Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

गम्भीर अपराधमा मिलापत्र नगराउन निर्देशन

गम्भीर अपराधमा मिलापत्र नगराउन निर्देशन

समाचार
पूर्णपुष्टि, असोज ३०  सरकारले गम्भीर प्रकृतिका अपराधमा मिलापत्र नगराउन पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने र गराउने काम रोक्न निर्देशन दिएको हो । बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि यसअघि महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गरी त्यस्ता कार्य रोक्नका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । पालिकाका जनप्रतिनिधिहरु समेत रोहबरमा बसी पीडक र पीडितका बीचमा मिलापत्र गराउने तथा सहमतिको कागज गराएकोप्रति ध्यानाकर्षण भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । साथै यस्ता घटनाहरुले पीडितलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा मनोसामाजिक रुपले पीडित बनाएको पत्रमा उल्लेख छ । गम्भीर कसुरमा अनु...
बैतडीका १ वडाध्यक्षको निधन

बैतडीका १ वडाध्यक्षको निधन

समाचार
पूर्णपुष्टि, असोज ३० बैतडीका एक वडाध्यक्षको निधन भएको छ । सुर्नया गाउँपालिका–५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थियो । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएको थियो ।...
नेपाली टोलीद्धारा बरुन्त्से हिमालको सफल आरोहण

नेपाली टोलीद्धारा बरुन्त्से हिमालको सफल आरोहण

समाचार
पूर्णपुष्टि, असोज ३० आरोहणको जारी सिजनमा नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल सफल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको पर्यटन बिभागले जनाएको छ । आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो । जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो । यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो । बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।|...
नेपालको ११ जिल्लामा ५०० भन्दा धेरै संक्रमित

नेपालको ११ जिल्लामा ५०० भन्दा धेरै संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० नेपालको ११ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । काठमाण्डौमा मात्रै १५ हजार ९ सय सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् भने मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हिजो ३ हजार ७ सय ४९ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । हिजो ३ हजार ५ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुन...
प्रदेश सरकारद्धारा रौतामाईलाई बारुण यन्त्र र भेन हस्तान्तरण

प्रदेश सरकारद्धारा रौतामाईलाई बारुण यन्त्र र भेन हस्तान्तरण

समाचार
पूर्णपुष्टि, असोज ३० १ नम्बर प्रदेश सरकारले उदयपुरको रौतामाई गाउँपालिकालाई बारुण यन्त्र र प्रहरी भेन हस्तान्तरण गरेको छ । मुख्यमन्त्रि एकिकृत शान्ति सुरक्षा विपद् व्यावस्थापन र स्वास्थ्य सेवाका लागी प्रदेश सरकारले बारुण यन्त्र र भेन पालिकालाई हस्तान्तरण गरेको हो । पछिल्लो सयममा बढ्दै गएको अपराधिक गतिविधि र आगलागीका घटना नियन्त्रणका लागी स्रोत साधनको आवश्याता परेकाले पालिकाको माग अनुसार प्रदेश सरकारले दिएको पालिकाले जनाएको छ । पहाडी भूभागले ओगटेको पालिकामा बढी आग्लागी तथा अपराधिक गतिविधी नियन्त्रणमा प्रदेश सरकारले दिएको बरुण यन्त्र र प्रहरी भेनले ठुलो सहयोग पुग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए । शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न र आगलागी जस्ता विपद् नियन्त्रणका लागी प्रदेश सरकारले ११ जिल्लाका एक÷एक स्थानीय तहलाई यन्त्र र भेन हस्तान्तरण गरेको हो । उदय...
कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना सङ्क्रमणबाट बच्न प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । युरोपमा अब दैनिक एक हजारभन्दा धेरैको मृत्यु हुने चेतावनी पनि दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ । त्यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै ब...
कोरोना सङ्क्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने

कोरोना सङ्क्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने

समाचार
पूर्णपुष्टि, असोज २९ कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतले लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी नगराउन आयोगले बनाएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन व्यवस्था मापदण्डको ८ नम्बर बुँदा कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो । कोरोना सङ्क्रमणको डरलाग्दो यो अवस्थामा सङ्क्रमितले परीक्षा दिन नपाउँदा विभेद हुने र नेपालको संविधानमा भएको समानताको हकको पनि उल्लङ्घन हुने सर्वोच्चले जनाएको छ । यस विषयमा १५ दिनभित्र लिखित जवाफ दिन पनि सर्वोच्चले लोक सेवा आयोगलाई आदेश दिएको छ । साथै सर्वोच्चले यो मुद्दाको अन्तिम किनारा नलागेसम्म सङ्क्रमित व्यक...
धावकहरुको आग्रह पर्यटकीय क्षेत्रमा फोहोर नगरौँ

धावकहरुको आग्रह पर्यटकीय क्षेत्रमा फोहोर नगरौँ

समाचार
रुपा चाम्लिङ राई लिम्चुङ्बुङ, असोज २९ निकट भविष्यमै निर्माण हुन लागेको लिम्चुङबुङ एभरेष्ट भ्यू टपलाई पर्यटकीय क्षेत्र बनाउनको लागि हाल तत्कालिन समय देखि नै व्यवस्थापनको जग बसाउनु पर्ने धावकहरुको राय रहेको छ । रेस गर्दै आइपुगेका धावकहरुले एभरेष्ट भ्यू टप वरिपरी रहेको फोहोर विभिन्न प्लाष्टिक रेडवुलको बट्टा पेय पदार्थ सेवन गरी फुटाएको सिसा जस्ता कुरालाई बटुलेर जम्मा गरी खाल्टोमा जलाउने काम गरेका छन् । पर्यटकीय स्थल जस्तो ठाउँमा स्थानीय सरकारले पनि व्यवस्थापनमा सरोकार राख्नु पर्ने साथै घुम्न आउने प्रत्येक पर्यटकले आफुले प्रयोग गरेर फालेको फोहोरलाई आफैले व्यवस्थित गरी पर्यटकीय स्थल विकासको लागि स्थानीय तहलाइ सहयोग गर्नु पर्ने भन्ने सन्देश जावस भनि सरसफाइ गरेको हो । एभरेष्ट भ्युटपमा सामान्य रुपमा हरेक दिन घुम्न आउने मान्छे भने टुट्दैन अझ शनिवार कर्मचारी तथा अन्य पर्यटकीय गरी निकै न...
नेपालमा थप ३७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २९  नेपालमा आज थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ । अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।...
चप्पन सामुदायीक वन उपभोक्ता समितिको २५ औँ साधाराण सभा सम्पन्न, ०७७/०७८ का लागि २२ लाख ६१ हजार बजेट पास

चप्पन सामुदायीक वन उपभोक्ता समितिको २५ औँ साधाराण सभा सम्पन्न, ०७७/०७८ का लागि २२ लाख ६१ हजार बजेट पास

समाचार
पूणर्पुष्टि, असोज २९ चप्पन सामुदायीक वन उपभोक्ता समितिले आफ्नो २५ औँ साधारण सभाबाट आर्थिक बर्ष २०७७/०७८ का लागि २२ लाख ६१ हजार बजेट पास गरेको छ । बिहिबार समितिले आयोजना गरेको साधारण सभामा समिति तथा उपभोक्ताहरुको छलफलबाट बजेट पास गरेको हो । गत आर्थिक बर्ष ५३ लाख ८३ हजार ४ सय १५ को बजेट पास भएको थियो । समितिका अध्यक्ष महेन्द्र सिग्देलले यो बर्षको बजेटले पर्यटन विकासलाई अगाडी बढाउने जनाउनु भएको छ । सिग्देलले बन संरक्षण र विरुवा रोपनमा बिषेश ध्यान राख्दै डिम्की मन्दिर आसमास पिकनिक स्पोर्टलाई पर्यटन क्षेत्र निर्माणमा विषेश जोड गर्ने बताउनुभयो । उहाँले डिम्कीको आसपास विभिन्न आम्दानी दिने फलफुलहरु लगाउने र आर्थिक विकासलाई पनि अगाडी बढाउने बताउनुभयो । बन संरक्षण र विरुवा रोपनमा आफ्नो बिषेश पहल रहेको बताउँदै डिम्की आसपास पर्यटन विकासको लागि व्यवस्थित गर्ने र त्यसका लागि डिपिआ...