Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष २२  आज सुनको भाउ बढेको छ । सुनको भाउ आज ३ सय रुपैयाँले बढेको छ । प्रतितोला ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको सुनको भाउ बुधबार ३०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्यमा पनि आज बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...
दुर्घटनामा दुई को मृत्यु !

दुर्घटनामा दुई को मृत्यु !

समाचार
पूर्णपुष्टि, पौष २२ झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा मङ्गलवार बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो । पुर्वबाट पश्चित तर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बस तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।...
फरार अभियुक्त मगर पक्राउ

फरार अभियुक्त मगर पक्राउ

समाचार
पूर्णपुष्टि, पुष २२ लागुऔषध मुद्धाका फरार अभियुक्त त्रियुगा नगरपालिका–६ जलजलेका २५ बर्षीय राजन राना मगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मगरलाई मङ्गलवार करीब साढे ११ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालाय उदयपुरका अनुसार जिल्ला अदालत उदयपुरबाट लागुऔषध मुद्धामा अभियुक्त मगरलाई २४ दिन कैद र रू २ हजार जरिवाना फैसला भएको थियो । कैद तथा जरिवाना असुल उपर गर्न फरार पक्राउ अभियान अन्तर्गत मगरलाई विशेष प्रहरीको टोलीले पक्राउ गरेको हो । अभियुक्त मगरलाई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।...
लुटपाटमा संग्लग्न २ पक्राउ

लुटपाटमा संग्लग्न २ पक्राउ

समाचार
पूर्णपुष्टि, पुष २२ सुनसरीमा लुटपाटमा संग्लग्न २ जना युवा पक्राउ परेको छ । ईनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका हुन् । देवानगञ्ज गाउँपालिका–५ घर भई ईनरुवा–१ मा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई ईनरुवा–१ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यही पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवायल लुटपाट गरी फरार रहेका दुबैलाई प्रहरीले नियन्त्रमा लिएको छ । नियन्त्रमा रहेका दुबैको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बहु बिवाहको मुद्धामा फरार प्रतिवादी पक्रउ

बहु बिवाहको मुद्धामा फरार प्रतिवादी पक्रउ

समाचार
पूर्णपुष्टि, पुष २२ उदपुरमा बहु बिवाहको मुद्धामा फरार प्रतिवादी पक्रउ परेको छ । त्रियुगा नगरपालिका–६ बस्ने ३१ बर्षीया यसोमति कुमारी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरले चौधरीलाई २०७६।१०।०२ गते को फैसलाले बहु बिवाह मुद्धामा ११ महिना ५ दिन कैद र १० हजार जरिवाना भई फरार रहेकी चौधरीलाई हिजो १२ को समयमा पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत उदयपुर बझाएको छ ।...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु,  अन्य चार जना घाईते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, अन्य चार जना घाईते

समाचार
पूर्णपुष्टि, पौष २२ उदयपुरमा गएराति करिब ८ बजेको समयमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं १ तालथुम्की स्थित गाईघाटबाट नामेटार जाँदै गरेको प्र २–०१–००१ त १०१७ नम्वरको ट्याक्टर अन्यन्त्रित भई दुर्घटना हुँदा चाललको मृत्यु हुनुका साथै ट्याक्टरमा सवार अन्य चार जना घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ७ कालिखोलाका २० बर्षिय केशव बिक रहेका छन् । दुर्घटना पछि बिकलाई उपचार तर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो । घाईते चार जनाको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको डिएसपी गौतममले जानकारी दिनुभयो । घाईते हुनेहरुमा रौतामाई गाउँपालिका १ नामेटारका ४८ बर्षिय कर्मध्वज तामाङ, २१ बर्षिय सन्तोष तामाङ, ३५ बर्षिया ज्ञानमाया तामाङ र १९ बर्षिया सितामाङ रहेकी छीन्...
विद्युत प्राधिकरणको कर्मचारी बलत्कारको आरोपमा पक्राउ

विद्युत प्राधिकरणको कर्मचारी बलत्कारको आरोपमा पक्राउ

समाचार
पूर्णपुष्टि, पौष २२ बलत्कार प्रयास गर्ने बिद्युत प्राधिकरणका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारीस्थित विद्युत प्राधिकरणका कर्मचारी ४० बर्षिय लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेका हो । सुन्दरहरैँचा नगरपालिका–२ निवासी रिजाललाई बलत्कार प्रयासको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार रिजाल प्राधिकरण बेलबारी शाखाका मिटर रिडर रहेको जानकारी दिनुभएको छ । रिजालले प्राविधिकरणले खटाएको ठाउँमा मिटर रिडिङ गर्न जाने क्रममा बेलबारीकी १३ बर्षिया बालिकामाथि बलत्कारको प्रयास गरेको प्रहरीमा उजुरी आएको छ । बालीका एक्लै भएको अवस्थामा रिजालले जवरजस्ती गर्न खोजेको भन्दै किटानी जाहेर पश्चात प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थपी अनुसन्धान अघि बढाएको बेल्बारी प्रहरीले जानकारी दिए । &nbs...
सरस्वती सामुदायीक वन उपभोक्ता समूहद्वारा १ सय ५० उपभोक्तालाई ग्याँस चुल्हो र सिलिण्डर वितरण

सरस्वती सामुदायीक वन उपभोक्ता समूहद्वारा १ सय ५० उपभोक्तालाई ग्याँस चुल्हो र सिलिण्डर वितरण

समाचार
पूर्णपुष्टि, पोष २१ सरस्वती सामुदायीक वन उपभोक्ता समूहले आफ्नो १ सय ५० उपभोक्ता परिवारलाई ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेको छ । समूहको बार्षिक कार्ययोजनाको गरिवी निवारण न्युनिकरण अन्गरगत त्रियुगा नगरपालिका वडा नं १६ र १५ मा रहेको उपभोक्ताहरुलाई ग्याँस सिलिण्डर वितरण गरेको हो । समूहले २ ओटा वडामा रहेको उपभोक्ताहरु बेल्दोभान, जाँते, डिहिटार, आम्वोके, सिद्रे, गहते र साल्थुम्कीका १ सय ५० परिवारलाई ग्याँस वितरण गरेको समूहका सचिव कोपिला राउतले बताईन् । राउतका अनुसार उपभोक्ताहरुलाई गाउँगाउँमै ग्याँस सिलिण्डर वितरण गरिएको छ । वितरणको कार्यक्रम सोमवार र मंगलबार गरी २ दिन राखिएको छ । पहिलो दिन बेल्दोवानमा ७० ओटा वितरण गरिएको थियो भने मंगलबार डिहिटार, सिद्रे आम्वोके गहते र साल्थुम्की गरी ८० ओटा वितरण गरिएको छ । कोहि छुटेमा फेरि वितरण गरिने समूहले जनाएको छ । ग्याँस वितरण कार्यक्रमको उद्घाट...
नेकपा (प्रचण्ड–नेपाल) को उदयपुरमा विविध कार्यक्रममा तिब्रता

नेकपा (प्रचण्ड–नेपाल) को उदयपुरमा विविध कार्यक्रममा तिब्रता

समाचार
पूर्णपुष्टि, पुष २१ नेपाल कम्युनिष्ट पार्टी  (प्रचण्ड नेपाल) ले उदयपुरमा विभिन्न पार्टीगत कार्यक्रमलाइ तीव्रता दिएको छ । पार्टीले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ  । आज चौदण्डीगढी नगरपालिकाको बेल्टारमा कार्यकता भेला कार्यक्रम भएको छ । त्यसैगरी २३ गते अखिल नेपाल महिला संघ जिल्ला कमिटिको जिल्ला स्तरीय कार्यकर्ता भेला, २४ गते नेपाल दलित मुक्ति संगठनको जिल्लास्तरीय कार्यकर्ता भेला, २५ गते उदयपुर जिल्लामा भएका सम्पुर्ण जनवर्गीय संगठनको जिल्लास्तरीय कार्यकर्ता भेला रहेको जिल्ला सचिव इश्वरमणी राउतले जानकारी दिनुभयो । त्यसैगरी २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अध्ययन गर्नका निम्ती नारा जुलुुुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम र नगरस्तरीय कार्यकर्ता भेला रहेको बताउनुभयो । २७ गते प्रदेशस्तरीय कार्यकर्ता भेला रहेको जनाइएको छ ।...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

समाचार
पूर्णपुष्टि,पुष २१ ईलाममा आफ्नै श्रीमतीको हत्यको आरोपमा श्रीमान पक्राउ परेको छ । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या थियो । हत्यको खबर प्राप्त भएसंगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।...