुदायमा दशैँ सुरु

समाचार
पूर्णपुष्टि, असोज ३० आजदेखि लमजुङ र गोरखाका गुरुङ समुदायमा दशैँ सुरु भएको छ । नेपाल एकीकरण अघि लमजुङ राज्य र गोरखा राज्यले समेटेको भूभागका गुरूङ समुदायमा दसैं सुरु भएको हो । अन्य समूदायले भोली अर्थात घटस्थापना र जमरा राख्ने तिथि तय गरेको भएपनि गण्डकी प्रदेशका गुरुङ समुदायले मौल पूजाको लागि आजै जमरा राख्ने चलन रहेको छ । विशेषगरी लमजुङ र गोरखा क्षेत्रका गुरुङ समुदायले घटस्थापनाको अघिल्लो दिन अर्थात् औंसीकै साँझ खाना खानुअघि मौला पूजाको लागि जमरा राखेर दशैंको सुरुवात गर्ने गर्छन् । कास्कीको याङ्जाकोट लगायतका केही क्षेत्रमा भने औंसीको दिन बिहानै नागरा पूजा गरेर दशैंको औपचारिक सुरुवात गर्ने चलन छ । तर सबै क्षेत्रमा नागरा पूजा भने गर्ने चलन छैन । नागरा पूजा हुने क्षेत्रमा आज बिहान कोटघरमा गएर नगरा पूजा हुन्छ । खाना आएपछि माथि कोटमा गएर नगरा बजाउँछन् । त्यसपछि साँझ खाना खानुअघि नौवटा ब...
नवरात्रमा शक्तिपिठ खोल्न नपाईने

नवरात्रमा शक्तिपिठ खोल्न नपाईने

समाचार
पूर्णपुष्टि, असोज ३० गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । हिजो मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थिय...
कोरोनाबाट विराटनगरमा थप १ जनाको मृत्यु

कोरोनाबाट विराटनगरमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ बुद्धचोक निवासी ६५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पतालमा उपचाररत पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएके छ । उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या थियो ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि हुदा ११ लाख ३ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये २ करोड ९३ लाख निको भएका छन् । अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ लाख २२ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा ७३ लाख ६५ हजारमा सङ्क्रमण पुष्टि हुँदा १ लाख १२ हजारको मृत्यु भएको छ । ५१ लाख ६९ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भईसकेको वल्ड्रोमिटरले जनाएको छ ।...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामीको समस्याअनुसार उपचार गरिए पनि बिस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ३०  आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।