Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

फरार भैैँसी चोेर २४ बर्षपछि पक्राउ

फरार भैैँसी चोेर २४ बर्षपछि पक्राउ

समाचार
पूर्णपुष्टि, पुष २७  सप्तरीमा एक जना फरार भैँसी चोर २४ बर्षपछि पक्राउ परेको छ । कंचनरुप नगरपालिका–४ पिप्रापूर्वका ५० बर्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हो । स्थानीय भरतलाल बहरखेरको भैँसी सरदारले २०५३ साल माघ २९ गते चोरेका थिए । अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते १ महिना कैद र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो । सरदार अदालतको फैसलापछि फरार रहेका थिए । फरार सरदारलाई उनको घरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका सरदारलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तान गर्न राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।...
१३ नं वडामा स्वास्थ्य भवन सिल्यान्यास

१३ नं वडामा स्वास्थ्य भवन सिल्यान्यास

समाचार
पूर्णपुष्टि, पौष २७  त्रियुगा नगरपालिका वडा नं १३ ढिकमा स्वास्थ्य भवनको सोमवार सिल्यान्यास भएको छ । त्रियगा नगरपालिकाका मेयर बलदेव चौधरीले भवनको सिल्यान्यास गर्नुभयो । ३६ लाख ६९ हजार ३ सय १२ रुपयाँ २४ पैसा कर सहित बजेटमा भवन निर्माण हुन लागेको वडाले जनाएको छ । आधारभूत स्वास्थ्य भवनका लागि त्रियुगा नगरपालिकाले केन्द्रमा बजेटको माग गरेको थियो । यसै अन्तरगत १३ न वडाले पनि स्वास्थ्य भवनका लागि बजेट प्रस्ताव गरिएकोमा बजेट स्वीकृत भएर आएपछि  सोही बजेट अनुसारको भवन निर्माण गर्न लागिएको १३ नं वडाका अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । भवन सिल्यान्यास कार्यक्रममा बोल्दै मेयर चौधरीले स्वास्थ्य भवन हाल केहि वडाहरुमा निर्माण भईरहेको र क्रमस १६ ओटै वडामा भवन निर्माण कार्यक्रमलाई प्राथामिकता दिने बताउनुभएको छ । वडावासीहरुलाई स्वास्थ्य राख्न नगरपालिकाले हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य भवनको...
राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था उदयपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न

राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था उदयपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, पौष २७ राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उदयपुरले आफ्नो २०औँ बार्षिक साधारण सभा सम्पत्र गरेको छ ।  निजामती कर्मचारीहरु आवद्घ रहेको उक्त संस्थाले आफ्नै सभाहलमा २० औँ बार्षिक साधारण सभा आयोजना गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष केदार प्रसाद दाहालले ५ करोड ८६ लाख ६३ हजार ४ सय ३७ रुपैया ३३ पैसा बरावरको आय–व्यय विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा आमन्त्रित वक्ताहरुले हाल सम्म बचत तथा ऋणको मात्र कारोवार गर्दै आएकोमा भविष्यमा उद्योग, व्यावसाय, विद्यालय, घरजग्गा खरिद विक्री, कृषि र जडिवुटी लगायतका क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा एस.ई.ई। परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्ततीलाई नगद सहित सम्मान गरिएको थियो ।...
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष २७ झापामा मोटरसाईकलकोे ठक्करबाट पैदलयात्रीलाई बृद्धाको मृत्यु भएको छ । कन्काई नगरपालिका–७ दुर्गापुरमा मोटरसाईकलले ठक्कर दिंदा दोलखाको कालिङचोक–८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीको मृत्यु भएको हो । आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा शिवाकोेटी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।...
त्रियुगाको १६ वटै वडामा राष्ट्रिय परिचय–पत्रको दर्ता थालियो

त्रियुगाको १६ वटै वडामा राष्ट्रिय परिचय–पत्रको दर्ता थालियो

समाचार
पूर्णपुष्टि, पौष २६ त्रियुगा नगरपालिकाले १६ वटै वडा बाट राष्ट्रिय परिचय–पत्रका लागि व्यक्तिगत विवरण दर्ता प्रक्रिया शुरु गरेको छ । प्रत्येक नेपाली नागरिकको नागरिकताको प्रमाण–पत्रका साथै राष्ट्रिय परिचय–पत्र नम्बरलाई अनिवार्य रुपमा लागु गर्न लागेकोले नगरपालिकाले सबै वडा बाट व्यक्तिगत विवरण दर्ता शुरु गरेको हो । त्रिनपा ११ का वडा बासीका लागि त्रियुगा नमुना उच्च माध्यमिक विद्यालयमा पुष २२ गते देखि दर्ता कार्य शुरु गरिएको छ । १६ वर्ष उमेर पुरा भएको र नेपाली नागरिकताको प्रमाण–पत्र लिएको नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सक्नेछन् । नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको परिचय खुल्ने विद्युतीय प्रणालीबाट अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने र सो अभिलेखको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको परिचय–पत्र उपलब्ध गराउने उद्देश्य रहेको ११ नम्ब...
बसभित्रै युवक मृत भेटियो

बसभित्रै युवक मृत भेटियो

समाचार
पूर्णपुष्टि,पुष २६ आइतवार बिहान झापाको केरखाबाट विराटनगर आउने बसभित्र एक २६ वर्षीय युवक मृत भेटिएको छ । जनसेवा यातायात प्रा।लि।को मे १ ख ३३३३ नम्बरको बसमा चढेका बस चढेका युवक बसभित्रै मृत भेटिएको हो । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि पनि ती युवक नओर्लिए पछि बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले उपचारका लागि विराटनगर आउँदै गर्दा युवकको मृत्यु भएको बताउनुभएको छ । युवकको साथमा रहेको मोबाइलबाट मृतकका आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
सवारी दुर्घटना २ जनाको मृत्यु

सवारी दुर्घटना २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष २६ धनकुटा र मोरङका दुई  छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धनकुटा नगरपालिका–८ की १५ बर्षीया बालिका रेबिका राईको मृत्यु भएको हो । आज बिहान साँढे ९ बजेको समयमा धनकुटा नगरपालिका–७ मा ट्याक्टरको ट्रलीले लागेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रदेश १ १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्याक्टर अनियन्त्रीत भई पल्टिएर उक्त ट्रलीले बिद्यालय जाँदै गरेकी राईलाई ठक्कर दिंदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ मा ट्याक्टरले साईकललाई ठक्कर दिंदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा बालिक...
तीन बर्षदेखि फुसको झुप्रोमा संचालित वडा कार्यालय भवन शिलान्यास

तीन बर्षदेखि फुसको झुप्रोमा संचालित वडा कार्यालय भवन शिलान्यास

समाचार
पूर्णपुष्टि, पुष २६ पछिल्लो झण्ड तीन बर्षदेखि गाईगोठ जस्तै फुसको झुप्रोमा सञ्चालित वडा कार्यालय भवन बन्ने  भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ मधेपुराको वडा कार्यालय भवनको शिलन्यास भएको हो । कार्यालय सञ्चालन तथा व्यवस्थापनमा समेत समस्या भएकोले जनप्रतिनिधि तथा स्थानियहरुले व्यवस्थीत वडा भवनको माग गर्दै आएका थिए । सोहीअनुरुप उक्त स्थानमा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन एकै साथ बनाउने योजना अघि सारेको हो । वडा कार्यालय र स्वास्थ्य चौकी भवनको बुधबार एकै साथ शिलान्यास गरिएको तिलाठी कोईलाडी गाउँपालिका कार्यालयले जनाएको छ । वडा कार्यालयको लागि दुई कठ्ठा जग्गा गाउँपालिकाबाट खरीद गरिएको र बहुबर्षिय योजनाअन्तर्गत निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताउनुभयो । यसैगरी स्वास्थ्य चौकीको भवन समेत बहुबर्षीय योजनाअन्तर्गत सञ्चालन गरिने र सोको लागि चालु आर...
सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

समाचार
पूर्णपुष्टि,पुष २६ आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।
अदालतको ढिलो निर्णयका कारण देश दुई धुर्ब तर्फ बिभाजत हुदैछ :  काँग्रेस नेता महर

अदालतको ढिलो निर्णयका कारण देश दुई धुर्ब तर्फ बिभाजत हुदैछ : काँग्रेस नेता महर

समाचार
पूर्णपुष्टि, पौष, २६ कांगे्रस नेता नैन सिंह महरले सर्वोच्च अदालतको ढिलो फैसालाले देश दुई धुर्ब तर्फ बिभाजित हुन लागेको बताउनभुयो भएको छ । नेपाल कम्युनिष्ट पार्टीको बिभाजन सँगै अहिले देश दुई दिसा तर्फ बिभाजनको संकेत दिखिएको उहाँले बताउनुभयो । अदालतको आलटाल निर्णयले के गर्ने भन्ने बिषयमा नेपाली जनता र दलहरु अलमलमा परेको उहाँले बताउनभुयो । पार्टीका केन्द्रीय सदस्य तथा नेवि संघको पूर्व केन्द्रिय सभापति समेत रहेका नेता महरले बिभाजित दुई पार्टीबिच के निर्णय भएको छ त्यो तत्काल सुनुवाई गर्न अदातलतलाई अनुरोध समेत गर्नुभयो । बिभाजित दुई पार्टीका बिचमा जनताका बिचमा सत्य तत्थ्य केहो र कुन पार्टी बैद्यानिक कुन पार्टी अबैद्यानिक र अबको निर्णय के हो भन्ने बारे अदालतले तत्काल फैसाला गर्ने हो भने आउने काम कार्वाहीका लागि तत्काल काम गर्न सकिने उहाँले बताउनुभयो । हाल देशमा भईरहेको राजनितिक घटनाले जन...