Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

एकै स्थानमा  तीन छुट्टाछुट्टै धर्म संरचनाको शिलान्यास

एकै स्थानमा तीन छुट्टाछुट्टै धर्म संरचनाको शिलान्यास

समाचार
पूर्णपुष्टि, पौष २८ भोजपुर जिल्लाको अरुण गाउँपालिका–३ प्याउलीस्थित म¥याङ् डाँडामा किराँत, हिन्दु र वौद्घ धर्मका तीन छुट्टा–छुट्टै संरचनाको शिलान्यास भएको छ । धार्मिक सहिष्णुता कायम राख्न एकै स्थानमा तीन वटै धर्मका धर्मगुरुहरुले शास्त्रीय विधिबाट शिलान्यास भएको हो । स्थानीय तोरण कार्कीले निशुल्क रुपमा दिनुभएको करिब २० रोपनी जग्गामा अरुण वहुउद्देश्य आध्यात्मिक परिषद्ले मन्दिरहरुसँगै अतिथि गृहको पनि शिलन्यास गरेको छ । भक्तजनका लागि अतिथि गृह, सबै धर्मका सङ्ग्राहलय, ध्यान केन्द्र र धार्मिक ज्ञान लिन आउने विद्यार्थीहरुका लागि छात्राबास लगायतका संरचना बन्ने प्रतिष्ठानले जनाएको छ । आगामि १० बर्ष भित्र निर्माण कार्य सम्पत्र गर्ने लक्ष्यका साथ ९२ करोड ९८ लाख १२ हजार ९५४ रुपैया बराबरको डिपीआर तयार गरिएको प्रतिष्ठानका अध्यक्ष चुडामणि दाहालले जानकारी दिनुभयो । विराट महायज्ञ तथा अरुण संस...
साँढेको आक्रमणमा परी वृद्धाको मृत्यु

साँढेको आक्रमणमा परी वृद्धाको मृत्यु

समाचार
पूणपुष्टि, पौष २८ साँढेको आक्रमणबाट सप्तरीममा एक जना वृद्धाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ बस्ने ८० वर्षीया दुर्गीदेवी साहलाई साँढेले हान्दा मृत्यु भएको हो । आफ्नै घर अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष २८ आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर र ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको भाउ ९२ हजार २ सयमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
झापाको शिविरमा आगलागीः एक वृद्घको मृत्य

झापाको शिविरमा आगलागीः एक वृद्घको मृत्य

समाचार
पूर्णपुष्टि, पौष २८ झापाको दमक नगरपालिका–स्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागिमा परेर एक वृद्घको मृत्यु भएको छ । सोमवार साँझ शरणार्थी शिविर सेक्टर नम्बर डी–४, हट नम्बर ३२५ मा आगलागी हुँदा ६० बर्षीय दशमान राईको जलेर मुत्यु भएको हो । बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक राई प्यारालाइसिसका बिरामी समेत रहेका थिए । आगलागीका कारण ३ लाख रुपैयाँ बराबरको सुनचाँदीका गर–गहना र ८ लाख रुपैया बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएकोे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको थियो । आगलागीका कारण खुलेको छैन । आगो लाग्नुको कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
प्रेस प्रतिनिधि कार्डको काम उदयपुर जिल्लाबाटै थालियो, दुई पत्रकारले लिए पहिलोपटक जिल्लाबाटै सेवा

प्रेस प्रतिनिधि कार्डको काम उदयपुर जिल्लाबाटै थालियो, दुई पत्रकारले लिए पहिलोपटक जिल्लाबाटै सेवा

समाचार
पूर्णपुष्टि, पुस २७ गते ।  पत्रकारहरुका लागि नेपाल सरकारको सूचना तथा प्रशारण विभागबाट जारी गर्दै आएको प्रेस प्रतिनिधि कार्ड उदयपुरमा जिल्लाबाटै उपलब्ध गराउने काम थालनी भएको छ । आज पहिलोपटक जिल्लाका दुई पत्रकारको प्रेस प्रतिनिधि कार्ड अर्थात पत्रकार परिचय पत्र नविकरणको काम जिल्ला हुलाक कार्यालयले गरेको छ । गत मंसिर २६ गते विभागले परिपत्र गर्दै जिल्ला हुलाकलाई कामको लागि अधिकार प्रत्यायोजन गरेको थियो । प्रेस प्रतिनिधि कार्ड नयाँ तथा नविकरण गर्नका साथै अनलाईन पत्रिका दर्ता तथा नविकरणसमेतका लागि जिल्लाबाटै काम गर्नसक्ने अधिकार प्रत्यायोजन भएको छ । सोही अनुसार सबै पत्रकारहरुलाई सूचित गरिएको थियो । जिल्लामा आएको यो सेवा पहिलोपटक पत्रकार हरिकुमार राई र भोटराज राईले लिएका छन् । उहाँहरुले जिल्ला हुलाकबाटै आप्mना पत्रकार परिचय पत्रको नविकरणको काम गराएको हुलाक अधिकृत हरिलाल खत्रीले बताउनुभयो...
गाईघाटको कृषि बजारः अस्तित्व खोज्दै स्थानीय तरकारी

गाईघाटको कृषि बजारः अस्तित्व खोज्दै स्थानीय तरकारी

बिचार, समाचार
पूर्णपुष्टि,पुष २७ “सीजनको बेला त लोकल तरकारी नै बेच्छु, अरु बेला पाउँदैन अनि बाहिरबाट आउने तरकारी बेच्छु” त्रियुगा नगरपालिका –१२ डि.एम.गेटका तरकारी व्यापारी राज कुमार साह भन्नुहुन्छ । साह विगत केहि बर्षदेखि गाईघाट स्थित सगरमाथा कृषि बजारमा निरन्तर तरकारी व्यापार गर्दै आइरहनु भएको छ । हाल गाईघाटको साकेला टोलबाट तरकारी खरिद गरी बजारमा विक्रि गर्ने साह बर्षाको समयमा भने बाहिरी जिल्लाहरुबाट आयात गरिएको तरकारी बेच्न बाध्य हुन्छन् । मौसमी तरकारी मात्र स्थानीय क्षेत्रमा उत्पादन हुने हुँदा अन्य मौसममा बाहिरी जिल्लाहरुबाट तरकारी आयात गर्नुपर्ने अवस्था छ । व्यापारी साह भन्नुहुन्छ,“ग्राहकले प्रायः स्थानीय तरकारी नै खोज्छन् तर के गर्ने लोकल तरकारी धेरै हुँदैन”। साहका अनुसार कतिपय ग्राहकलाई स्थानीय तरकारी भनी झुक्क्याएर पनि केहि व्यापारीहरुले बाहिरको तरकारी बेच्ने गर्छन् । त्यसैगरी त्रियुगा न...
तनाव ‘डिप्रेसन’ बाट कसरी बच्ने

तनाव ‘डिप्रेसन’ बाट कसरी बच्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,पुष २७ आजकाल सामान्य बोलचालीमा पनि धेरै मानिसहरुको मुखबाट ‘टेन्सन’, ‘स्ट्रेस’ र ‘डिप्रेसन’ जस्ता नकरात्मक शब्द बारम्बार सुनिन्छ । प्रश्न उठ्न सक्छ हाम्रो जिन्दगीमा साँच्चै यति धेरै तनाव छ त ?साँच्चै नै यस्ता कुनै समस्या छन् भने पनि के यसबाट छुटकारा पाउन सकिँदैन ? मावन जीवनमा दुख,पीडा, तनाव,उदासी यी सब मानसिक विकार हुन् । जसले मानिसलाई कहिले राम्रो गर्दैन । हामी जब मानसिक रुपमै कमजोर हुन्छौं, शारीरिक रुपमा पनि हामी तन्दुरुस्त र सक्षम रहन सक्दैनौ । हामी सबैले सामान्य जिन्दगीलाई किन यति धेरै जटिल बनाइरहेका छौं भनेर एकपटक शान्त दिमागले सोच्नुपर्ने बेला आएको छ । मनमा शान्ती पाउन सबैभन्दा सजिलो छ, यसको लागि नकरात्मक विचारबाट टाढा रहेमा मात्रै पुग्छ । हामीले आफ्नो शव्दकोषबाट ‘तनाव’ शब्दलाई सँधैको लागि बाहिर निकाल्नु पर्छ किनभने आजकाल आफूभन्दा ठूलाको कुरा सुनेर घरमा साना बच...
गाईघाटमा  समता स्कुलको आफ्नै विद्यालय भवन बन्ने, नगर प्रमुख बलदेव चौधरीद्वारा भवनको सिल्यान्यास

गाईघाटमा समता स्कुलको आफ्नै विद्यालय भवन बन्ने, नगर प्रमुख बलदेव चौधरीद्वारा भवनको सिल्यान्यास

शिक्षा, समाचार
पूर्णपुष्टि, पौष २७ उदयपुरमा समता स्कुलको भवन सिल्यान्यास भएको छ । स्कुलले आफ्नै विद्यालय भवनमा विद्यार्थीहरुलाई पठनपाठन गराउने भन्दै भवन निर्माण गर्ने भएको हो । गाईघाटमा संञ्चालीत समता स्कुलको भवन सिल्यान्यास त्रियुगा नगरपालिका ११ शिवालयटोलमा भएको छ । हाल सम्म भाडामा संञ्चालित रहेको सो विद्यालयले २२ कट्ठा जमिन निजमा लिएर भवन निर्माण गर्ने भएको हो । भवनको सिल्यान्यास त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नुभयो । समता स्कुलले गाईघाटमा हाल ४ कक्षा सम्म पठनपाठन गराईरहेका छन् । विद्यालयको आफ्नो भवन नहँुदा पठनपाठन सहज नभएको भन्दै आफ्नै भवनमा विद्यालय संञ्चालन गर्न लागिएको समता स्कुलको प्रिन्सिपल लक्ष्मी राईले बताउनुभयो । भवन निर्माण सँगै कक्षाहरु थप्न पनि पनि थप सहज हुने उहाँले बताउनुभयो । प्रत्येक बर्ष कक्षा थप्दै विद्यार्थीहरुलाई पढाउने व्यवस्था गर्दै आएको पनि प्रिन्सिपल...
वडा अध्यक्षकै मिलेमतोमा दलित विपन्नको घर भत्काइयो

वडा अध्यक्षकै मिलेमतोमा दलित विपन्नको घर भत्काइयो

समाचार
पूर्णपुष्टि,पुष २७  सप्तरीमा वडा अध्यक्षको मिलेमतोमै २० वर्ष देखी बसोबास गर्दै आएका तीन दलित परिवारको घर डोजर लगाएर भत्काइएको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ का धनपैत राम, सिताराम राम, रामधिन राम लगायतका पाँच घर भत्काइएको हो । वडाअध्यक्ष लक्ष्मी खङ्गको मिलेमतोमा घर भत्काइएको आरोप पीडितहरुको छ । अहिलेसम्म स्थलगत अवलोकनमा समेत वडाअध्यक्ष नआएको उनिहरुले गुनासो गरेका छन् । वडाअध्यक्ष खङ्गले भने घर भत्काएको समयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । सोहि गाउँपालिकाका ६ नम्बर वडाका अध्यक्ष गुलाव सिंहका अनुसार सुमन महतो९मलेठिया० ले जग्गाको मुद्दा अदालतबाट जितेकोले घर भत्काएका हुन् । त्यहाँ ऐलानी जग्गा समेत भएकाले घर सर्जमिन गराएर भत्काइएको बताइएको छ । स्थानीयहरुले महतो र वडा अध्यक्ष खंङ्गको मिलोमतोमा षडयन्त्र गरी दलित बिपन्न परिवारलाई झुक्क्याएर सर्जमिन गराएर घर भत्काएको आरोप लगाएक...
लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि,पुष २७ मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरीक २२ बर्षीय मोहम्बद अफरोजलाई पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका–१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेक...