Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

चौदण्डीमा जनप्रतिनिधिको मासिक सुबिधाबाट विद्यार्थीहरुलाई न्यानो कपडा

चौदण्डीमा जनप्रतिनिधिको मासिक सुबिधाबाट विद्यार्थीहरुलाई न्यानो कपडा

समाचार
पूर्णपु्ष्टि, माघ ५ चौदण्डीगढी नगरपालिका वडा नं ८ का जनप्रतिनिधिहरुले आफ्नो मासिक सुविधा बापतको रकमबाट विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । अति विपन्न परिवारका विद्यार्थीहरुलाई जाडो बाट सुरक्षित राख्ने भन्दै स्वीटर वितरण गरिएको हो । वडा नं ८ सिद्धिपुर स्थित सारदा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडको रुपमा स्वीटर खरिद गरी प्रदान गरिएको छ । अति विपन्न परिवारका १८ जना विद्यार्थीहरुलाई आईतबार स्वीटर वितरण गरिएको  वडा सदस्य तथा स्थानीय युवा समाजसेवी बासुदेव राईले बताए । वडाभर कूल ७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका विद्यार्थीलाई मात्र वितरण गर्न लागिएको सदस्य राईले बताए । सो वडाका ५ जना जनप्रतिनिधि मध्ये वडाध्यक्ष श्यामकुमार खपांगी मगर र दलित महिला सदस्य यशोदा नेपालीको भने निधन भइसकेको छ ।  ...
अधिवक्ता आचार्य र न्यायधीशहरुबीच सवाल–जवाफ

अधिवक्ता आचार्य र न्यायधीशहरुबीच सवाल–जवाफ

बिचार, समाचार
पूर्णपुष्टि, माघ ४ प्रतिनिधि सभा विघटनविरूद्ध संवैधानिक इजलासमा बहसको क्रममा आइतवार बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र न्यायधीशहरुबीच सवाल–जवाफ भएको छ । विघटनविरूद्ध बहस गर्न उभिएका बरिष्ठ अधिवक्ता आचार्यले प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयमा संविधानले विघटनको ‘व’ समेत उच्चारण नगरेको तर्क गर्नुभए लगतै न्यायधीशहरुले धारा ७६ को ७ प्रधानमन्त्रीले उपयोग नगरे कसले गर्ने ? भनी प्रश्न गर्नुभयो । प्रत्युत्तरमा अधिवक्ता आचार्यले सरकार बन्न सक्ने विकल्प नभएमा मात्र विघटन हुने तर्क गर्नुभयो । अधिवक्ता आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधि सभा विघटन हुन सक्ने वताउनुभयो । पहिलो, प्रतिनिधि सभाको कार्यकाल पाँच बर्ष पूरा भएको अवस्थामा र दोस्रो, संविधान अनुसार सरकार गठन हुन नसक्ने अवस्थामा । साथै प्रतिनिधि सभा विघटन धारा ८५ अनुसार पनि हुन नसक्ने बताउनुभयो । अधिवक्ता आचार्यले उक्त ...
नेकपा उदयपुरको पाँचौ जिल्ला कमिटी बैठकमा तोकियो विभिन्न जिम्मेवारी

नेकपा उदयपुरको पाँचौ जिल्ला कमिटी बैठकमा तोकियो विभिन्न जिम्मेवारी

समाचार
पूर्णपुष्टि, माघ ४ नेकपा९प्रचण्ड–नेपाल० उदयपुरको पाँचौ जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा कमिटीका सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकिएको छ । जिल्ला कमिटी सचिव ईश्वरमणि राउतका अनुसार नगरपालिका, गाउँपालिका लगायत  जनवर्गीय संगठनहरुको इन्चार्ज, सह–इन्चार्ज तथा अध्यक्ष तोकेको हो । जिल्ला उदयपुर इन्चार्ज बलदेव चौधरीको प्रमुख आतिथ्य रहेको बैठकमा त्रियुगा नगरपालिकाको इन्चार्जमा यदु ढकाल र सह–इन्चार्जमा दिल बहादुर तामाङलाई जिम्मेवारी दिइएको छ । बेलका नगरपालिका इन्चार्जमा धनपति आचार्य र सह–इन्चार्जमा राकेश किरातीलाई जिम्मेवारी दिइएको छ । चौदण्डीगढी नगरपालिकाको इन्चार्जमा कुमार खड्का र सह–इन्चार्जमा चुना थापा मगरलाई जिम्मेवारी दिइएको छ । कटारी नगरपालिकाको इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सह–इन्चार्जमा किसुनलाल दनुवारलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी उदयपुरगढी गाउँपालिकाको इन्चार्जमा दे...
आयोगले बोलायो दलहरुलाई निर्वाचनबारे छलफल गर्न

आयोगले बोलायो दलहरुलाई निर्वाचनबारे छलफल गर्न

समाचार
पूर्णपुष्टि, माघ ४  आयोगले आइतबार निर्वाचनबारे छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै आयोगले आफ्नो कामलाई तीव्रता दिएको हो । आयोग सूचना अधिकारी सुर्यप्रसाद अर्यालले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको जानकारी दिनुभयो । निर्वाचनको विषयमा छलफलको लागि आज बोलाएता पनि धेरैजसो दलहरु संसद विघटन नै असंवैधानिक भन्दै संसद पुनस्र्थापना हुनुपर्ने बताउँदै संघर्षमा छन् ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ४ आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले  घटेर ९१ हजार आठ सयमा झरेको छ । शुक्रबार ९२ हजार पाँच सयमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार तीन सय रुपैयाँ महासंघले तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६० रुपैयाँ थियो ।...
सवारी दुर्घटना २ को मृत्यु

सवारी दुर्घटना २ को मृत्यु

समाचार
पूर्णपुष्टि, माघ ४ सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उप–महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । मोटरसाईकल चालक धरान–१० का ३० बर्षीय बिक्रम चेम्जोङको मृत्यु भएको हो । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका काने...
लागुऔषध सहित १ पक्राउ

लागुऔषध सहित १ पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ४ मोरङ बिराटनगर–१६ स्थित सिमा एरियाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छ । मोरङ सुन्दरहरैचा–६ बस्ने २८ बर्षीय आशिस मगरलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनी उपर चेकजाँच गर्दा लुपिजेसिक–११ एम्पुल, डाईजापाम–११ एम्पुल, एभिल–११ एम्पुल, फेनारगन–११ एम्पुल र नाईट्राभेट–४५ ट्याब्लेट लागुऔषध प्रहरीले बरामद गरेको हो । यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
भारतमा कोरोना खोपले ५२ जनाको स्वास्थ्यमा असर देखियो, एकको अवस्था गम्भीर

भारतमा कोरोना खोपले ५२ जनाको स्वास्थ्यमा असर देखियो, एकको अवस्था गम्भीर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ४ कोरोना खोप लगाएका भारतका ५२ जनामा  (साईड ईफेक्ट) स्वास्थ्य असर देखिएको छ । खेपका कारण एक जनाको भने स्वास्थ्य स्थिति गम्भीर रहेको छ । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । &nb...
यही माघ ११ गते मुख्यमन्त्री शेरधन राईको विवाह हुँदै

यही माघ ११ गते मुख्यमन्त्री शेरधन राईको विवाह हुँदै

समाचार
पूर्णपुष्टि, माघ ४ १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको विवाह हुने भएको छ । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका हुन् । आफु भन्दा करिब २५ बर्ष कान्छी रहेकी ज्याङमु संग राईले बिहे गर्न लागेका छन् । भोजपुरको आमचोक गाउँपालिका(३ मा वुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो । उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले स्रोतले बताएका छन् । मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मुको पुख्र्यौली घर संखुवासभा हो । ज्याङमु  हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् । प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन् । राई र शेर्पाबीच क...
निरन्तर विराेधमा उत्रिएकाे कांग्रेसले गाईघाटमा गर्याे माेटरसाईकल र्याली

निरन्तर विराेधमा उत्रिएकाे कांग्रेसले गाईघाटमा गर्याे माेटरसाईकल र्याली

समाचार
पूर्णपुष्टि, माघ ३ ।  नेपाली काङ्ग्रेस उदयपुरले  आज  गाईघाटमा माेटरसाईकल र्याली गर्दै संसद विघटन र भ्रष्टाचारकाे विरुद्ध बुलन्द पारेकाे छ । सदरमुकाम गाईघाटमा दिउसाे र्याली गर्दै विराेध जनाएकाे हाे । गाईघाटस्थित कार्यालयबाट सुरु मोटरसाइकल र्याली गाईघाट क्षेत्र परिक्रमा पछि मुख्याचाैकमा काेणसभा भएकाे थियाे।  करिव अढाईसय मोटरसाइकल र्यालिमा थिए । काङ्गग्रेसकाेे निरन्तर बिराेेध   छ।...