प्रतिनिधिसभा विघटनविरुद्ध पुष २५ देखि कांग्रेसको देशव्यापी आन्दोलन
पूर्णपुष्टि, पुष २१
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ । विपक्षी दलको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको हो ।
पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने केन्द्रीय सदस्य प्रदीप पौडेल बताउनुभयो । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको उनले बताउनुभयो ।...








