Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

तीन जना सवार मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु १ घाईते

तीन जना सवार मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु १ घाईते

समाचार
पूर्णपुष्टि, माघ ८ तीन जना सवार रहेको मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सप्तरीमा मध्याह्न राति साढे १२ बजे सप्तरीको खडक नगरपालिका(१ बनौलीस्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार मध्यान्न राति सो सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको हो । प्रदेश २(०१( ००१( प ६१४६ नम्बरको मोटरसाइककल अनियन्त्रित भई दुर्घटना खडक नगरपालिका(११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ को अरविन्द यादवको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुनिलकुमार चौधरीका भने छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताए ।    ...
गत ६ महिनामा प्रदेश नं  १ मा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

गत ६ महिनामा प्रदेश नं १ मा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ८ छ महिनाको अबधिमा १ नं प्रदेश प्रहरी कार्यालय  बिराटनगरमा १८ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । बिभिन्न अपराधिक घटनाको मुद्धा अन्तरर्गत १ नं प्रदेशका १४ ओटै जिल्लाहरुमा भएको बिभिन्न अपराधिक घटनाहरुको मुद्धालाई निष्पक्ष कानुन कार्वाही गर्ने क्रममा ठुलो मात्रामा राजश्व संकलन भएको छ । १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको एक अर्धबार्षिक समिक्षा कार्यक्रमले गत छ महिनाको अबिधिमै ३ हजार ३ सय १४ मुद्धा दर्ता भएको र ति सबै गैरकानुनि अपराधिक कार्यहरु रहेको जनाएको छ । कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनले आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता भई ...
२० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

२० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

समाचार
पूर्णपुष्टि, माघ ८ २० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा उदयपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । देशव्यापी रुपमा मनाईरहेको दिवस उदयपुरमा बिभिन्न कार्यक्रम प्रभातफेरी, रक्तदान, माल्याणर्पण जस्ता कार्यक्रम सहित दिवस मनाइएको हो । सशस्त्र प्रहरी वल नेपाल नं. ५ गण हेक्वा उदयपुरको आयोजनामा प्रभातफेरी र्याली सहित रक्तदान कार्यक्र गरिएको छ । रक्तदान जिवन दान भन्दै शान्ति, शुरक्षा र प्रतिबद्धताका साथ रक्तदानको कार्यक्रम गरिएको सशस्त्र प्रहरी वल नेपाल नं ५ गण हेक्वा उदयपरका एसपी सुधिर सुवेदीले बताउनुभयो । १ सय भन्दा बढीलाई रक्तदानमा सहभागी गराउने उदेश्य रहेको सुवेदीले बताउनुभयो । रक्तदान गर्नेहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जेसीस, उद्योग बाणिज्य संघ लगाएतका व्यक्तिहरु सहभागी छन् । रगतको अभावमा कोहि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस भन्दै रक्तदान कार्यक्रमलाई महत्वका साथ अगाडी बढाइएको...
उदयपुरका महिला खेलाडीलाई खेलकुद सामाग्रीसहित विदाई

उदयपुरका महिला खेलाडीलाई खेलकुद सामाग्रीसहित विदाई

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ ७ एक महिनासम्म बन्द प्रशिक्षणमा राखेर चौदण्डीगढी नगरपालिकाको तर्पmबाट प्रतिनिधित्व गर्दै सहभागी २३ जना महिला खेलाडिहरुलाई आज आवश्यक खेलकुद सामग्रीसहित विदाई गरिएको छ । विदाई कार्यक्रममा खेलकुद सामग्रीहरु फुटबल, ट्रयाकशुट, जर्सी, पञ्जा लगायत आवश्यक खेल सामाग्री नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले हस्तान्तरण गरिएको गर्नुभयो । काठमाण्डौमा आजबाट शुरु हुने प्रतियोगितामा चौदण्डीगढी नगरपालिका उदयपुर, विराटनगर महानगरपालिका मोरङ, वालिङ नगरपालिका स्याङजा, चन्द्रपुर नगरपालिका रौतहट त्यस्तै विभागिए समुहमा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कूल ७ समूहले प्रतिस्पर्धा गर्ने छन् । चौदण्डिगढी नगरपालिकाको समूहले आगामी ९ गते नेपाल पुलिस, ११, १५, १७, १९ र २१ चन्द्रपुर नगरपालिका, वालिङ्ग नगरपालिका, विराटनगर महानगरपालिका, सशस्त्र प्रहरी र  त्रिभुवन आर्मी क...
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ७  झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई नियन्त्रमा लिएको हो । मंगलवार राती साँढे ८ बजे झापाको दमक नगरपालिका–८ का २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई प्रहरीले पक्राउ गरेका छन् । उनिहरुको साथ बाट २ ग्राम ब्राउसुगर, ३ बोतल कोरेक्स, १७ ट्याब्लेट नाईकाभेट र  ११ हजार नगद सहित प्रहरीले पक्रउ गरेकोे हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ बाट कमल गाउँपालिका–५ का २५ बर्षीय प्रकाश फुयाल पनि लागु औषाध सहित पक्राउ परेका छन् । उनको साथबाट लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी जम्मा  १२ एम्पुल बरामद भएको छ । लागुऔषध सहित मंगलवार साँझ साँढे ६ बजे फुयाँललाई प्रहरीले पक्रउ गरेको ह...
हलमा दर्शक भएन

हलमा दर्शक भएन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ ७ लक डाउनका कारण लामो समय सम्म बन्द हल अहिले खुली सकेको छ । करिब ९ महिना पछि खुलेको हलमा दर्शक भने शुन्य अवस्था छ । कोरोनाका कारण तहस नहस भएको फिल्म क्षेत्रहरु अहिले तत्काल योजना बिहिन बनेका छन् । हलमा राम्रो र नयाँ फिल्महरु पनि प्रदर्शन गर्न सकिरहेका छैन्न । हलमा नयाँ फिल्महरु प्रदर्शन गर्न सकेमा दर्शकहरुले हल भरिभराउ हुने चलचित्र संघ तथा चलचित्रकर्मिहरुको भनाई छ । पुरानो फिल्म भएर होला दर्शक नआएको फिल्मीकर्मिहरुको बुझाई छ । यता कोरोनाकहर यथावतनै रहेकाले नयाँ फिल्म रिलिज हुँदा पनि दर्शक हलमा नदेखिएपछि अब नयाँ फिल्म कसले दिने ? भन्ने प्रश्न फिल्मकर्मीमाझ खडा भएको छ । दर्शक अब कसरी फर्काउने भन्ने चिन्ताले फिल्म प्रदर्शक, निर्माता, वितरक, कलाकारलगायत सबैलाई सताएको छ । चलचित्र बिकासबोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ फिल्म हलमा प्रदर्शन नभएसम्म दर्शकहरु हल उपस्थित नह...
नागरिक एपको आकर्षण बढ्यो

नागरिक एपको आकर्षण बढ्यो

समाचार
 पूर्णपुष्टि, माघ ७ हालै शुक्रबार देखि सार्वजानिक भएको नागरिक एपको प्रयोकर्ताहरु बढेका छन् । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको हो । नागरिक एप प्रयोगकर्ताहरु दिन प्रतिदिन बढीरहेको बेला यता एपमा प्राविधिक समस्या भने रहेको पाइएको छ । उक्त एप प्रयोगका लागि डाउनलोड तिव्र रुपमा भए पनि एप प्रमाणीकरण भने धेरैको हुन नसकेको गुणासो रहेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २...
भारतले नेपाललाई पठाउने १० लाख डोज कोरोना खोप बिहिबार काठमाण्डौँ आईपुग्ने

भारतले नेपाललाई पठाउने १० लाख डोज कोरोना खोप बिहिबार काठमाण्डौँ आईपुग्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ७ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिनुभएको छ । धबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट नेपललाई अनुदानमा उपलब्ध १० लाख डोजको कोरोना खोप तत्कालै नेपाल आउने बताउनुभयो । धबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया९एसआईआई० ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ’एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको...
सामाजिक संञ्जालमा महिलालाई अश्लिल फोटो–भिडियो पठाउने एक युवक प्रहरीको फन्दामा

सामाजिक संञ्जालमा महिलालाई अश्लिल फोटो–भिडियो पठाउने एक युवक प्रहरीको फन्दामा

समाचार
पूर्णपुष्टि, माघ ७ सामाजिक संञ्जाल फेसबुकमा महिला साथीलाई अश्लिल फोटो–भिडियो पठाउने एक युवा प्रहरीको फन्दामा परेको छ । ती युवाले परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका पाइएका छन् । पक्राउ पर्नेमा सल्यानको साविक कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् । फेसबुक म्यासेन्जर बाट अश्लिल फोटो–भिडियो पठाई यौन उत्पीडित गर्ने आरोपमा नेपाल प्रहरीको साईबर ब्युरोले सोमवार शाहीलाई पक्राउ गरेको हो । शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ साइबर व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरेहो हो । पक्राउ परेका युवाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
जलाएर युवाको हत्या

जलाएर युवाको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ७  रुपन्देहीमा एक युवाको जलाएर हत्या भएको छ । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा युवाको शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । हत्या भएको पुरुषको सनाखत नभएको प्रहरीले जनाएको छ । हत्या हुने पुरुष अन्दाजी ३५ वर्षको रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएकोे छ । घटनामा संलग्नलाई पक्ता लगाउन नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताउनभयो ।  ...