Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

काडमाडाैंमा आज विसाल शक्ति प्रदर्शन

काडमाडाैंमा आज विसाल शक्ति प्रदर्शन

समाचार
पूर्णपुष्टि, माघ ९ । प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा काठमाडौंमा आज विसाल र्यालिसहित शक्ति प्रदर्शन गरेको छ । लाख बढि कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो ।  काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत विरोधसभामा कार्यकर्ता उतारिएकाे समूहले दाबी गरेको छ । काठमाडाैकाे बिभिन्न स्थानबाट निस्किएकाे जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भयाे। रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भयाे । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको प्रचण्ड–माधव समूहले जुलुसमा पार्टीले तोकेका नारामा...
उदयपुरका वडाअध्यक्षहरु प्रचण्ड नेपाल समूहमा ३७, ओली समूहमा ६ र बाँकी ४ तटस्थ

उदयपुरका वडाअध्यक्षहरु प्रचण्ड नेपाल समूहमा ३७, ओली समूहमा ६ र बाँकी ४ तटस्थ

समाचार
पूर्णपुष्टि,माघ ९ केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उदयपुरको पार्टी कमिटीमा नभई स्थानीय तहमा ज्यादै कमजोर देखिएको छ । कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ । देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्येको एक उदयपुरमा केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका र नगरपालिका मात्र नभई स्थानीय तहका प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष समेत ओली पक्ष ज्यादै कमजोर देखिएको छ । जिल्ला समन्वय समिति संयोजक खड्ग बहादुर दर्लान ओली समूहका हुन भने सह संयोजक गंगा राई प्रचण्ड नेपाल समूहका हुन् । जिल्लाका ८ स्थानीय तहमध्ये ५ पालिका प्रमुख प्रचण्ड नेपाल पक्षमा छन भने दुई पालिका प्रमुख ओली पक्...
कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी

कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी

समाचार
पूर्णपुष्टि, माघ ९ कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खोलाएको छ । बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो । आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि विज्ञापन खुला गरेको हो । वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत तथा वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ । दरखास्त माघ ९ गतेदेखि २९ गतेसम्म दिन सकिने छ ।...
एक महिनाभित्र हलेसीमा तीन लाख भन्दा बढी भेटी संकलन

एक महिनाभित्र हलेसीमा तीन लाख भन्दा बढी भेटी संकलन

संसार
पूर्णपुष्टि,माघ ९ खोटाङको प्रख्यात त्रिधार्मिकस्थल हलेसीमा कोभिड–१९ को त्रासकाबिचमै पनि दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै  तीन लाख भन्दा बढी भेटीघाटी संकलन भएको छ । हलेसीमा गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा तीन लाख २६ हजार चार सय भेटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताउनुभयो । हलेसी महादेवस्थान शिव र पार्वती थानबाट दुई लाख ५४ हजार चार सय ५० रुपैयाँ र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकावाट ७१ हजार नौ ५० रुपैयाँ भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु पाँच हजार सात सय ६० र अमेरिकन दुई डलर चढाइएका छन् । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा...
लागुऔषध सहित तिन जना पक्राउ

लागुऔषध सहित तिन जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ ९ झापाको दमक नगरपालिका–८ र मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगरसहित तिन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित बिहिबार साँझ ६ बजे पक्राउ गरेको छ । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका–२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।...
चौदण्डीगढीको पुलिस बिरुद्धको  सेट तयार

चौदण्डीगढीको पुलिस बिरुद्धको सेट तयार

खेलकुद, समाचार
 बुद्धि चामलिङ राई काठमाडौ , माघ ९ राष्ट्रिय महिला फुटबल लिगको तेस्रो दिनको आजको खेलमा चौदण्डीगढी महिला फुटबल टिम र नेपाल पुलिस टिम बिच दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुदैछ । पुलिस विरुद्धको खेलमा चौदण्डीगढीले ११ जना खेलाडिको आफ्नो सेट  तयार गरेको छ । किप्परमा जर्सि नम्बर १ को देबिका श्रेष्ठ, कप्तान तथा मुख्य डिफेन्स जर्सी नम्बर ५ की युनिका चामलिङ राई,  राइट डिफेन्समा जर्सी नम्बर ६ अमृता राई,  लेफ्ट डिफेन्स मा जर्सि नम्बर  ३ की पुर्णमाया राई , सेन्ट्रल डिफेन्स मा जर्सी नम्बर २ की सबिता तामाङ, सेन्ट्रल मिडफिल्डर मा जर्सी नम्बर १९ की मनिता तामाङ, सेन्ट्रल मिडफिल्डरमै अर्का जर्सी नम्बर १८ की चोमोलोङमा राई, राइट विङमा जर्सी नम्बर ११ अन्जना थुलुङ राई, लेफ्ट विङमा जर्सी नम्बर १७ की मनिका राई रहनेछन् । त्यस्तै दुई स्ट्राइकरमा जर्सी नम्बर १० की ...
सवारी दुर्घटना ३ को मृत्यु

सवारी दुर्घटना ३ को मृत्यु

समाचार
पूर्णपुष्टि, माघ ०९ उदयपुर, सुनसरी र मोरङमा बिहिवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा टाटासुमो र टेम्पो एक आपसमा ठोक्किदा टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको मृत्यु भएको छ । स १ च १४४६ नम्बरको टाटा सुमो र प्रदेश २–०१–ह ०७७४ नम्बरको टेम्पो आपसमा ठोक्किँदा घाईते भएका टेम्पो चालक राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–२ मा मोटरसाइकल अनियन्त्रित हुँदा सप्तरी कन्चनरुप नगरपालिका–११ का ३० बर्षीय रंजित सरदारको मृत्यु भएको छ । को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी मोरङको ...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ९  आज सुनको भाउ घटेको छ । हिजो सुन ९३ हजार १ सय रुपैयाँ कारोबार भएको थियो । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
बेल्टारमा अटो र सुमो एक आपसमा ठोक्कीदा अटो चालक राईको मृत्यु, ४ जना घाईते

बेल्टारमा अटो र सुमो एक आपसमा ठोक्कीदा अटो चालक राईको मृत्यु, ४ जना घाईते

समाचार
पूर्णपुष्टि, माघ ८ मदनभण्डारी राजमार्ग अन्तरगत चौदण्डीगढी नगरपालिका बेल्टारको द्धार खोलामा अटो र सुमो एक आपसमा ठोक्कीदा टेम्पो चालक २६ बर्षिय हेमराज राईको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य चार जना भने घाईते भएका छन् । अटो रिक्सा र सुमो ठोकिएर गम्भिर घाइते भएका चालक राईलाई उपचारको लागि घोपा पठाईएको भएपनि मृत्यु भएको बेल्टार प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा अटो रिक्सामा सवार त्रियुगा नगरपालिका १ रूपनीका ३६ बर्षिय सुरेन्द्र बस्नेत, बस्नेतकी श्रीमती ३५ बर्षिया कल्पना बस्नेत, ५ बर्षिय छोरा सुभाष बस्नेत र सोही ठाँउकी ५७ बर्षिया साबित्रा कार्की रहेकी छिन् । उनिहरु सबैको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । पूर्व बाट पश्चिम तर्फ जादै गरेको स १ च १४४६ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउँदै गरेको प्र २( ०१ ...
सशस्त्र प्रहरीले जित्दा बिराटनगर र वालिङ बराबरीमा रोकियो, भोलीको खेल उदयपुर र नेपाल पुलिस क्लब बिच हुँदै

सशस्त्र प्रहरीले जित्दा बिराटनगर र वालिङ बराबरीमा रोकियो, भोलीको खेल उदयपुर र नेपाल पुलिस क्लब बिच हुँदै

खेलकुद, समाचार
बुद्धि चामलिङ राई  काठमाडौ, माघ ८ राष्ट्रिय महिला फुटबल लिगमा दोस्रो दिन भएको खेलमाआजको पहिलो खेल ११ ः ३० को   खेलमा एपिएफले चन्द्रपुर लाई ६–० ले हराएर एपिएफले ३ अङ्क जोडेको छ ।  सशस्त्र प्रहरी क्लबको लागि साबित्रा भण्डारिले ३ गोल गरि हयाटिक्« गरिन । खेलको पहिलो गोल सशस्त्र प्रहरीका लागि साबित्रा भण्डारीले खेल सुरु भयको १४ मिनेटमा पहिलो गोल गरिन । दोस्रो गोल अन्जलीकुमारी योन्जनले खेलको २२ औँ मिनेटमा गरिन । ६२ औँ मिनेटमा साबित्रा भण्डारीले ब्यातिगत  दोस्रो गोल गर्दै टिमलाई ३–० बनाइन । चौँथो गोल टिम कप्तान अनिता बस्नेतले ६४ औँ मिनेटमा गरिन । खेल को ७२ औँ मिनेटमा साबित्रा भण्डारिले ब्याक्तिगत तेस्रो गोल गरि हयाट्रिक पूरा गर्दै खेल ५–० को अन्तर बनाइन । अन्डर (१६ टोलीको टिम कप्तान प्रिती राइले यो खेलमै राष्ट्रिय खेलमा डिब्यु गरि ८९ औँ मिनेटमा गोल गर्दै सशस्त्र प्रहरीलाइ ६–० को शानदा...