Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

प्रतिगमनबिरुद्ध बिराटनगर जाने व्यापक तयारी

प्रतिगमनबिरुद्ध बिराटनगर जाने व्यापक तयारी

समाचार
पूर्णपुष्टि, माघ १४ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) उदयपुर प्रचण्ड– माधव समूहले आगामी १६ गते बिराटनगरमा हुने प्रतिगम बिरुद्धको बिशाल प्रदर्शनमा ब्यापक सहभागीता जनाउने तयारी गरिरहेको छ । यसै क्रममा त्रियुगा नगरको तेस्रो पूर्ण बैठकले १९ ओटा बसको व्यवस्था गरी उक्त प्रदर्शनीमा सहभागीता जनाउने निर्णय गरेको छ । नगरकी उपाध्यक्ष गिता खड्काको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बलदेव चौधरीको प्रमुख अतिथ्यतामा भएको बैठकमा प्रतिगमन बिरुद्ध र असंवैधानिक कदमको बिरुद्ध गाउँगाउँ स्तरबाट उठ्नु पर्ने उद्घोष गरिएको छ । बैठकमा १६ ओटै वडाका वडा पार्टी अध्यक्ष र सचिवलाई आमन्त्रित गरिएको वडा नं ६ का पार्टी अध्यक्ष पार्टी प्रवेश खड्काले जानकारी दिनुभयो ।  ...
नेकपा त्रियुगा नगरको तेसो पुर्ण बैठक सम्पन्न

नेकपा त्रियुगा नगरको तेसो पुर्ण बैठक सम्पन्न

समाचार
पूर्णपुष्टि, माघ १४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )त्रियुगा नगर को तेस्रो पुर्ण बैठक माघ १३ गते गिता खड्का कार्की को अध्यक्षता र नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बलदेव चौधरी को प्रमुख अतिथ्यता मा सम्पन्न भयो । बैठकमा नगर कमिटी सदस्य साथै १६ वटै वडा पार्टी अध्यक्ष सचिव लाई समेत आमन्त्रित गरिएको थियो । बैठकमा असम्बैधानिक कदम ,प्रतिगमन विरुद्ध गाउँ गाउँ स्तरमा बाट उठ्नुपर्ने भन्दै यहि माग १६ गते प्रतिगमन विरुद्ध बिराटनगरमा हुने विशाल प्रदर्शनको लागि त्रियुगा नगरबाट १९ वटा गाडीको ब्यबस्था गरियो निर्णय भयो ।...
४३० लिटर तेल चोरीगरी बेचेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका लोडर अप्रेटर सहित २ जना र तेल किन्ने १ जना पक्राउ

४३० लिटर तेल चोरीगरी बेचेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका लोडर अप्रेटर सहित २ जना र तेल किन्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १३ उदयपुरमा ४३० लिटर तेल चोरी गरी बेच्ने २ जना र तेल किन्ने १ जना गरी ३ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । उदयपुर सिमेन्ट उद्योगका लोडर अप्रेटर सिराहा जिल्ला गोलबजार नगरपालिका ४ का ५७ बर्षे इन्द्र भटुट र उद्योगकै सवारी चालक त्रियुगा नगरपालिका ६ का ५१ बर्षिय मोहन राई र तेल किन्ने त्रियुगा नगरपालिका ८ का ५२ बर्षिय प्रविन चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।तेल चोरी गरी बेचेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको बिषेश टोलीले किन्ने बेच्ने दुबै पक्षका व्यक्तिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो । लोडर, ट्रक र ड्रममा राखिएको तेल चोरी गरी बेचेको आरोपमा अप्रेटर सहित तिनै जनालाई पक्राउ गरी थप अनुसन्धानको प्रक्रिया अगाडी बढाईएको डिएसपी गौतमले बताउनुभयो ।    ...
एक महिला र एक पुरुष लागुऔषाध सहित पक्राउ

एक महिला र एक पुरुष लागुऔषाध सहित पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १३ मोरङ बिराटनगर १६ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान १६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका  दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल १० एम्पुल, फेनारगन १० एम्पुल, लुपिजेसिक १० एम्पुल र डाईजोल्याब १० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
२ करोड बढीको अबैध समान सहित १ जना पक्राउ

२ करोड बढीको अबैध समान सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १४ ईलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित १ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका ६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो ।समान बरामद भएसंगै संचालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।  ...
उदयपुरमा ट्याक्टरबाट लडेर ५ बर्षिय बालकको मृत्यु

उदयपुरमा ट्याक्टरबाट लडेर ५ बर्षिय बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १४ उदयपुरको कटारी नगरपालिका ४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी नगरपालिका वडा नं ४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई  उपचारार्थ लादै गर्दा बाटोमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।यसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक ५ मा पनि ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक(५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।...
सुरक्षित यात्रा गर्न सिकाउँदै जेसिज, ट्राफिक र बिद्यार्थी

सुरक्षित यात्रा गर्न सिकाउँदै जेसिज, ट्राफिक र बिद्यार्थी

समाचार
पूर्णपुष्टि, माघ  १४ दुर्घटना बाट सुरक्षित रहित यात्रा र सवारी साधनका कागजात बारे चेतना फैलाउन जेसिज उदयपुरले ट्राफिक सचेतना कार्यक्रम बुधबार गाईघाटमा गरेको छ । गाईघाटको ट्राफिक चोक स्थित बढी सवारी चाप हुने स्थानहरुमा जिल्ला ट्राफिक कार्यालय उदयपुर र बिद्यार्थीहरु सहित जेसिजले ट्राफिक सचेतना कार्यक्रम गरेको हो । जथाभावी बाटो काट्ने पैदल यात्री तथा सवारी, मोटर साईकलमा हेलमेट नलगाउने चालक, क्लिप नबान्ने, तिव्र गतिका सवारी, कागजात नबोक्ने सवारी, बढी यात्रु बोक्ने सवारी, ३ जना बोक्ने मोटर साईकल जस्ता ट्राफिक नियम उलंगनका सवारी साधन र पैदल यात्रुहरुलाई शन्देस मुलक चेतना फैलाउँदै गल्ती गरेकाहरुलाई ट्राफिक सन्देश सहित सम्झाउने काम ट्राफिक प्रहरी र विद्यार्थीहरुले गरेको छ । पछिल्लो अवस्थामा दुर्घटनाहरुको चाप उत्तिकै रहेको भन्दै जेसिजले गर्ने बिभिन्न सामाजिक कार्यहरु अन्तरग ट्राफिक सचेतना ...
बेलकाका क्यान्सर पिडित राईलाई कोरियाबाट १ लाख आर्थिक सहयोग

बेलकाका क्यान्सर पिडित राईलाई कोरियाबाट १ लाख आर्थिक सहयोग

समाचार
पूर्णपुष्टि, माघ १३ क्यान्सर पिडित श्याम राईलाई कोरियाबाट आर्थिक सहयोग जुटेको छ । उदयपुर सेवा समाज दक्षिण कोरियाबाट बेलका नगरपालिका वडा नं ५ का २३ बर्षिय क्यानसर पिडित राईलाई आर्थिक सहयोग जुटेको हो । बिषेश गरी कोरियामा रहेका उदयपुरका बिभिन्न व्यक्तिहरुले उदयपुर सेवा समाज दक्षिण कोरिया मार्फत १ लाख बराबर आर्थिक संकलन गरी पिडित राईलाई बुझाएको छ । उक्त सहयोग समाजका अध्यक्ष मधुकर राई र उपाध्यक्ष चित्र वस्नेतको नेतृत्वमा संकलन गरिएको हो । रकम नगद १ लाख रुपैया समाजका सल्लाहाकार तथा समाजसेवी महेन्द्र राईले विरामी उपचाररत अस्पताल धुलिखेलमै पुगेर आईतबार हस्तान्तरण गरेको हो ।परिवारमा आर्थिक स्थित कम्जोरी रहेको राईलाई परिवारले जसोतसो उपचारमा हस्पिटल पुराई हेरचार गरिरहेका छन् । परिवारले आर्थिक कम्जोरी रहेको बताउँदै सबै सामु सहयोगको माग राखेका छन् । देश विदेशमा रहेका सम्पूर्ण मनकारी नेपालीहरुम...
प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १३ मोरङ बिराटनगर (१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान (९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET - १५, NITZACARE  २० ट्याब्लेट रDIALEX-DC-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।  ...
लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १३ झापा /शिबसताक्षी ( ११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक (८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा सवार गरी आएका उनिहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम(५८ एम्पुल, बुफ्रेनोर्फिन (५७ एम्पुल र प्रोमेथोजाईन(५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।  ...