Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

आज सुनकोे भाउमा भारी गिरावट

आज सुनकोे भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २६ आज सुनको भाउमा भारी गिरावट भएको छ । आज सुनको भाउ प्रतितोला २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष २६ १ नम्बर प्रदेशको तीन छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापा र मोरङ जिल्लाको तीन स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो । झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै दुर्घटना हुँदा झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको मृत्यु भएको हो । शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक घाईते भएका थिए । घाईते मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ  । यसैगरी झापाकै शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका–११ का ३७ बर्षीय छबिरमन ढकालको मृत्यु भएको हो । दुर्घटनामा घाईत...
ठगी मुद्दाका फरार गुप्ता पक्राउ

ठगी मुद्दाका फरार गुप्ता पक्राउ

समाचार
पूर्णपुष्टि, पौष २६ ठगी मुद्दाका फरार अभियुक्त त्रियुगा नगरपालिका–१२ का  २५  बर्षीय शुरेश गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । खोज तलासको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुकबाट खटिएको विशेष प्रहरी टोलीले फरार पक्राउ अभियान अन्तरगत साहलाई शुक्रवार साढे ६ बजे पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरको मिति २०७६ चैत २९ गते को फैसलाले अभियुक्त गुप्तालाई ११ महिना १२ दिन कैद सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनका लागि अभियुक्तलाई जिल्ला अदालत उदयपुर पठाइने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
जेसिस उदयपुरद्धारा पद हस्तान्तरण तथा पुरस्कार वितरण

जेसिस उदयपुरद्धारा पद हस्तान्तरण तथा पुरस्कार वितरण

समाचार
पूर्णपुष्टि, पौष २५ जेसिस उदयपुरको १० औँ स्थापनाको अवसरमा जेसिस उदयपुरले पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको अयोजना शनिवार गाईघाटमा गरेको छ । सबु थापाको नयाँ नेतृत्व सँगै ११ सदस्यी कार्यसमितिका साथ जेसीस उदयपुरले नयाँ कार्यसमिति पाएको छ । निवर्तमान अध्यक्ष ललित नायकले नयाँ अध्यक्ष थापालाई पद हस्तान्तरण गर्दै नयाँ कार्यसमिति चयन भएको हो । पद हस्तान्तरण सँगै जेसीस उदयपुरको संस्थापक अध्यक्ष लगाएतलाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएको छ । पुरस्कार वितरण त्रियुगा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि बलदेव चौधरीले गर्नुभयो । समितिमा कार्यकारीनी उपाध्यक्षमा इश्वरमान राई, अर्को कार्यकारीनी उपाध्यक्ष संगिता घिमिरे, उपाध्यक्ष बादल खतिवडा, उपाध्यक्ष पवन राउत, उपाध्यक्ष पिंकी ज्वाला चौधरी, उपाध्यक्ष सुरज साह रहेका छन् । त्यसैगरी माहासचिवमा विष्णु कार्की कोषाध्यक्षमा नव...
मानव बेचविखनको आरोपमा उदयपुरको १ जना पक्राउ

मानव बेचविखनको आरोपमा उदयपुरको १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, पौष २५ मानव बेचविखनको आरोपमा उदयपुरको एक युवा पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका ३ का ३५ बर्षिय घुरन माझीलाई मानव वेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । माझिले परिवर्तित नाम ज्ञ कुमारीलाई राम्रो जागिर लगाईदिन्छ् भनि भारतमा पु¥याई वेचविखन गरेको आरोपमा पक्राउ प्रहरीले परेको हो । उनी विरूध २)७४ साल कार्तिक १ गते मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता भई लुकिछिपी बसेको आरोपमा पक्राउ गरेको हो ।  उनी विरूध आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।  ...
उदयपुरको बेलका बाट अबैध काठ बरामद

उदयपुरको बेलका बाट अबैध काठ बरामद

समाचार
  पूर्णपुष्टि, पुष २४  उदयपुरको बेलकामा अवैध काठ बरामत भएको छ । बेलका नगरपालिका ३ जोगिनिया  स्थित अमर मग्रातीको घरमा लुकाई छिपाई सालको चिरान काठ राखिएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरले काठ बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत ई.प्र.का. रामपुरठोक्सिला  बाट प्र.नि.को कमाण्डमा सालको काठ झ्याल ढोकामा प्रयोग गर्ने ५ फिटको १३ वटा, ७ फिटको ४ वटा,७.५फिटको १३ वटा र ४ फिटको २० वटा गरी  जम्मा ५० वटा(२२.५० क्यु फिट) काठ बरामद गरेको हो । काठ नियन्त्रणमा लिर्ई  आवस्यक कार्बाहीको लागी सब डिभिजन बन कार्यालय उदयपुर रामपुरठोक्सिलामा बुझाउन पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।      ...
शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष २४ दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु शनिबार पनि खुला रहने भएका छन् ।...
१०७ के.जी. लागूऔषध चरेससहित १ पक्राउ

१०७ के.जी. लागूऔषध चरेससहित १ पक्राउ

समाचार
पूर्णपुष्टि, पौष २४ वीरगञ्जबाट लाूऔषध १ सय ७ किं.ग्रा.चरेस सहित मकवानपुरको थाहा नगरपालिका–११ का ३४ बर्षीय रविन तामाङलाई  बुधवार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले तामाङलाई वीरगञ्ज–२१ स्थित परवानीपुर ड्राइपोर्ट सडक खण्डमा ना ६ ख ५६४३ नम्बरको कन्टेनर सहित पक्राउ गरेको हो । कन्टेनरको मालिक पनि तामाङ नै भएकोले नियमित रुपमा चरेस लगायत विभिन्न लागूऔषध भारततर्फ ओसारपसार गरिरहेको हुनसक्ने आशंका प्रहरीको रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार तामाङ विरुद्ध जिल्ला अदालत पर्सामा लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

समाचार
पूर्णपुष्टि,पुष २४ आज सुनको घटेको छ । आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा घटेर ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सवारी दुर्घटना २ जनाको मृत्यु

सवारी दुर्घटना २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष २४ बिहिवार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह–चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दुर्घटनामा मिक्लाजुङ गाँउपालिका–४ पाँचथरका ३५ बर्षीय किरण राईको मृत्यु भएको हो । बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनमा ट्रकका सह–चालक घाईते भएका थिए । घाईतते राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका–११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका  स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको...