Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

चिसाेमा बृद्धबृद्धाहरुको स्वास्थ्य चुनौतीलाई मध्येनजर गर्दै १३ नं. वडामा स्वास्थ्य शिविर

चिसाेमा बृद्धबृद्धाहरुको स्वास्थ्य चुनौतीलाई मध्येनजर गर्दै १३ नं. वडामा स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ३ ।  वडावासीको स्वास्थ्य परिक्षणको उद्देश्यले त्रियुगा नगरपालिका, १३ नम्बर वडा कार्यालयमा आज स्वास्थ्य शिविरको आयोजना भएको छ । वडा कार्यालयको सहयोग तथा जेसिज उदयपुरको आयोजना र त्रियुगा मेडिकल हल तथा सेभ लाईभ हेल्थ केयर प्रालिको समन्वयमा शिविर भएको हो । वडाध्यक्ष पशुपति चौधरीले उद्घाटन गर्नुभएको शिविरमा ओपिडि अन्तर्गतका सम्पूर्ण सेवा, भिडियो एक्सरे, सुगर परिक्षण र औषधि वितरण सेवा रहेका छन् । सम्पूर्ण सेवाहरु निःशुल्क छन् । वडाध्यक्ष चौधरीका अनुसार शिविर जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको हो । सबैभन्दा जेष्ठ नागरिकबाट परिक्षण सुरु गरिएको शिविर दिनभर रहनेछ । वडाभरिका महिला, बालबालिका र बृद्धबृद्धाहरु शिविरमा स्वास्थ्य परिक्षण तथा सेवा पाउन आएको अध्यक्ष चौधरीले बताउनुभयो । खासगरी अहिलेको चिसो मौसममा बृद्धबृद्धाहरु र बालबालिकालाई स्वास्थ्य चुनौती थपिने कुराला...
१ हप्ता भित्र कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक हुने

१ हप्ता भित्र कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ २ एक हप्ता भित्र कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक हुने भएको छ । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा माघ १० गतेसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेका बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो राष्ट्रिय परीक्षा बोर्डका अनुुसार डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशनमा १ महिना ढिलो हुन लागेको हो । कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु भएर १६ गते सम्पन्न भएको थियो ।...
उदयपुरमा वडाध्यक्ष कप फुटबल बसाहाले जीत हात पार्यो

उदयपुरमा वडाध्यक्ष कप फुटबल बसाहाले जीत हात पार्यो

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २ त्रियुगा नगरपालिका–१२ को आयोजनामा सुरु दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चौदण्डीगढी नगरपालिका–४ बसाहाले विजयी हात पारेको छ । वडा नं. १२ को आयोजनामा विसनपुरस्थित फुटबल खेल मैदानमा बिहीबार दिउँसोदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा बसाहाले त्रियुगा नगरपालिका–१३ असारीलाई ५–४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । निर्धारित समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि टाईब्रेकरबाट प्रतिस्पर्धा गरेर नतिजा निकाल्नु परेको त्रिनपा–१२ का खेलकुद विकास समिति संयोजक विशाल राईले बताउनुभयो । राईका अनुसार बसाहाले असारीलाई टाईब्रेकरमा ५ गोल गरेको थियो भने असारीको टोलीले ४ गोल मात्र गर्न सफल भएको थियो । वडाध्यक्ष जयविक्रम राईले उद्घाटन गरेको प्रतियोगितामा म्यान अफ द म्याचको उपाधि बसाहाकै सुजन राईले पाएका वडाध्यक्ष जयविक्रम राईले जानकारी दिनुभयो । राईलाई ५ सय नगदसहित ट्रफि प्रदान ...
भुकम्पमा चार गम्भिर घाइते, एकलाइ घरभित्रबाट र अर्काेलाइ चारतल्लाबाट उद्धार गरियाे, मेयर र सिडियाेबाट बलियो घर, संरचना निर्माणको आह्वान

भुकम्पमा चार गम्भिर घाइते, एकलाइ घरभित्रबाट र अर्काेलाइ चारतल्लाबाट उद्धार गरियाे, मेयर र सिडियाेबाट बलियो घर, संरचना निर्माणको आह्वान

समाचार
पूर्णपुष्टि, माघ २ उदयपुरमा २३ औँ भुकम्प सुरक्षा दिवस शुक्रबार मनाइएको छ । बिगतका भुकम्प र त्यसको क्षती असरहरुलाई स्मरण गर्दै अब आउने दिनमा यसबाट कसरी सुरक्षीत हुन सकिन्छ भन्ने सचेतना कार्यक्रम सहित गाईघाटको त्रियुगा माविमा दिवस सम्पन्न भएको हो । जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरले आयोजना गरेको सो दिवसमा भकम्पले ग्रस्त भएकाहरुलाई  कसरी उद्धार गर्ने भन्ने अभ्यास सहित दिवस मनाइएको हाे । कार्यक्रममा सशस्त्र प्रहरीकाे तालिम प्राप्त उद्धारटाेलीले भुकम्पमा परेर घाइते भएका, घरभित्र फसेका र अग्लाेघरमाथि फसेकालाइ कसरी उद्धार गर्ने तरीकाका उदाहरण प्रस्तुत गरेका थिए । डेमाे प्रस्तुतीमा भुकम्पबाट चार घाइते मध्ये एकलाइ घरभित्रबाट र एकजनालाइ चारतल्लामाथिबाट उद्धार गरिएकाे देखाइएकाे  थियाे । हेर्दा साँच्चीकै झै लाग्ने प्रस्तुतीले कार्यक्रमका सहभागीहरूलाइ भुकम्पप्रति सचेतना जगाउनुका साथै उद्धारका...
लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

समाचार
पूर्णपुष्टि,माघ २ झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय ४१ बर्षीय दिनेश कुमा र ४३ बर्षीय शेषराज सापकोटालाई लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार साथै सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु–१ थान र मोवाईल–२ थान बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
तीन दिन मौसम बदली हुने

तीन दिन मौसम बदली हुने

समाचार
पूर्णपुष्टि,माघ २ दक्षिणपूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । देशभरको मौसममा अझै तीन दिन आंशिकदेखि सामान्य बदली हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदलिइरहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने विभागले जनाएको छ  । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।...
किरात  सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाईयो

किरात सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाईयो

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ २ किरात राई समुदायको नयाँ सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाइएको छ । बेलका नगरपालिकाको वडा नं. ६ साकेला पार्कमा किरात राई योयोक्खाका केन्द्रीय उपाध्यक्ष राकेश राईले विहिबार कार्यक्रमलाई उद्घाटन गरी भव्यरुपमा मनाइएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले किरात राई समुदाय पूर्खाहरु इतिहासको कालखण्डदेखिनै वैज्ञानिक भएको बताउनुभयाे । किरात जाति यो भूमिको एक सृष्टिकर्ता भएको बताउँदै यहाँका सबै जातजातिका संस्कार संस्कृृृतिहरु राज्यको सम्पति भएको बताउनुभयाे । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले पूर्वाञ्चल १ नं. प्रदेशमा किरात राई समुदायको बाहुल्यता भएको बताउँदै नयाँ वर्ष यलेदाङको सबैमा शुभकामना व्यक्त गर्नुभयाे । त्यसैगरी वेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापाले किरात समुदायको बसोवास भएकोले यहाँ पहिलो पटक किरात राई संस्कृतिलाई प्राथमिक...
ताप्लीमा नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

ताप्लीमा नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

समाचार
पूणर्पुष्टि, माघ १ ताप्लीमा ओली समूह पक्षले अगुवा कार्यकर्ताहरुलाई भेला गरी अन्तरक्रिया गरेको छ । पछिल्लो समयको राजनितिक घटनाको सामसामयीक घटनालाई मध्यनजर गर्दै मंगलबार ओली समूहले अगुवा कार्यकर्ताहरुलाई भेला गरी अन्तरक्रिया गरेको हो । १ सय ५० जना पालीका स्थरीय अगुवा कार्यकर्ताहरुको उपस्थितिमा  सांसद बिघटनको पक्षमा आफ्नो कुरा राख्दै भेला सम्पन्न भएको पालिका कमिटि सदस्य समिप राईले बताउनुभयो । माघ ७ गते ओली पक्षीय कमिटि गठन गर्ने समेत अन्तक्रियामा छलफल गरिएको राईले बताउनुभयो । नेपाल कम्यष्युनिष्ट पार्टीका जिल्ला सदस्य बाबुराम राईको अध्यक्षतामा औपचारिक भेला सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कला घले, केन्द्रीय सदस्य दुर्गा थापा, शैलेस लामा र बिद्यार्थी नेता सुरेन्द्र बस्नेत लगाएतले आफ्नो भनाईहरु राखेका थिए ।  प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा ओली समूह...
कटारीमा त्रिवेणी मेला सुरु , विहानैदेखि मकर नुहाउनेको घुईचो

कटारीमा त्रिवेणी मेला सुरु , विहानैदेखि मकर नुहाउनेको घुईचो

Breaking News 1
पूर्णपुष्टि, माघ १    कटारी रहरेक वर्ष माघ १ गतेबाट १५ दिनसम्म लाग्ने मैनी मेला आजदेखि सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा नजिकैको त्रिवेणी धाममा मेला सुरु भएको हो ।  ककरु, तावा, र कमला नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा चिनिएको छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वासका साथ आज विहानैदेखि दर्शनार्थीहरु मकर नुहाउन त्रिवेणीमा पुगिरहेका छन् ।आज बहानदेखि नै यो ठाउँमा मकर नहुँउनेको भीड लागेको छ ।...
राखेपको सहायक प्रशिक्षक प्रकाश राई जिल्ला खेलकुद विकास समिति उदयपुरको प्रमुखमा  नियुक्ती

राखेपको सहायक प्रशिक्षक प्रकाश राई जिल्ला खेलकुद विकास समिति उदयपुरको प्रमुखमा नियुक्ती

खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १ राष्ट्रिय खेलकुद परिषदको सहायक प्रशिक्षक प्रकाश राई जिल्ला खेलकुद विकास समिति उदयपुरको प्रमुखमा नियुक्ती हुनुभएको छ । बिगत लामो समयदेखी कराँते प्रशिक्षको रुपमा उदयपुर रहेर काम गर्दै आउनुभएको राई यहि पौष १४ गतेबाट प्रमुखको रुपमा नियुक्ति हुनुभएको हो । उदयपुरमा २०५२ सालदेखी दरबन्दीमा कराँतेको साहयक प्रशिक्षकमा कार्यरत राई ६१ सालबाट भने स्थायी रुपमा प्रशिक्षकमा रहनुभयो । पछि राखेपले ६१ सालबाट स्थायी रुपमा आयोगबाटै सबै जिल्लाहरुमा प्रशिक्षक आह्वान गरी व्यवस्थीत गरेपछि स्थायी रुपमा कराँते प्रशिक्षको रुपमा उदयपुर रहनुएको थियो । राखेपले २०५२ सालबाट सबै जिल्लाहरुमा दरबन्दीको कोटामा सहायक प्रशिक्षकहरुलाई नियुक्त गरेका थिए भने ६१ साल बाट स्थायी रुपमा नियुक्ती गरी प्रशिक्षकहरुलाई व्यवस्थीत गरिएका थिए । खेलकुद विकास समितिमा कार्याभार सम्हाल्दै राईले पहिलो प्राथामिकता खेल...