Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा थप ३५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ नेपालमा आज थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार तीन सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ । अब नेपालमा ३५ हजार नौ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।...
बेलकामा वडा सदस्यसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी

बेलकामा वडा सदस्यसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ उदयपुरको बेलका एक वडा दस्यसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका–९ का वडा सदस्यसहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यहि असोज २२ गते ३२ जनाको स्वाब संकलन गरी परिक्षणको लागी  प्रादेशिक जनसंख्या प्रयोगशाला विराटनगर पठाईएको थियो । संकलित स्वावमध्ये २४ जनाको रिर्पोट आएकोमध्ये तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ४० वर्षिय पुरुष र २० र २४ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । वडा सदस्य पुरुष रहको पुरुष रहेको जनाईएको छ ।...
सगरमाथाको उचाइ घोषणा गर्ने तयारी

सगरमाथाको उचाइ घोषणा गर्ने तयारी

समाचार
पूर्णपुष्टि, असोज २७ विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणाको काम अन्तिम चरणमा पुगेको छ । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको जनाएको छ । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको हो । अब कुनै प्राविधिक तयारीको काम बाँकी नरहेको नापी विभागले जनाएको छ । नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको हो । गत बर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्र«पति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । सो भ्रमण पश्चात जारी गरिएको संयुक्त विज्ञप्तिको बुँदा नं ८ मा भनिएको छ । सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्र...
पर्सामा एक नक्कली डाक्टर पक्राउ

पर्सामा एक नक्कली डाक्टर पक्राउ

समाचार
पुर्णपुष्टि,असोज २७ पर्सामा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका(३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको उजुरीको  आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई  जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।...
कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ कोरोना संक्रमणबाट चितवनको चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यहि असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।...
कोरोनाबाट मोरङमा थप ३ जनाको मृत्यु

कोरोनाबाट मोरङमा थप ३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ मोरङमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एक जना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जनाको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रले जनाएको छ । बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको मृत्यु भएको जनाईएको छ । वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको थियो त्यस्तै बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान ८ः१० बजेतिर मृत्यु भएको जनाए...
सरकार र व्यवसायीबिच जारको मूल्य नबढाउने सहमति

सरकार र व्यवसायीबिच जारको मूल्य नबढाउने सहमति

समाचार
पूर्णपुष्टि, असोज २७ सरकार र व्यवसायीबिच तत्काल जारका पानीको मूल्य नबढाउने सहमति भएको छ । आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति गरेको हो । व्यवसायीले बढाएको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको विभागले जनाएको छ । यसअघि नेपाल बोटल वाटर उद्योग सङ्घले असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउने निर्णय गरेको थियो ।...
नाबालिकालाई बलात्कार गर्न खोज्ने एक युवा पक्राउ

नाबालिकालाई बलात्कार गर्न खोज्ने एक युवा पक्राउ

समाचार
पुर्णपुष्टि,असोज २७  सिरहामा नाबालिकालाई जबरजस्ति बरणी गर्न खोजेको आरोपमा एक युवा पक्राउ परेको छ । विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव पक्राउ परेको हो । ५ बर्षीया नाबालिकालाई जबर्जस्ती करणीे गर्न खोजेको आरोपमा यावदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
बुटवलमा कोरोनाबाट एकको ज्यान गयो

बुटवलमा कोरोनाबाट एकको ज्यान गयो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २७  बुटुवलमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकपुरुषको कोरोनाबाट मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ९ः४५ बजे मृत्यु भएको बुटुवल अस्पतालले जनाएको छ । असोज २ गते ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरीएको थियो। । सोही दिन कोरोना रिपोट पोजेटिभ आएपछि उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।  ...
लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ

लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज २७ जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भक्तपुरका  एक व्यक्तिलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाले जनाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । गत बुधबार दिउँसो करिब ४ बजे घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएको थियो । जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा ...