Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

आज सुनचाँदीको भाउ यतिले घट्यो

आज सुनचाँदीको भाउ यतिले घट्यो

आर्थिक, समाचार
पुर्णपुष्टि,असोज २८  सुनको भाउ आज तोलामा ६ सय रुपैयाले घटेको छ । हिजो तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज ९४ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ । यता चाँदीको भाउ पनि तोलाको २० रुपयाँले घटेको छ । हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।  आज तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
भारतको आन्ध्र प्रदेशमा बाढीमा परी करिब ७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा बाढीमा परी करिब ७ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज २८ भारतको आन्ध्र प्रदेशमा बाढीमा परेर करिब ७ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको हो । आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको बाढीमा कम्तिमा ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । तेलंगानाको राजधानी हैदराबादमा गत २० वर्षमा सबैभन्दा ठूलो पानी परेको जनाएको छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।...
शक्तिपीठहरु खोल्ने तयारी

शक्तिपीठहरु खोल्ने तयारी

समाचार
पूर्णपुष्टि, असोज २८ कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ । काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु कात्तिक १ गते देखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले जनाएको छ । दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको जनाएको छ । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गत चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिर खुल्ला गर्ने निर्णय गरिसकेको छैन ।...
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

समाचार, संसार
पूर्णपुष्टि, असोज २८ संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ । राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जनाएको छ । गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् ।...
धनकुटा नगरपालिकाबाट अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा नगरपालिकाबाट अत्यावश्यक बाहेकका सेवा बन्द

समाचार
पूर्णपुष्टि, असोज २८  कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । कोरोना संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा असोज २८ देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरले जनाएको छ । यस अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहर...
प्रहरी र तस्कर समूहबीच झडप

प्रहरी र तस्कर समूहबीच झडप

समाचार
पुणपुष्टि, असोज २८  सप्तरीमा भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच झडप भएको छ । राजविराज नगरपालिका–१३ मुसहर्नियाँमा गतराती करिब १० बजे प्रहरी र तस्कर समूहबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएर घरेलु हतियारसहित आएकाहरुले प्रहरीमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको प्रहरीले जनाएको छ । करिब ७० जना स्थानीयले मिलेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यसबीचमा तस्करहरु सामानसहित फरार भएकाले उ...
पहाडी केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

पहाडी केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज २८ आज पहाडी क्षेत्रको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर हुँदै भारतको तेलंगानाबाट पश्चिम, उत्तरपश्चिम तिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव पर्ने जनाएको छ । आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।...
रौतामाईको ८ नंं. वडाकार्यालयमा विजुली बल्यो

रौतामाईको ८ नंं. वडाकार्यालयमा विजुली बल्यो

समाचार
पूर्णपुष्टि, असोज २८ । उदयपुरको रौतामाई गाउँपालिकाको ८ नम्बर वडा कार्यालयमा विजुली बलेको छ । पालिकाले राष्ट्रिय विद्युत प्रशारण लाईन पुर्याए पछि पुवारेस्थित वडा कार्यालयमा विजुली बलेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । वडा कार्यालयमा प्रदेश सांसद नारायण वुर्जामगर र पालिका अध्यक्ष खड्काको हातबाट विजुलीको स्विच अन गरेर वडा कार्यालयको विजुली उद्घाटन भएको थियो । योसंगै पालिकाको चारवटा वडामा विद्युत लाईन विस्तार भएको छ । मुर्कुची हुदै पुवारेमा विद्युत लाईन विस्तार भएको छ । त्यहाँबाट केन्द्र भुट्टार र अन्य वडाहरुमा पोल गाडिनुका साथै तार टांगिएको छ । तीसबैमा विद्युत प्रशारण गर्ने योजना छिटै पुरा गर्ने पालिकाको लक्ष रहेको पालिकाकी उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले बताउनुभयो । उहाँले पालिकाभरी नै विद्युत विस्तारको उद्देश्यले काम अगाडी बढिरहेको रौतामाईमा क्रमिकरुपले पालिका...
अब १ हजारमै कोरोना परीक्षण हुने

अब १ हजारमै कोरोना परीक्षण हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ सरकारले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको छ । शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने छ । यसैबीच सरकारले कोरोनाको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका ७ सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न र गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
आज नेप्से ९.४२ अङ्कले घट्यो

आज नेप्से ९.४२ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २७ आज शेयर बजारको कारोबार मापक नेप्से परिसूचक करिब ९.४२ अङ्कले घटेको छ । सोमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९.४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४ सय ८७.४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १०.८४ अङ्कले सुधार भएको छ । एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । परिसूचक घटे पनि ज्योति विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले ४.८३ प्रतिशत कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ८.७२ प्रतिशत गुमाएका छन् ।...