Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

छुट्टा छुट्टै ठाउँमा ट्याक्टर दुर्घटना हुँदा २ सहचालकको मृत्यु

छुट्टा छुट्टै ठाउँमा ट्याक्टर दुर्घटना हुँदा २ सहचालकको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १३ सुनसरी रामधुनी(७ स्थित भित्री सडक खण्डमा ट्याक्टर बाट लडेर सहचालकाको मृत्यु भएको छ । को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको सोही ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।  सोमवार दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी (६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए ।गम्भिर घाईते सदाको धरान घोपामा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी संखुवासभा पाचखपन (३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन (६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । सोमवार बेलुका ६ बजे  को २ त  ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएका थिए । घाईते कोईरालाको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे म...
उदयपुरका लागि  १ हजार २ सय ३७ कोरोना खोप आज आउँदै

उदयपुरका लागि १ हजार २ सय ३७ कोरोना खोप आज आउँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १३ जनस्वास्थय कार्यालय उदयपुरले १ हजार २ सय ३७ कोरोना खोप आज उदयपुरमा आईपुग्ने जनाएको छ । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भारतबाट उपलब्ध भएको कोरोना खोप प्रदेश कार्यालय बिराटनगरबाट आज गाईघाट आईपुग्ने जनाउनुभयो । खोप आईपुग्ने बित्तिकै छलफल गरी औपचारीक कार्यक्रम गरी खोपको उद्घाटन गर्दै प्रयोगमा ल्याउने जनाएको छ ।  जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक पनि राख्ने तय भइरहेको सुवेदीले बताउनुभयो । छलफलले बुधबार औपचारिक कार्यक्रम गरी खोपको उद्घाटन गर्ने निर्णय निकाल्न सक्ने प्रमुख सुवेदीले बताउनुभयो । कोविड(१९ को खोप प्रदेशका १४ वटै जिल्लामा बाँड्ने गरी सोमबार बिराटनगर आईपुगेको प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । खोप प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिरहा र सप्तरीका लागि ९ हजार ६ सय आएको केन्द्रले जनाएक...
भारतले पूर्ण रुपमा बन्द गर्यो  टिकटक सहित ५९ ओटा चिनियाँ एप

भारतले पूर्ण रुपमा बन्द गर्यो टिकटक सहित ५९ ओटा चिनियाँ एप

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १३ भारतले अस्थायी रुपमा प्रतिबन्ध मात्र लगाएको  चिनिया एपहरु सँधैका लागि  बन्द गरेको छ । टिकटक सहित ५९ ओटा चिनियाँ एपहरु भारतले सँधैका लागि बन्द गरेको हो ।   बिभिन्न कारणले भारत र चिन बिच अहिले बिवादको बिषयहरु बन्दै गएपछि भारतले यस्तो कदम चालेको हो । भारत र चिन बिच सिमा लगाएत लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि चिन संगको सम्बन्धलाई भारतले पर राख्दै आएको छ । यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको भारतिय एक मिडियाले जनाएको छ । गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ ।  ...
निर्वाचन आयोगले ४४१ केन्द्रिय सदस्यलाई बैधानिकता दियो, १५०१ ले कानुनी हैसियत नराख्ने आयोगको ठहर

निर्वाचन आयोगले ४४१ केन्द्रिय सदस्यलाई बैधानिकता दियो, १५०१ ले कानुनी हैसियत नराख्ने आयोगको ठहर

समाचार
पूर्णपुष्टि, माघ १३ निेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को दुई समूहको बैधानिक विबाद बारे भएको पछिल्लो निर्वाचन आयोगको निर्णयले पहिलेकै केन्द्रिय सदस्यलाई बैधानिकता ठहर गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा २ समूहमा बिभाजन भएका थिए । पाटी बिभाजन पछि नेता तथा कार्यकर्ताहरु कुन पार्टीमा समेटीने भन्ने क्रियाकलापमा लागेका थिए । दुई पार्टी बिभाजन पश्चात कुन पार्टी नेकपा र कस्ले पाउने पार्टी चिन्ह जस्ता विषयमा बैधानिकता दिन निर्वाचन आयोग लागि परिरहेका थिए । निर्वाचन आयोगले पछिल्लो आफ्नो निर्णय सुनाउँदै १५०१ अबैधानिक भएको जनाएको छ । आयोगले पहिलेकै ४४१ केन्द्रिय सदस्य बैधानिक रहनुका साथै प्रधानमन्त्री ओलीले पछि थप गरी निर्माण गरिएको ११९९ सहित १५०१ ले कुनै पनि कानुनी हैसियतमा टेवा नपुराउने जनाएको छ । आयोगले ओलीद्वारा मनोनित करिब एक हजार केन्द्रीय सदस्यहरु र संश...
१६ नं वडाका जेष्ट नागरिक, अपाङगता र दलित परिवारलाई न्यानो कपडा वितरण

१६ नं वडाका जेष्ट नागरिक, अपाङगता र दलित परिवारलाई न्यानो कपडा वितरण

समाचार
पूर्णपुष्टि, माघ १२ त्रियुगा नगरपालिका वडा नं १६ ले वडाका जेष्ट नागरिक, अपाङगता र दलित परिवारलाई सोमवार न्यानो कपडा वितरण गरेको छ । वडाका नियमित बार्षिक कार्यक्रम सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत १ लाख बराबरको सिरक वितरण गरेको हो । १६ नं वडाका बिभिन्न १२ ओटा टोलका ८० बर्ष भन्दा माथिका जेष्ट नागरिक, ७० बर्ष भन्दा माथिका दलित परिवार र अपाङगता भएका परिवारलाई जाडोका लागि न्यानो सिरक वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । अध्यक्ष राईले स्थानीय सरकारको चासो र सुरक्षाको दृष्टिले जेष्ट नागरिक, अपाङगता र दलित परिवारहरुलाई बिषेश ध्यानमा राखि सुरक्षा दिँदै जाडोबाट बचाउन न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले यस १६ नं वडाले गत बर्षहरुमा पनि जाडोबाट नागरिकको सुरक्षाको निम्ति न्यानो कपडाहरु वितरण गर्दै आईरहेको बताउनुभयो । यसैगरी वडा सदस्य गोमा कार्की...
बालुवाटारको प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा २६ मानवअधिकारकर्मी पक्राउ

बालुवाटारको प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा २६ मानवअधिकारकर्मी पक्राउ

समाचार
पूर्णपुष्टि,माघ १२  सोमबार दिउँसो १२ बजे बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मानवअधिकार तथा शान्ति समाजले केपी ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध,प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो । पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा...
“हेल्लो लिम्चुङबुङ सरकार” सुरुवात

“हेल्लो लिम्चुङबुङ सरकार” सुरुवात

समाचार
पूर्णपुष्टि, माघ १२ । लिम्चुङबुङ सरकारले हेल्लो सरकारको सुरुवात गरेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय जनताको सरकारसंग पहुँच बढोस् भन्ने हेतुले “हेल्लो लिम्चुङबुङ सरकार” को सुरुवात गरेको अध्यक्ष मेजरकुमार राईले जानकारी दिनुभयो । ९८५२८२९०२३ र ९८१४७६३१५५, यी दुई मोवाईल नम्बरबाट हेल्लो लिम्चुङबुङ सरकार गर्न सकिने छ । हेल्लो सरकारका लागि एउटा नेपाल टेलिकम र अर्को एनसेलको नम्बर प्रयोगमा ल्याइएको हो । गाउँपालिका सम्बन्धी कुनै पनि जानकारी वा गुनासो भएमा कार्यालय समयमा ती नम्बरहरुमा सम्पर्क गर्न सकिने भएको छ ।...
टिपरको ठक्करबाट घटनास्थलमै २ को मृत्यु

टिपरको ठक्करबाट घटनास्थलमै २ को मृत्यु

समाचार
पूर्णपुष्टि,माघ १२  महोत्तरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुवारका मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुडु नदाफको मृत्यु भएको हो । कठुवारमा आज बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राम र पछाडि सवार १३ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयहरुले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।...
सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ १२  सुनको भाउमा आज पनि गिरावट भएकोे छ । यो हप्ताको दोस्रो दिन आज सुनको भाउ २ सय रुपैयाँले सस्तियको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको भाउ हिजोको सरह आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
लागुऔषध खैरोहिरोईन सहित ५ पक्राउ

लागुऔषध खैरोहिरोईन सहित ५ पक्राउ

समाचार
पूर्णपुष्टि,माघ १२ प्रदेश नम्बर १ का छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड–४ भद्रपुर रोड स्थित र बिर्तामोड–६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी, बुटाबारी बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षीय रुपेश गुरुङ रहेका छन् । उनीहरुलाई १९ ग्राम ६० मिलिग्राम  खैरोहिरोईन ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सुराकका आधारमा उनीहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ थियो । त्यसैगरी आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ मगर चोक  एरियाबाट १ हजार २ सय ग्राम  गाँजा सहित बुद्धशान्ती–१ का ५३ बर्षीय लक्ष्मी प्र...