प्रतिबन्धित लागुऔषध सहित १ पक्राउ
पूर्णपुष्टि,माघ ११
मोरङ बिराटनगर–१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन् । सुनसरी धरान–९ का ३९ बर्षीय सुवास लामीछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई शनिवार विशेष सुराकका आधारमा स्पासमो प्रोक्सीभोन–१६९ ट्याब्लेट, निट्राभेट–१५ ट्याब्लेट, निट्राभेट–२० ट्याब्लेट र डाइलेक्सी डिसी–२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...









