Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

समाचार
पूर्णपुष्टि,माघ ६ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पोलिस अफ द मोन्थ) घोषित भएका छन् । उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (बेस्ट पोलिस अफ द मोन्थ)  घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । नायकले आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेको छ । नायकले विभागिय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्त...
हडियामा विद्यालय भवन शिलान्यास

हडियामा विद्यालय भवन शिलान्यास

समाचार
पूर्णपुष्टि,माघ ६ उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित जनता माध्यामिक विद्यालय भवनको शिलान्यास भएको छ । नगर प्रमुख खगेन्द्र राई र उप्रमुख रिता कुमारी चौधरीद्धारा संयुक्तरुपमा सोमबार ३ तले ६ कोठे पक्कि नयाँ भवनको शिलान्यास गरेका हुन् । नमुना विकास कार्यक्रम अन्तगर्तको बजेट १ करोड २१ लाख भएपनि ठेक्का प्रक्रिया मार्पmत ७४ लाख ६७ हजार रुपैयाको लागतमा काम हुने भएको छ । भवन निर्माणको जिम्मेवारी देवीमहांकाल कन्स्ट्रक्शन कम्पनी गाईघाटले पाएको विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख राईले जिम्मेवारी, जवाफदेहीता र कर्तव्यनिष्ट भएर जुनसुकै कार्यहरु गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउनुभयो । कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरीले शिक्षा भनेको दुई आँखाको ज्योति भएको बताउँदै शिक्षाको चेतनाले गर्दा आज मानिसहरु चन्द्रमामा पुग्न सफल भएको बत...
लागुऔषध ब्राउनसुगर सहित ८ पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ८ पक्राउ

समाचार
पूर्णपुष्टि, माघ ६ झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ । मोरङ रतुवामाई नगरपालिका–४ आमबारीबाट सोमबार दिउँसो साढे ४ बजे ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई–२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मियाँ र भारतका अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन् । भारतिय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुबै जनालाई नियन्त्रणमा लिई उनिहरुको चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार साँझ ६ बजे धरान उपमहानगरपालिका–१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ बर्षीय अर...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ६ आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले छ । हिजो ९१ हजार ६ सयमा कारोबार भएको सुनको भाउ ४ सयले बढेर आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । आजका तेजाबी सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो ९१ हजार ४ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि सामान्य वृद्धी भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेकोर तोलामा १२ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
प्रदेश १ मा प्रचण्ड–माधव समूहको संसदीय बैठक, ओली समूहको बैठक स्थगित

प्रदेश १ मा प्रचण्ड–माधव समूहको संसदीय बैठक, ओली समूहको बैठक स्थगित

समाचार
पूर्णपुष्टि, माघ ६  प्रदेश १ को सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । बुधवार देखि शुरु हुने प्रदेश सभाको तयारीका लागि मंगलबार दिउँसो होटल एसियाटिकमा छलफलका लागि बोलाइएको हो । प्रदेश सभा बैठकमा नेकपाको प्रचण्ड–माधब पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी गरेको छ । गत पुस १० गते ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । अविस्वास प्रस्ताव पास भए मुख्यमन्त्री राईको सरकार ढल्ने छ । राइले भने काँग्रेसको साथ लिएर सरकार जोगाउने प्रयास गरिरहेका छन् । अविस्वास प्रस्ताव पास भएसँगै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको नेकपाको प्रचण्ड माधव पक्षको पनि एकल बहुमत नपुगेमा काँग्रेसकै साथ लिएर सरकार बनाउने योजनामा छ । ...
उदयपुरमा वडाध्यक्ष कप फुटबल प्रतियोगितामा युनाइटेड युथ क्लब विजयी

उदयपुरमा वडाध्यक्ष कप फुटबल प्रतियोगितामा युनाइटेड युथ क्लब विजयी

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ ६ त्रियुगा नगरपालिका–१२ को आयोजनामा सुरु दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चौदण्डीगढी नगरपालिका–४ बेल्टारको युनाइटेड युथ क्लब विजयी भएको छ । वडा नं. १२ को विसनपुरस्थित फुटबल खेल मैदानमा सोमबार भएको खेलमा युनाइटेड युथ क्लबले  त्रिनपा–१२ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । दिउँसा ३ बजे देखि सुरु भएको प्रतियोगितामा युनाइटेड युथ क्लबका शरद राईले १ गोल र दिप्सन राउतले २ गोल गरेको युवा तथा खेलकुद विकास समिति संयोजक विशाल राईले बताउनुभयो । त्रिनपाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यमा सुरु भएको अन्तिम खेलमा विजयी टिमलाई ३० हजार र उपविजेता टिमलाई २० हजार नगद पुरस्कार तथा प्रमाण प्रत्र वितरण गरीएको थियो । मेयर चौधरीले  विसन्पुरलाई नगरकै दोस्रो खेलमैदान बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । वडा नं. १२ का वडाध्यक्ष जयविक्रम राईले युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न सदै...
मजदुरमाथी गाडी गुड्दा १५ जनाको मृत्यु

मजदुरमाथी गाडी गुड्दा १५ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ ६ सुतिरहेको मजदुरमाथी ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । यसरी मजदुरमाथी गाडी गुड्दा १३ जना मजदुरको घटना स्थलमै मृत्यु भएका थिए भने २ जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।  ...
उखु किसानले अझै पुरा  भुक्तानी पाएन

उखु किसानले अझै पुरा भुक्तानी पाएन

समाचार
पूर्णपुष्टि, माघ ६ उखु किसानले अझै पनि पुरा भुक्तानी पाउन सकेन । भुक्तानी पाउने समय सकिसक्दा सम्म पनि किसानहरुले अझै १९ करोड भुक्तानी लिन बाँकी छ । सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ । उखु किसानीले भुक्तानीका लागि काठमाण्डौँ माइतीघरमा चर्को आन्दोलन गरेपछि सरकार र किसानबीच भुक्तानी दिने निश्चित समय तोकिएका थिए । सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सहमतिको अवधि सोमबार सकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरणअनुसार उखु उद्योगीले ७० करोड ५८ लाख रुपैयाँमध्ये ५१ करोड ३८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन । ‘सोमबार दिउँसोसम...
पेट्रोलियम पदार्थको मुल्य बढ्यो

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

समाचार
पूर्णपुष्टि, माघ ६ पेट्रोलियम पदार्थको मुल्य २ रुपयाँले बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य २ रुपयाँले बढाएको हो । निगमका अनुसार मुल्य बढे सँगै पेट्रोलको मुल्य लिटरको १ सय १० पुगेको छ भने डिजेल र मट्टितेलको मुल्य भने बराबरी प्रतिलिटर ९३ नब्बे रुपयाँ रहेको नेपाल आयल निगमले जनाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिनुभयो । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको पनि उपाध्ययले बताउनु भएको छ ।  ...
उदयपुरकी बैअबु राई विश्वकै सर्वाधिक लोकप्रिय फेसबुकको सिनियर सफ्टवेर इन्जीनियर बन्न सफल भईन्

उदयपुरकी बैअबु राई विश्वकै सर्वाधिक लोकप्रिय फेसबुकको सिनियर सफ्टवेर इन्जीनियर बन्न सफल भईन्

समाचार
पूर्णपुष्टि, माघ ६ विश्व मानव जिवनमा सर्वाधिक लोकप्रिय बनेको फेसबुक अति आवश्यको रुपमै प्रयोगमा आएको छ । फेसबुक दुईदसक यता मानिसको दैनिकीनै बनेको छ । सामाजिक संञ्जालको एक मुख्य माध्यम हो फेसबुक, फेसबुक विश्वभरका हरेक व्यक्तिहरुले प्रयोग गर्ने गरेको पाईन्छ । सन् २०२० को अप्रिलसम्ममा विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक चलाइरहेको एउटा रिपोर्टले देखाएको छ । सन् २०२० को जनवरीसम्मको डाटा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक चलाइरहेको देखिन्छ । विश्वकै एक ठुलो सामाजिक संञ्जालको माध्यम फेसबुकको मुख्यालय (हेडक्वार्टरमा) उदयपुरकी एक चेली सिनियर सफ्टवेर इन्जीनियर बन्न सफल भएकिछिन् । उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई हालै अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टव...