श्रीमतीको हत्या गरी फरार श्रीमान झुण्डिएको अवस्थामा शव फेला
पूर्णपुष्टि, पुष २३
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । उभरकोटीले आफ्नै श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको उभरकोटी बुधबार मृत फेला परेको हो ।
गत पुस ९ गते मध्यरात श्रीमतीको हत्या गरी फरार रहेका उभरकोटीको शव घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा मृत भेटीएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पात्ले कटुसको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको भनाई रहेको छ । शव परीक्षण फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...







