Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

प्रचण्ड–माधव पक्षका ९ कार्यकर्ता पक्राउ

प्रचण्ड–माधव पक्षका ९ कार्यकर्ता पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ८ सप्तरीको राजविराजमा ओली पक्षले गर्न लागेको कार्यक्रम बिथोलेको आरोपमा प्रचण्ड –माधव पक्षका ९ नेता कार्यकर्ता पक्राउ परेका छन् । नेकपा ओली समूह निकट युवा सङ्घले आयोजना गरेको कार्यक्रममा प्रचण्ड–माधव समूह निकट युवाहरुसँग झडप भएको थियो । सभा बिथोलेको आरोपमा प्रचण्ड–माधव समूह युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रचण्ड–माधव पक्षका जिल्ला कमिटी सदस्य राजु जैसवाल ,छेदी रजक, विद्यार्थी नेता छोटेलाल यादव ,मुकेश यादव, प्रेमकुमार यादव, भुपेन्द्र यादव, विनोद यादव, बम झा लगायतलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रमा लिएको छ । प्रहरीका अनुसार उनीहरुलाई झडपका क्रममा पक्राउ गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका ओली समूहका नेता महेश बस्नेतबिरुद्ध चर्का नारावाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीसँग झडप समेत भएको थ...
उदयपुरमा जबरजस्ती करणी गरी घटना लुकाउन युवतीलाई छत बाट खसाउने बिष्ट काठमाण्डौँ बाट पक्राउ

उदयपुरमा जबरजस्ती करणी गरी घटना लुकाउन युवतीलाई छत बाट खसाउने बिष्ट काठमाण्डौँ बाट पक्राउ

समाचार
पूर्णपुष्टि, माघ ८ उदयपुरको बेलका नगरपालिका ४ मा नशालु पदार्थ सेवन गराई जवरजस्ती करणी पश्चात घटना लुकाउन युवतीलाई मार्ने उदेश्यले स्कुलको छतबाट खसाउने एक युवक काठमाण्डौँ बाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको बिषेश टोलीले बेलका नगरपालिका ४ का २२ बर्षिय गोबिन्द भन्ने गुनराज बिष्टलाई बिहिबार काठमाण्डौको मनमैजु बाट पक्राउ गरेको हो । गत साउन १७ गते रातको समयमा उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा बिष्ट सहित अर्का १ जनाले जवरजस्ती करणी गरी युवतीलाई स्कुलको छतबाट खसाएर सशख्त घाईते बनाई फराररहेका थिए । घाईते युवतीको कम्वर देखी मुनी केहि नचल्ने गरी छतबाट खसाली दुवै जना फरार रहेको आरोपमा बिष्टलाई भने प्रहरीले पक्राउ गरेको र अर्को फरार रहेका प्रतिवादीलाई भने खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । १८ बर्षिया यु...
व्यवसाय परिवर्तन गर्ने चार महिलालाई त्रियुगा नगरपालिकाद्धारा प्रविधि सामान हस्तान्तरण

व्यवसाय परिवर्तन गर्ने चार महिलालाई त्रियुगा नगरपालिकाद्धारा प्रविधि सामान हस्तान्तरण

समाचार
पूर्णपुष्टि, माघ ८ त्रियुगा नगरपालिका ६ बोजेका ४ महिलाहरुलाई व्यवसाय प्रविधिको सामाग्री हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाको सहयोगमा नगर प्रमुख बलदेव चौधरीले सामाग्री हस्तान्तरण गर्नुभएको हो । मदिराले बिगबिग भएको टोलमा व्यवसाय परिवर्तन गरी अन्य व्यवसायी बाट आत्मानिर्भरमा जोड्न घरेलु तथा साना उद्योग माहासंघको बिषेश पहलमा महिलाहरुलाई प्रविधि सामाग्री हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग माहासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो । लकडाउनको समयमा कोरोना सचेतना अभियान अन्तरगत सो ठाउँमा मदिरा नियन्त्रण तथा शान्तमय समाज निर्माणका लागि हेल्प डेक्स समेत निर्माण गरिएका थिए । लकडाउनमा बिभिन्न ठाउँबाट फर्केका युवाहरु बिहान दिउँसै मदिरामा लाग्ने र बिभिन्न नकरात्मक गतिविधि साथै अपराधिक क्रियाकलापहरु समेत हुन थालेपछि हेल्प डेक्सको बिषेश निगरानीमा होहल्ला, गाली गलोज गर्ने केहि व्यक...
शिक्षक हत्याको आरोपमा हत्यार सहित विप्लव समूहको मोरङ इन्चार्ज पक्राउ

शिक्षक हत्याको आरोपमा हत्यार सहित विप्लव समूहको मोरङ इन्चार्ज पक्राउ

Breaking News 1
 पूर्णपुष्टि, माघ ८ केहि समय अघि मिक्लाजुङ गाउँपालिका मोरङका एक शिक्षकको हत्या गरेको आरोपमा विप्लव समूह मोरङका इन्चार्ज पक्राउ परेका  छन् । चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । मोरङ स्थित मिक्लाजुङ गाउँपाकिा बर्खेका ४५ बर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गत मंसिर २३ गते विहान भएको थियो । हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानले खुलाएको छ । प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए । मोरङका दुईसहित अन्य पाँचजना फरार रहेको प्रहरीले बताएको छ । विक चन्दा संकलन गर्न आएको बेला पक्राउ परेका प्रहरीले जनाएको छ । श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । मोरङ बुढीगंगा गाउँपालिका चारस्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उद्योगी ...
खैरोहिरोईन ब्राउनसुगर सहित एक पक्राउ

खैरोहिरोईन ब्राउनसुगर सहित एक पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ८  झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट हिजो दिउँसो साढे ३ बजे लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेको छ । कमल गाँउपालिका–६ का २० बर्षीय नवराज भट्टराईलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पश्चात चेक जाँच गर्ने क्रममा उनको साथबाट गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर प्रहरीले बरामत गरेको छ । भट्टराईको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।...
त्रियुगाको नगरप्रहरी कृष्ण बस्नेत पक्राउ

त्रियुगाको नगरप्रहरी कृष्ण बस्नेत पक्राउ

समाचार
गाईघाट, माघ ८ उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत एक नगर प्रहरी पक्राउ परेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरी अभद्र व्यवहारसहित होहल्ला गरेको आरोपमा त्रिनपा १० का कृष्ण बस्नेत पक्राउ परेका हुन् । बुधबार राती ८ः०० बजे  गाईघाट बजारबाट पक्राउ परेका बस्नेत अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन् ।...
चौदण्डीगढीले राष्ट्रिय महिला लिगमा पहिलो खेल नेपाल पुलिस सङ्ग खेल्दै

चौदण्डीगढीले राष्ट्रिय महिला लिगमा पहिलो खेल नेपाल पुलिस सङ्ग खेल्दै

खेलकुद, समाचार
 बुद्धि चामलिङ राई    काठमाडौ, माघ ८ बुधबार देखि सुरु राष्ट्रिय महिला फुटबल लिग अन्तरगत चौदण्डीगढी नगर  महिला फुटवल टिम उदयपुरले आफ्नो पहिलो खेल नेपाल पुलिस महिला फुटबल क्लब सङ्ग खेल्ने भएको छ । २०७७ माघ ९ गते शुक्रवार  काठमाडौ सातदोबाटो स्थित एन्फा खेलमैदानमा दिउँसो २ बजे नेपाल पुलिस क्लब सङ्ग  पहिलो खेल खेल्ने भयको हो । चौदण्डीगढ महिला फुटबल टोलिलाइ चौदण्डीगढी नगरपालिकाले बुधबार बिदाइ कार्यक्रम आयोजना गरि बिदाइ गरेको थियो । एक महिना सम्म बेल्टार स्थित खेलमैदानमा बन्द प्रशिक्षणमा राखियको टोलि माघ ५ गते सोमबार नै काठमाडौ जाने भनिए पनि दुई दिन पछि माघ ७ गते बुधबार राती काठमाडौ पुगेका हुन । चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चोउधरीले खेलाडीहरुलाइ फुटबलका खेलकुद सामाग्री ट्रयाकसुट, जर्सी, फुटबल, पन्जा दिदै  दोसल्ला लगाइदिएर जित हासिल गरि गृह नगर फिर्त...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ८ सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदाको तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घकाले जनाएको छ ।...
भारतले उपलब्ध गराएको कोरोना खोप काठमाण्डौँ आईपुग्योे, ५ दिन भित्र सबै जिल्लाहरुमा खोप पुर्याउने

भारतले उपलब्ध गराएको कोरोना खोप काठमाण्डौँ आईपुग्योे, ५ दिन भित्र सबै जिल्लाहरुमा खोप पुर्याउने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ८ भारतले उपलब्ध गराउने अनुदानको १० लाख डोजको कोरोना खोप बिहिबार नेपाल आईपुगेको छ । ११ बजे बिहान एयर इन्डियाको बिमानले खोप काठमाण्डौँ ल्याएको हो । उपलब्ध भएका खोपलाई सरकारले ५ दिनभित्र जिल्लाका भण्डारणसम्म पु¥याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै निश्चीत भएको छैन । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र ...
दुर्घटनामा मोटरसाईकल र ट्याक्टर चालक दुवैको मृत्यु

दुर्घटनामा मोटरसाईकल र ट्याक्टर चालक दुवैको मृत्यु

समाचार
पूर्णपुष्टि,माघ ८  दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा मोटरसाईकल र ट्याक्टर चालक दुवैको मृत्यु भएको छ । झापा कचनकवल–१ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी–३ स्थितमा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी ईलाम माईजोगमाई–४ हातिटार स्थित भित्री सडक खण्डमा ट्याक्कर दुर्घटना हुदा चालक सोही स्थानका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे प्रदेश न. ३–०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाई रहेका धमलाले  ब्रेक लगाउने क्रममा उनी आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका धमलाको विएण्डसि अस्पताल विर्तामोड झापामा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएक...