Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

परिणाम देखिने गरी काम गर्छु : मन्त्री श्रेष्ठ

परिणाम देखिने गरी काम गर्छु : मन्त्री श्रेष्ठ

समाचार
पूर्णपुष्टि, असोज २९ नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ । आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । प्रतिकूलताभित्र अनुकूलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने उहाँले बताउनुभयो । कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने उहाँले बताउनुभयो ।...
अभिमुखिकरण कार्यक्रम सँगै अन्तराष्ट्रि प्राकृतिक दिवस मनाइयो

अभिमुखिकरण कार्यक्रम सँगै अन्तराष्ट्रि प्राकृतिक दिवस मनाइयो

समाचार
मिलन परियार  लिम्चुङ्बुङ २८ बिभिन्न कार्यक्रमहरुको आयोजना सँगै अन्तराष्ट्रिय प्राकृतिक दिवस सम्पन्न भएको छ । बिषेशगरी विपतको क्षेत्रमा विगतदेखिनै काम गर्दै आएको जाल्पा एकीकृत विकास समाज र वल्र्ड भिजन क्ष्न्टरनेशनलको सहयोगमा दिवस मनाइएको हो ।  उदयपुरको रौतामाई ७ मुर्कुची र ताप्ली गाउँ पालिका ५ रुपाटारको वडा बिपत ब्याबस्थापन समितीको आयोजनामा बिपत न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन सँगै अन्तरास्ट्रिय प्राकृतिक  बिपत न्यूनीकरण दिवस मनाईएको हो । कार्यक्रममा प्राकृतिक बिपत न्यूनीकरणका लागि अपनाउनु पर्ने संभावित जोखिम न्यूनीकरण गर्नका निम्ती बाल क्लब वडा बिपत ब्याबस्थापन समितिले चेतना मुलुक, संदेश मुलक सिकाई आदान प्रदान गरि जोखिम क्षेती लाई निराकरण गर्न सकिने बारेमा बृहत रुपमा छ्लफल गरिएको थियो । कार्यक्रममा वडाका महिला बालबालिका समाजसेवी  जनप्रतिनिधि र  बुद्धिजी...
गलत सल्लाह दिनेलाई कारबाही गर्छु : संचारमन्त्रि गुरुङ

गलत सल्लाह दिनेलाई कारबाही गर्छु : संचारमन्त्रि गुरुङ

समाचार
पूर्णपुष्टि, असोज २९ नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको हो । कुनै पनि मन्त्रालयमा गलत कुराहरु छन् भने पनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उहाँले बताउनुभयो । आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने मन्त्रि गुरुङले बताउनुभयो । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।...
भरुवा बन्दुकसहित ४ जना पक्राउ

भरुवा बन्दुकसहित ४ जना पक्राउ

समाचार
पुर्णपुष्टि, असोज २९  पर्सामा एक नाल भरुवा बन्दुकसहित चार युवा पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा पक्रउ परेका हुन् । उनीहरुको साथबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी बरामद भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । लागूऔषध गाँजा लिएर आउँदै छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले औराही खोलाको बगर क्षेत्रबाट उनीहरुलाई हिजो राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीलाई देखेपछि उनीहरुले एक राउण्ड फायर गर्दै भाग्न खोजेको थियो । त्यसको जवाफमा प्रहरीले पनि दुई राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

समाचार
पूर्णपुष्टि, असोज २९ नवनियुक्त मन्त्रिहरुले समथ लिनुभएको छ । हिजो नियुक्त हुनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिनुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।...
सार्वजनिक यातायात निर्देशिका जारी

सार्वजनिक यातायात निर्देशिका जारी

समाचार
पूर्णपुष्टि, असोज २९ चाडपर्वको बेलामा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ । कोरोना संक्रमण बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन तथा टिकट खरिद तथा बिक्री प्रक्रियालाई थप पारदर्शी बनाउने गरी निर्देशिका जारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । मध्यम तथा लामो दूरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले अनिवार्य रूपमा अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ । विभागले एक सयदेखि २ सय ५० किलोमिटरसम्मलाई मध्यम र २ सय ५० किलोमिटरभन्दा बढीलाई लामो दूरी भनेर परिभाषित गरेको छ । अनलाइन टिकटका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले प्रयोगमा ल्याउने सफ्टवेयरलाई याता...
राजकुमार हमदद्वारा मनास्लु हिमालको सफल आरोहण

राजकुमार हमदद्वारा मनास्लु हिमालको सफल आरोहण

समाचार
पूर्णपुष्टि, असोज २९  बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ । टोलले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ । ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो । यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत गरिरहेको प्रालिले जनाएको छ ।...
सह–सचिव र उप–सचिव पदको लागि विज्ञापन खुल्यो

सह–सचिव र उप–सचिव पदको लागि विज्ञापन खुल्यो

समाचार
पूर्णपुष्टि, असोज २९  लोकसेवा आयोगले सह–सचिव र उप–सचिव पदको लागि विज्ञापन खुलाएको छ । आयोगले ६ सय ३८ पदको लागि आवेदन माग गरेको हो । राजपत्रांकित प्रथम श्रेणी सह–सचिव र द्वितीय श्रेणी उप–सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो ।  निजामती, संसद् र स्वास्थ्यमा गरेर सह–सचिव १ सय ८२ तथा उप–सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको छ । उप–सचिवमा बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागेको छ । जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ । संसदतर्फ १६ बढुवा र दुई खुला गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सह–सचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा आवेदन मागिएको हो । जसमध्ये निजामतीतर्फ बढुवा ९५ जना र खुला १० जना, संसद...
भारतीय सेनाध्यक्ष नेपालमा भ्रमणमा आउने

भारतीय सेनाध्यक्ष नेपालमा भ्रमणमा आउने

समाचार, संसार
पूर्णपुष्टि, असोज २९ भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउने भएको छ । दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दौ जनाएको हो । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गत माघ २० गते नै निर्णय गरेको जनाईएको छ ।...
उदयपुरमा एक प्रहरी सहित ३ जनामा कोरोना पुष्टि

उदयपुरमा एक प्रहरी सहित ३ जनामा कोरोना पुष्टि

समाचार
पूर्णपुष्टि, असोज २९ उदयपुर  उदयपुरको बेलका नगरपालिकामा एक प्रहरी सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दुई महिला र एक पुरुष गरि तीन जना संक्रमित भएको हो ।असोज २२ गते ३२ जनाको स्वाब संकलन गरेको मध्ये रिपोर्ट अाउन बाँकी ८ जनामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमीत हुनेमा २८ वर्षिय पुरूष, २४ र १५ वर्षिय महिला रहेका छन । उनीहरुको सामाजिक मन्त्रालय प्रादेशिक जनसंख्या प्रयोगशाला विराटनगरले संक्रमण पुष्टी गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरका २८ वर्षिय प्रहरी जवान, अाँखा उपचार केन्द्र रामपुरका २४ वर्षिय स्वास्थ्यकर्मी र १५ वर्षिय युवती रहेका छन । १५ वर्षिय युवती बेलका नगरपालिका ४ का वडाध्यक्षका भान्जी हुन । बेलका नगरपालिका ९ का ४० वर्षिय पुरुष वडा सदस्य हुन् । उदयपुरमा कोरोना संक्रमितको संख्या ४९ महिला स...