Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

मान्दैन मान्छे (गजल)

मान्दैन मान्छे (गजल)

समाचार, साहित्य
गोठकृष्ण ठकुरी,मोतिगडा, उदयपुर  भ्रष्टचार नगर भन्यो मान्दैन मान्छे बलत्कार नगर भन्यो मान्दैन मान्छे व्यापार नै गर्नु छ भने अरु नै गर यो प्यार नगर भन्यो मान्दैन मान्छे हामफालेपछि तर्न जानिन्छ जाउ विचार नगर भन्यो मान्दैन मान्छे मर्नु पर्छ त एकदिन के ग¥या यो अत्यचार नगर भन्यो मान्दैन मान्छे अहंकारले बाच्ने भए रावण मर्थेन अहंकार नगर भन्यो मान्दैन मान्छे  ...
अर्गानिक गायक रुपकुमारकाे ‘म बाँच्नुकाे के अर्थ, तिमी नहुँदा…’ काे भिडियाे रिलिज

अर्गानिक गायक रुपकुमारकाे ‘म बाँच्नुकाे के अर्थ, तिमी नहुँदा…’ काे भिडियाे रिलिज

मनोरञ्जन
पूर्णपुष्टि, पुस २४ । गायक रुपकुमार राईकाे संगीत र स्वरमा सजिएकाे नयाँ गीत 'म बाँच्नुकाे के अर्थ तिमी नहुदा' गीतकाे भिडियाे रिलिज भएकाे छ । https://m.youtube.com/watch?v=iUjTIXfswe8 किराँत राई यायाेक्खा ईजरायलकी अध्यक्ष एवम् समाजसेवी ठूलीचन्द्रकला राईकाे रचनाकाे गीतकाे भिडियाे बने लगत्तै हिजाे गायक राईकै अफिसियल यूट्युव च्यानलबाट भिडियाे रिलिज भएकाे हाे । भिडियाेमा नायक तथा माेडल दिक्पाल कार्की र नायिका तथा माेडल सेसुका राईले अभिनय गरेका छन् । जिबन्त अभिनयले गीत र भिडियाेलाई थप जिवन्तता दिएकाे छ । गायक राईकाे एकल स्वरमा रहेकाे गीतले श्रीमान-श्रीमतीबीचकाे मधुर सम्बन्धमा असमझदारीका कारण फाटाे हुने र त्यसले रमाईलाे जिन्दगिमा निरासा छाउने मर्मस्पर्शि भाव झल्काएकाे छ । भिडियाेमा टिकटकबाट जाेडिएकाे दम्पति जस्ताे पवित्र सम्बन्ध टिकटक कै कारण असमझदारी पैदा भई फाटाे भएकाे देखिन्छ ।...
लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि,पुष २४ बिहिवार लागुऔषध ब्राउनसुगर सहित झापाको दुई छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले हिजो राती साँढे ६ बजेको समयमा ३ जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्रउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेल रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर बरामत गरेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे समयमा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका–६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराल रहेका छन् । प्रहरीले उ...
सताब्दि पुरुष जाेशिद्वारा बरिष्ठ पत्रकार चेम्जाेङकाे ‘उदयपुरकाे ईतिहास’ पुस्तक विमाेचन

सताब्दि पुरुष जाेशिद्वारा बरिष्ठ पत्रकार चेम्जाेङकाे ‘उदयपुरकाे ईतिहास’ पुस्तक विमाेचन

समाचार
पूर्णपुष्टि, पुस २३ । नेपालकाे सताब्दिपुरुष तथा ईतिहासविद् सत्यमाेहन जाेशीले वरिष्ठ पत्रकार काैशल चेम्जाेङद्वारा लिखित 'उदयपुरकाे ईतिहास' पुस्तककाे विमाेचन गर्दै उदयपुरकाे इतिहास नेपालकाे इतिहास हाे भन्नुभएकाे छ । उदयपुरकाे गहन ईतिहास बाेकेकाे पुस्तकमा लामाे अध्यायन, खाेज र संस्लेशन प्रष्ट झल्किएकाले याे नेपालकै ईतिहासमा दर्ज हुने वताउनुभयाे । त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पाेखरेलले नेपालकाे ईतिहासमा एउटा अर्काे अध्याय थपिएकाे बताउनु भयाे । उहाँले बरिष्ट पत्रकार चेम्जाेङ अब, ईतिहासकार पनि भएकाे बताउनुभयाे ।  उहाँले पुस्तककाे समिक्षात्मक टिप्पणी गर्नुभयाे । सिंगाे पुस्तककाे समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास् प्रस्तुत गरिएकाे बताउनुभयाे । उहाँका अनुसार पुस्तकमा नेपालकाे ईत...
सहारा कृषि सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न

सहारा कृषि सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न

समाचार
पूर्णपुष्टि, पौष २३ त्रियुगा नगरपालिका–१३ बहेडवामा सहारा कृषि सहकरी संस्थाले आफ्नो आठौँ बार्षिक साधारण सभा विहिवार सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका १३ बहेडुवा स्थित प्रमुख अतिथि बलदेव चौधरीको प्रमुख आतिथ्यमा स्थित साधारण सभामा सम्पन्न भएको हो । साधारण सभामा संस्थाकी कोषाध्यक्ष शसिकला चौधरीले बार्षिक आय–व्यय प्रतिवेदन पनि प्रस्तुत गरिन् । “व्यवसायिक र एकिकृत सहकारी खेती, कृषि पर्यटन सहितको आर्थिक समृद्धि” भन्ने नारा सहित साधारणसभा गरिएको आयोजकले जनाएको छ ।कार्यक्रममा समाज सेवी समुह उदयपुरका संयोजक विनोद कुमार कार्की, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना जोन कार्यान्वयन इकाई प्रमुख राम सोगारथ साह, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख, प्रकाश विश्वकर्मा, ओरेक उदयपुरका संयोजक सुनिता मैनाली, लगायतका अतिथिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । मेयर चौधरीले कार्यक्रममा उपस्थित विभिन...
लागुऔषध मुद्धामा फरार अभियुक्त पक्राउ

लागुऔषध मुद्धामा फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि,पुष २३ उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेका एक अभियुक्त आज पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१२ बुद्ध चोक बस्ने बर्ष २९ को राम कुमार डोमलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको हो । उदयपुर जिल्ला अदालतले २०७१।०७।०९ गते को फैसलाले लागुऔषध मुद्धामा १० दिन कैद सजाय भई फरार रहेको प्रतिबादीलाई आज ११ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । डोमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत उदयपुर पठाईएको छ ।...
उदयपुर काष्ठ फर्निचर व्यवसायी संघ दर्ता प्रक्रियामा जोड

उदयपुर काष्ठ फर्निचर व्यवसायी संघ दर्ता प्रक्रियामा जोड

समाचार
पूर्णपुष्टि, पौष २३  फर्निचर व्यवसायीहरुलाई एकजुट राख्दै बैद्यानिकताका साथ व्यवसायलाई अघि बढाउन उदयपुरका फर्निचर व्यवसायीहरु लगि परेका छन् । बिहिबार गाईघाटको डिम्कि मन्दिरमा उदयपुर काष्ठ फर्निचर व्यवसायी संघको तदर्थ समितिले संघ दर्ता प्रक्रियाको लागि छलफल बसेको छ । बिगत देखिनै राष्ट्रिय फर्निचर व्यवसायी संघले उदयपुमा पनि यसको शाखा विस्तारको लागि पत्र पठाएपनि केन्द्र संग मापदण्ड नमिल्दा संघ स्थापना हुन सहिरहेको थिएन् । तर पनि गाईघाटका व्यवसायीहरुले आफ्नो हक हित र व्यवसायलाई वैद्यानिक रुपमा संञ्चालन गर्न तदर्थ समिति गठन गरी फर्निचर व्यवसायीहरुका निम्ति काम गर्दै आईरहेका थिए । यस संघलाई पूर्णताका साथ अघि बढाई सम्पूर्ण उदयपुरका व्यवसायीहरुलाई संघमा जोड्न दर्ता प्रक्रियाका लागि व्यवसायीहरुले बिद्यान समिति गठन गरी छलफल गरेको छ । दिलिप निरौलाको संयोजकत्वमा विद्यान समिति गठन गरिएको छ । यस सम...
आगलागी हुँदा ८ बर्षीय बालकको मृत्यु

आगलागी हुँदा ८ बर्षीय बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष २३ बुधबार साँझ आगलागी हुँदा सिराहामा ८ बर्षीय बालकको जलेर मृत्यु भएको छ । मिर्चेया नगरपालिका–७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ बर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए । लामखुट्टे धपाउनका लागि उनिहरुले घुर बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चेयाले जनाएको छ । उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।...
तीन्टी स्वास्नी बजारमा

तीन्टी स्वास्नी बजारमा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,पुष २३ काठे लोक दोहोरी गायक दिपक रिमालको पछिल्लो प्रस्तुति तीन्टी स्वास्नी बजारमा आएको छ । थुप्रै लोक दोहारी गीत बजारमा ल्याइसकेका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी’ समसामयिक विषयमा तयार भएको हो । तीनवटी बिहे गर्दा नि घर नभएपछिको तनावलाई गीतमा समेटिएको यश गीतकमा तीन तीन वटी बिहे गर्दा नि तीनै वटी पोईल हिँडे पछिको अवस्था अनि घरायसी उतार चढावलाई रिमालले सरल तरिकाले प्रस्तुत गरेका छन् । शब्द संगीत रिमाल कै रहेको गीतमा रिमाल र प्रिन्सिका शंकरको स्वर रहेको छ । ‘तीनटी स्वास्नी ल्याउँदा नी घर भएन ’ भन्ने बोलको उक्त लोक दोहोरी गीतको भिडियोमा भक्तपुर चाँगुनारायण नगरपालिका चरेलीको रमणीय दृश्य समेटिएको छ । जती वटी बिहे गरे पनि घरजम नभएको विषयवस्तुलाई उठान गरिएको ‘तीन्टी स्वास्नी’ को भिडियोमा रिमालको साथमा गायिका शंकर, कलाकार निर्देशक अमरकृष्ण...
तीन जना किशोरीको भारत लैजाने क्रममा उद्धार

तीन जना किशोरीको भारत लैजाने क्रममा उद्धार

समाचार
पूर्णपुष्टि, पुष २३ तीन किशोरीलाई भारत तर्फ लैजाने क्रममा उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती किशोरीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा उक्त टोलीले सोधपुछ गरेको थियो । ती किशोरीहरुलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपालले जनाएको छ । शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु ९ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको छ ...