Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषाध सहित गाईघाटका एक युवा पक्राउ

लागुऔषाध सहित गाईघाटका एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १ लागुऔषाध सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाटका एक युवालाई पक्राउ गरिरहेको छ । लागुऔषाध ओसारपसार नियन्त्रण अन्तरगत प्रहरीले त्रियुगा नगरपालिका १२ का सुसन राईलाई बुधबार ठुलो परिमाणको लागुऔषाध सहित पक्राउ गरेको हो । राईलाई त्रियुगा नगरपालिका ६ जलजलेबाट पक्राउ गरेको हो । उनका साथबाट डाईजेल्याप २७ एम्पुल, फिनारगन २७ एम्पुल र लुपीजेसिस २७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । बरामद लागूऔषध सहित उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।    ...
जय हो माघी गितको भोडियो सार्वजनिक

जय हो माघी गितको भोडियो सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पौष २९ उदयपुर । जय हो माघी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी सगरमाथा मिडिया एन्ड इन्टरटिमेन्टको अफिसिएल युटुव च्यानल वाट सार्वजनिक भएको हो । मलिथम थारु सेवा समाज उदयपुको उत्पादन रहेको सासंस्कृतिक भिडियो निमार्ण भएको हो । थारु समुदायको मौलिक पर्व माघे संक्रन्तीको अवसर पाररे उदयपुर जिल्लाकै पहिलो सास्कृति गितको शव्द तथा संगित भिभास चौधरीको रहेको छ भने स्वर आरसी चौधरी,भिभास चाधरी,विजय चौधरी र चर्चित गायिका अनु चौधरीले दिएकी छिन् । भोडियामा मुख्य भुमिकामा कलाकार सविता चौधरी,सवी चौधरी,सम्झना लेखी,आरसी चौधरी,उदयनरायण चौधरी,डिएन खोहरीया थारु,सिमा चौधरी,भिभास चौधरी र विजय चौधरीको अभिनय हेर्न सकिन्छ । भोडियोको निर्देशन जनक चौधरीले गरेका छन् भने छयांकन सुमन तामाङ र कोशि भिजन टिमको रहेको छ । अडियो अरेन्ज गनेश चौधरीले गरेका छन् र ...
खोलामा डुबिरहेको अवस्थामा मानिस मृत फेला

खोलामा डुबिरहेको अवस्थामा मानिस मृत फेला

समाचार
पूर्णपुष्टि, पुष २९ मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा एक जनाको शव फेला परेका छ । ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साहको शव खोलामा डुबिरहेको अवस्थामा भेटिएको हो । आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको थियो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
तीन दलको निर्वाचन कार्यालयलाई विरोध पत्र

तीन दलको निर्वाचन कार्यालयलाई विरोध पत्र

समाचार
पूर्णपुष्टि, पुष २९ नेकपा सहित तिन दलले जिल्ला निर्वाचन कार्यालयलाई विरोध पत्र बुझाएको छ । नेकपा (बहुमत) पक्ष सहिता समाजवादी पार्टी र राष्टिय जनमोर्चा नेपालले निर्वाचनको तयारी सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागिता नजनाउने घोषणा गरेको हो । नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल, जनपाका उपाध्यक्ष सुवास राई र जनमोर्चाका सचिव लिलकुमार राईले निर्वाचन कार्यालयलाई बिरोध पत्र बुझाउदै सम्मानित सर्वाेच्च अदालतबाट प्रतिनिधी सभाको विघटनको मुद्दाको किनारा नलागे सम्म निर्वाचनको कार्यक्रममा सहभागी नहुने जनाएको हो । विरोध पत्रमा २०७७ पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएकाले हामी त्यसप्रति तीव्र आपत्ति प्रकट गर्दै घोर विरोध एवम् भत्र्सना गर्दछौ भनिएको छ । ‘हामी...
कोरोना ‘खोप कोष’ स्थापना

कोरोना ‘खोप कोष’ स्थापना

समाचार, स्वास्थ्य
  पूर्णपुष्टि,पुष २९ कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले आर्थिक संकलनका लागि ‘खोप कोष’ को स्थापना गरेको सुचना सार्वजनिक गरेको छ । कोषमा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको २४ गतेको निर्णयअनुसार आकस्मिक प्रयोगको लागि स्वीकृती प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएकोले योगदान गर्न आव्हान गरिएको जनाएको छ । खोप प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा निकट भविष्यमा नै खोप बजारमा आउने प्रबल सम्भावना देखिएको छ। उक्त खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइर...
दुई दिन देखि उदयपुरमा अत्याधिक जाडो

दुई दिन देखि उदयपुरमा अत्याधिक जाडो

समाचार
पूर्णपुष्टि,पुष २९  उदयपुरमा हिजो र आज अत्याधिक जाडो बढेको छ । यो बर्षकै सवै भन्दा बढी चिसो मंलबार र बुधबार भएको सर्वसाधारहरुले महशुस गरेका छन् । चिसो अत्याधिक बढेको कारण स्थानियहरु घर–घरमै बसेका छन् । चिसोबाट बच्नका निम्ति सर्वसाधारहरुले ठाउँ–ठाउँमा आगो बालेर ताप्ने गरेका छन् । विगतमा वन कार्यालयले दाउरा वितरण गर्ने गरेको थियो तर अहिले गरेको छैन, सर्वसाधारले दाउरा वितरको माग गरेका छन् ।...
बाबुले घरमा आगो लगाउँदा २ छोराको मृत्यु

बाबुले घरमा आगो लगाउँदा २ छोराको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष २९ कालीकोटमा घरायसी विवादमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ भने एक छोरा घाईते भएका छन् । नरहरिनाथ गाउँपालिका–७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । प्रहरीका अनुसार आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । त्यसैगरी अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अत्याधिक रक्सी सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधबार बिहान ४ बजे बजेतिर आगो लगाएको प्रहरीले  जनाएको छ । घर आगो लगाए लगतै उनले विष सेवन गरेका थिए । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको उपचार भैहरको प्रहरीले जनाएको छ ।...
चोरीमा संग्लग्न ७ पक्राउ

चोरीमा संग्लग्न ७ पक्राउ

समाचार
पूर्णपुष्टि,पुष २९ जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको थियो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकल सहित चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका–३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका–४ का २२ बर्षीय सन्दिप लिम्बु रहेका छन् । मोटरसाईकल तथा स्कुटरहरु चोरी गर्ने मानि...
१ न. प्रदेशका मुख्यमन्त्री राई सहित ८ जना निलम्वीत

१ न. प्रदेशका मुख्यमन्त्री राई सहित ८ जना निलम्वीत

समाचार
पूर्णपुष्टि, पौष २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बहुमद पक्षले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सहित ८ जनालाई निलम्वीतको घोषणा गरेको छ । मुख्यमन्त्री राई सँगै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यत्रय इन्द्रमणी पराजुली र उदयपुरका प्रदेश सांसद बिमल कार्की र अम्बिका थापा गरी ८ जनालाई निलम्वीतको घोषणा गरेको हो । ८ मध्ये बिमल कार्की र अम्बिका थापा भने उदयपुरको सांसदहरु रहेकाछन् । उनिहरुलाई प्रदेशको कुनै पनि कार्यक्रममहरुमा ३ महिनाका लागि उपस्थित नहुनेगरी निलम्बनको घोषणा गरेको पत्रको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभाका सचिब गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि दलक...
क्याम्पसका प्रध्यापक यौन हिँसाको आरोपमा पक्राउ

क्याम्पसका प्रध्यापक यौन हिँसाको आरोपमा पक्राउ

समाचार
पूर्णपुष्टि, पुष २८ यौन हिँसाको आरोपमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक पक्राउ परेको छ  । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य यौन हिँसाको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा प्रहरीले प्राध्यापक आचार्यलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले  जनाएको छ । प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।...