Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

लगतारको चिसोले कठ्याङ्ग्रिएर ४ जनाको मृत्यु

लगतारको चिसोले कठ्याङ्ग्रिएर ४ जनाको मृत्यु

समाचार
 पूर्णपुष्टि, माघ ६ केहि दिन यता लगतार परेको चिसोका कारण प्रदेश नं २ मा ४ जनाको मृत्यु भएको छ । यो बर्षकै बढी चिसोको रुपमा केहिदिन देखि अत्यादिक चिसो र सितलहर बढेको छ । हुस्सु, सिरेटो र सितलहरले बढी जसो तराईमा प्रभाव पार्ने देखिन्छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पुष यता मात्रै चिसोले ४ जनाको मृत्यु भईसकेको जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ । शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बच्न परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गर...
सप्तरीमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति

सप्तरीमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति

समाचार
पूर्णपुष्टि,माघ ५  सप्तरीमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षती भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–२ सकरदहीका जगन सुतिहारको गाईरगोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको हो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो । आगो स्थानीयबासीन्दा, वारुणयन्त्र तथा सुरक्षाकर्मीको टोलीले निभाएका छन् ।...
नेपालमा पनि भेटिया नयाँ प्रजातिको कोरोना

नेपालमा पनि भेटिया नयाँ प्रजातिको कोरोना

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ५ नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएको छ । बेलायतबाट आएका तिन जनामा नयाँ प्रजातिको कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नयाँ प्रजातिको कोरोना हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । आज सोमबार ती नमूनाको रिपोर्ट आएपछि  विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तिन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिनुभएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरूषमा देखिएको कोरोना भाइरस यसअघि बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरससँग मिलेको मन्त्रालयले जनाएको छ ।...
बलात्कार गरेको आरोपमा १ पुरुष पक्राउ

बलात्कार गरेको आरोपमा १ पुरुष पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ५  बलात्कार गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि हुम्लाको एक पुरुषलाई पक्राउ गरेको छ । उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषले सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महिलाले आफुलाई बलात्कार गरेको भन्दै माघ १ गते प्रहरीलाई उजुरी दिएपछि पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्लाले जनाएको छ । प्रहरीका अनुसार आरोपित पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।...
एड्सबाट सप्तरीमा एक किशोरीको मृत्यु

एड्सबाट सप्तरीमा एक किशोरीको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ ५ सप्तरीमा एच.आइ.भी. एड्सबाट आइतवार एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौराकी १६ बर्षीया अमैया धामीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाका अनुसार नौ वर्षअघि धामीका बाबु–आमाको पनि एचआइभी एड्सबाट मृत्यु भएको थियो । एचआइभी एड्सको लक्षण देखिएका धामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो । धामीका १२ वर्षीय भाइ पनि एड्सबाट पीडित भएकोे मृतकको पारिवारिक स्रोतले जनाएको छ  ।...
तीन संसदले शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने

तीन संसदले शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने

समाचार
पूर्णपुष्टि, माघ ५ प्रदेश नम्बर १ नेकपा (प्रचण्ड–नेपाल) का तिन संसदले मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा गरको हस्ताक्षर फिर्ता लिने भएका छन् । प्रदेश नम्बर १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिने निर्णय गर्नुभएको हो ।...
एम्बुलेन्सको ठक्करबाट  २ को मृत्यु, ३ घाईते

एम्बुलेन्सको ठक्करबाट २ को मृत्यु, ३ घाईते

समाचार
पूर्णपुष्टि,माघ ५ आज झापाको दमक नगरपालिका–४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने ३ जना घाईते भएका छन् । दुर्घटनामा अटोरिक्सा चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० बर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४० वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अटोमा सवार दमक–४ का २० वर्षीय राजन सिलवाल र सौजन मगर साथै मे ११ प ९५२५  नम्बरका मोटरसाइकल चालक दमक–६ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । आज बिहान ९ः४० बजेतिर मे १च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १–००३ ह ६२४ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको दुर्घटना भएको थियो । ट्राफिक प्रहरीका अनुसार एम्बुलेन्स सुत्केरी बोकेर पूर्वबाट पश्चिमतिर जाँदै थियो । मोरङको उर्लाबारीबाट यात्रु बोकेर आएको अटोरिक्सा ताराबारीमा बाटो क्रस गरेर दक्षिणतर्फ जाने क्रमम...
खोलामा मृत फेला

खोलामा मृत फेला

समाचार
पूर्णपुष्टि, माघ ५ सुनसरीको बराहक्षेत्र नगरपालिका–४ सर्दुखोलामा आइतवार एक युवक मृत अवस्थामा फेला परेको छ । मृतक सुनसरीकै रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान रहेको प्रदेश प्रहरीले जनाएको छ । दिउँसो साढे ४ बजेको समयमा मृतकको खबर पाए लगत्तै प्रहरी चौकी भरौलबाट खटिएको टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।...
लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ पक्राउ

समाचार
पूर्णपुष्टि, माघ ५ झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–१ बाट पक्राउ गरेको हो । यसैगरी झापाको गौरादह नगरपालिका–१ मा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका–३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो  । यस्तै मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका...
ट्रिफर दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर

ट्रिफर दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर

समाचार
पूर्णपुष्टि, माघ ५ सोलुखुम्बुमा ट्रिफर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई सडकबाट लगभग एक सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको थियो । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ ।  ...