यस्ता छन् लैंगिक हिंसा न्युनिकरणका चुनौती र समाधानका सुझावहरु
पूर्णपुष्टि, पुष १९
ओरेक उदयपुरले सरोकारवालाहरुसँग गरीएको एक कार्यक्रम बीचकोे छलफलमा लैंगिक हिंसा न्युनिकरणका चुनौती र हिंसा न्युनिकरणका समाधानका उपायहरु प्राप्त भएको छ । जिल्ला स्तरीय सरोकारवालाहरुसँगको बैठक पश्चात लैंगिक हिंसा न्युनीकरणका चुनौति र आगामी दिनमा कसरी अघि बढ्नुपर्छ भन्ने बारे सुझाव र चुनौतीहरु पहिचान गरिएको हो ।
कार्यक्रममा लैंगिक हिंसा न्युनीकरणका चुनौतिहरु बालबिबाहको घटना दर्ता गर्न परिवार अगाडि नसर्ने, मिलाउन नमिल्ने केश पनि समुदायमा मिलाउने, मिलाउन दवाव आउने, कार्यन्वयन फितलो, बजेट लैंगिक मैत्री नहुनु, दिगो बिकासको लक्ष प्राप्तीका लागि कार्यक्रम नबनेको, काम गर्ने तर अनुगमन नगर्ने देखिएका छन् ।
स्थानीय तहमा बजेट छ तर योजना नहुनु, जिल्लामा महिला बिकास कार्यालय नभएको, राजनीतिक दलबाट ३३ प्रतिसत कार्यान्वयनमा नभएको, ब्यक्ति आफै रुपान्तरीत हुन नसक्नु, सरोकारवाला नै प...







