Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो पटक  दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतामाई गाउँपालिका–७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यहि असोज २२ गते १४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो । संकलित स्वाव मध्ये  दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २७ आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।
रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

समाचार
पूर्णपुष्टि, असोज २७ विद्युत् नियमन आयोगले रुग्ण आयोजनाबाट हर्जना नलिन नेपाल विद्युत प्राकिरणलाई निर्देशन दिएको छ । आयोगले पत्र लेखेर रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको आयोगले जनाएको छ । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ । निर्देशन जारी भएको मितिदेखि अहिलेसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवर्द्धकलाई आउँदो महिना पाउने बिलमा मिलान गर्न समेत निर्देशन दिएको जनाएको छ । त्यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस...
ब्राउनसुगर सहित १ जना पक्राउ

ब्राउनसुगर सहित १ जना पक्राउ

समाचार
सुनसरी, असोज २७ सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । धरान–१५ बिशालचोकका ३८ बर्षीय विजयकुमार रोक्का लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको हो । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रोक्कामाथी  ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भङ्गाहा नगरपालिकाका मेयर  सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेको थियो । केही दिनदेखि ज्वरो आउने, हात कटकटी दुख्दै थालेपछि मयेर साहले सोमबार जनकपुरमा पिसीआर परिक्षणका लागी स्वाब दिएको थियो । परिक्षणमा पोजेटिभ नतिजा आएको जनाएको छ । उनी होम आइसोलेसनमा बसेको जनाएको छ । त्यसैगरी महोत्तरीका रासस र कान्तिपुरकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु अहिले होम आइसोलेसनमा छन् । यसअघि अन्नपूर्ण र न्यूज–२४ का रिपोर्टरलाई पुष्टि भएको थियो । तर उनीहरु अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।...
आज मंगल ग्रह ठूलो र चम्किलो देखिने

आज मंगल ग्रह ठूलो र चम्किलो देखिने

समाचार, संसार
पूर्णपुष्टि, असोज २७ आज मंगल ग्रह पृथ्वीबाट ठूलो र चम्किलो देखिदैछ । मंगल ग्रह पृथ्वीसँग आमने सामने हुने भएकाले मंगल ग्रह सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन । यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोपबाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् । मंगलबारको मंगल ग्रहको दृष्य ...
सार्वजनिक गाडीको सबै सिटमा यात्रु चढाउन पाईने

सार्वजनिक गाडीको सबै सिटमा यात्रु चढाउन पाईने

समाचार
पूर्णपुष्टि, असोज २७ सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । त्यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ । यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने निर्णय गरेको भए पनि थोरैले मात्र कार्यान्वयन गरेको थियो ।...
घाँटीबगर–टिङ्कर सडक बन्ने

घाँटीबगर–टिङ्कर सडक बन्ने

समाचार
पूर्णपुष्टि, असोज २७ महाकाली करिडोर अन्तर्गतको ८७ किलोमिटर लम्बाइ रहेको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम सुरु भएको छ । नेपाली सेनाले दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने घोडेटो बाटोको ट्र्याक सञ्चालनमा आएपछि नयाँ कामको थालनी भएको हो । यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । सरकारबाट सेनालाई प्राप्त भएको जिम्मेवारी बमोजिम महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर सडक निर्माणको सर्वे सुरु गरिएको छ । सर्वेका साथै सो सडकको निर्माण सम्पन्न गर्न यो वर्ष नै हुम्लिङ र माल भन्ने स्थानमा दुईवटा क्याम्प राखिने छ । सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोलेपछि नेपाली सेनाले स्थानीयलाई हस्तान्तरणसमेत गरिसकेको छ । घाँटीबगर–टिङ्कर सडक निर्माण गर्न सर्वे लगायतको कामलाई अगाडि बढाउन नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्...
आलोचना र प्रतिशोधले समृद्ध लिम्चुङबुङ बन्दैन : अध्यक्ष मेजरकुमार राई (अन्तरवार्ता)

आलोचना र प्रतिशोधले समृद्ध लिम्चुङबुङ बन्दैन : अध्यक्ष मेजरकुमार राई (अन्तरवार्ता)

बिचार, लिम्चुङबुङ डायरी
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईसंगको समसामियक विषयमा गरिएकाे पूर्णपुष्टि संवाद पुरा सुन्नका लागि यो लिंकमा जानुहोला ।https://www.youtube.com/watch?v=eENI3yOT6hY&feature=youtu.be
त्रिदेवी सावउसमा उपभोक्ताहरुको ब्यापक गुनासो

त्रिदेवी सावउसमा उपभोक्ताहरुको ब्यापक गुनासो

समाचार
पूर्णपुष्टि, असोज २६ । उदयपुरको त्रियुगा नगरपालिका अन्तर्गतको एक सामुदायिक वन समुहका उपभोक्ताहरुले समितिले चित्तबुभ्mदा काम नगरेको भन्दै ब्यापक गुनासो गरेका छन् । त्रिनपा ३ र वडा नं. १२ को स्वमित्वमा रहेको त्रिदेवी साबउसका उपभोक्ताहरुले यसरी गुनासो गरेका हुन् । आज सम्पन्न समुहको १० औं वार्षिक साधारणसभामा उपभोक्ताहरुले समुहले प्रभावकारी काम गर्न नसकेको, वनको सुरक्षा र समुहको आम्दानीको सदुपयोग गर्न नसकेको आरोप समेत लगाएका थिए । समुहले आयतर्फका ४ लाख ३४ हजार देखाए पनि उपभोक्ताहरुले चित्त बुझाएका छैनन् । वन पदाधिकारीकै मिलेमतोमा चोरीनिकासी हुने गरेको आरोप समेत उपभोक्ताहरुले लगाएका छन् । पक्राउ परेका काठहरु पनि समितिले हिनामिना गरेको आरोप लगाए । उपभोक्ताहरुले ब्यापक गुनासो गर्दै सम्बन्धीत निकायसंग छानविन र कारवाहीको माग गरेको एक उपभोक्ताले बताए ।...