Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २९ फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आगामी शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गरेको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने जनाईएको छ । दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको मृत्यु भएको छ ।...
६५ औं प्रहरी दिवसमा रक्तदान कार्यक्रम

६५ औं प्रहरी दिवसमा रक्तदान कार्यक्रम

समाचार
पूर्णपुष्टि, असोज २८ ६५औ प्रहरी दिवसको अवसरमा आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा रक्तदान कार्यक्रयम गरिएको छ । कोरोना संक्रमणको कारण देशैभर रगतको कमी भईरहेको बेला रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको हो रगत अभावका कारण विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आईरहेको रगतको अभावले उपचारमा विरामीलाई समस्या नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । रक्तदान कार्यक्रम भईरहेको अवस्थामा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवस्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी महिलाका लागी रगत उपलब्ध गराईएको  थियो । आज १ सय १ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेको थियो ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
सुनसरी, असोज २८ सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । भोक्राहा नरसिंह–३ का ४० बर्षीय चन्द्रनारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको हो । आज करिब विहान ७ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह–३ शिवगंज चौकबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा शाहले बोकेको प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको लागुऔषध डाईलेक्स डिसी ३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेको शाहमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा प्रहरीद्धारा साढे ३१ हजार बोट गाँजा नष्ट

उदयपुरमा प्रहरीद्धारा साढे ३१ हजार बोट गाँजा नष्ट

समाचार
पूर्णपुष्टि, असोज २८ उदयपुरमाको विभिन्न ठाउँमा अवैध रुपमा लगाईएका र आफै उम्रिएका साढे ३१ हजार गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । बेलका नगरपालिका–७ को १ सय ७७ रोपनी क्षेत्रफलमा लगाईएका र आफै उम्रिएका गाँजा फडानी गरी जलाएर नष्ट गरेको हो । अवैध रुपमा लगाईएका गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत यहि असोज २६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटेका संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । टोलीले बेनपा–७ मा २९ हजार ९ सय ५ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै प्रहरी चौकी रुपाटारबाट खटेका प्रहरी टोलीले ताप्लि गाउँपालिका–५ मा आफै उम्रिएका १ हजार ५ सय बोट गाँजा नष्ट गरेको छ । त्यस्तै प्रहरी चौकी रामपुर झिल्केबाट खटेको प्रहरी टोलीले ताप्लि गाउँपालिका–३ ईनामेमा ४० बोट गाँजा नष्ट गरेको जिप्रका उद...
लिम्चुङबुङमा विजुली पुग्यो : एउटा युगान्तकारी सफलता

लिम्चुङबुङमा विजुली पुग्यो : एउटा युगान्तकारी सफलता

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, असोज २८ । देशको राज्य पुनसंरचनापछि संघीय शासन प्रणाली अन्तर्गत बनेको स्थानीय सरकारबाट लिम्चुङबुङबासीले एक युगान्तकारी उपलब्धीको रुपमा विजुली पाएका छन् । सडक, सञ्चार जस्ता विकासका आधारभूत र महत्वपूर्ण भौतिक संरचनासंगै विजुली पनि पाएको हो । स्थानीय सरकार जिल्लाको एउटा विकट र अन्धकार ठाउँलाई उज्यालो दिन सफल बनेको हो । लिम्चुङबुङ गाउँपालिकाले पालिकाको केन्द्र बराहामा ११ हजार किलोवाट भोल्टेजको विजुली वाल्ने कामको सफल परिक्षण गरेसंगै युगौदेखिको लिम्चुङबुङबासीको गाउँमा विजुली बाल्ने सपना पुरा हुने निश्चित भएको छ । पालिकाको केन्द्रमा विजुली पुर्याउने काममा लिम्चुङबुङ पहिलो बनेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरमा लिम्चुङबुङ पालिकाको केन्द्रमा विजुली पुर्याउन पहिलो बनेको हो । “अव, लिम्चुङबुङवासीको युगौको सपना साकार भएको छ ।” पालिका अध्यक्ष मेजरकुम...
नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपष्टि, असोज २८ नेपालमा आज थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा२ हजार १ सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार ९ सय ५४ पुगेको छ । अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।...
ग्यासको सिलिण्डर पड्किँदा ३ जना घाइते

ग्यासको सिलिण्डर पड्किँदा ३ जना घाइते

समाचार
पूर्णपुष्टि, असोज २८  कैलालीमा खाना पकाउने ग्यासको सिलिण्र पड्केर तीन जना घाईते भएका छन् । धनगढी उपमहानगरपालिका–८ का हरिलाल विष्टको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा उनीसहित उनकी श्रीमती ६५ वर्षीयाया विमला विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते सबैका धनगढीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ग्यास लिक भएर सिलिण्डर पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।...
सांसद सानु पहाडीको निधन

सांसद सानु पहाडीको निधन

समाचार
पूर्णपुष्टि, असोज २८ प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन भएको हो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।...
कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन बन्द

कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन बन्द

समाचार
पूर्णपुष्टि, असोज २८ सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनमुक्त अर्थात् क्लिन फिड हुनैपर्ने मन्त्रालयले जनाएको छ । कुनै पनि बहानामा अब क्लिन फिड लागू गरेरै छाड्ने जनाएको छ । इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्...
माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य बन्द

माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य बन्द

समाचार
पूर्णपुष्टि, असोज २८ लमजुङमा निर्माणाधिन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको हो । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा आयोजनामा कार्यरत २७ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो । आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युत् गृहको काम बाँकी छ । अहिलेसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ । २०७१ सालदेखि सुरु भएको आयोजना २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्...