Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

निर्वाचन सम्बन्धि सर्वपक्षिय अन्तरक्रिया, नेकपा (प्रचण्ड–माधव समूह) ले राख्यो विमती

निर्वाचन सम्बन्धि सर्वपक्षिय अन्तरक्रिया, नेकपा (प्रचण्ड–माधव समूह) ले राख्यो विमती

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १५ जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज निर्वाचन कार्यक्रम सम्बन्धमा सर्वपक्षिय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित अन्तरक्रियामा सहभागी राजनितिक दलका नेताहरुले निर्वाचन सम्बन्धिको कार्यक्रमप्रति गुणासो ब्यक्त गरे । हाल निर्वाचनको नाममा गरिने गतिविधिलाई बेमौसमी बाजाको संज्ञा दिदै सरकारले समय र आर्थिक स्रोतको खर्च मात्र गरेको टिप्पणी गरे । नेकपा केन्द्रीय सदस्य एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले निर्वाचन आयोगले नेकपा अन्तरगतका देखिएका दुई समूह मध्य कुन आधिकारीक हो र कस्ले बैधानिकता सहित चुनाव चिन्ह पाउँछ भन्ने निर्कौल नगरी चुनावी गतिविधि अगाडी बढाउन अस्वभाविक भएको टिप्पणी गर्नुभयो । नेकपा उदयपुरका जिल्ला सचिव ईश्वरमणी राउतले सरकारले नहुने निर्वाचन घोषणा गरेको बताउनुभयो । चुनावि गतिबिधिले राज्यको आर्थि...
जलाएर युवाको हत्या गर्ने ६ जनालाई प्रहरीले सार्वजानिक गर्यो

जलाएर युवाको हत्या गर्ने ६ जनालाई प्रहरीले सार्वजानिक गर्यो

समाचार
पूर्णपुष्टि, माघ १५ सम्पत्तिका लागि रुपन्देहीमा एक युवालाई जलाएर हत्या गर्ने ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । मृतककै आफन्तहरुले सम्पत्तिको लोभमा युवाको रक्सीमा निन्द्रको औषधी खुवाई पाईपले घाँटी थिचेर हत्या गरी अन्तिममा पेट्रोल छर्केर जलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो ।मृतक यादवको हत्यामा आफ्नै भाई, काका, र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न ८ मध्य ६ जनालाई प्रहरीले सार्वजानिक गरेको छ भने अन्य दुई जना भने फरार रहेको छ । पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रुपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव, सिद्धार्थ...
गत बर्षको तुलनामा यो बर्ष नेपालमा ४ अंकले भ्रष्टचार बढ्यो

गत बर्षको तुलनामा यो बर्ष नेपालमा ४ अंकले भ्रष्टचार बढ्यो

समाचार
पूर्णपुष्टि, माघ १५ पछिल्लो समय नेपालमा भ्रष्टचारको संख्या थप हुँदै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सीको गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष बढेर ११७ औं स्थानमा पुगेको हो । अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो । यस सम्बनिध ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा भ्रष्टचारको संख्या बढेको देखाइएको छ । बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा  सबै भन्दा कम भ्रष्टचार भएको २ ओटा देश प्रदिवेदनमा उल्लेख गरेको छ । डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको ट्रान्सपरेन्सी इन्टर...
सवारी दुर्घटना १ जनाको मृत्यु

सवारी दुर्घटना १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १५ ईलाममा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । इलाम  नगरपालिका ९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको हो । ईलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिका ३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १५ मोरङको  सुन्दरहरैचा नगरपालिका ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।...
बिद्यार्थी बलत्कार गरी गर्भ बनाउने शिक्षक सहित ४ जनालाई १८ बर्ष कैदको फैसाला

बिद्यार्थी बलत्कार गरी गर्भ बनाउने शिक्षक सहित ४ जनालाई १८ बर्ष कैदको फैसाला

समाचार
पूर्णपुष्टि, माघ १४ धनकुटा नगरपालिकाकी १४ बर्षिया बालिकालाई पटकपटक योण दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका शिक्षक सहित ४ जनालाई धनकुटा जिल्ला अदालतले १८ बर्ष कैद सुनाएको छ । धनकुटा–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १४ बर्षिया बालिकालाई सोही विद्यालयका १ शिक्षकले पटक पटक योण सोषण गरेको आरोपमा शिक्षक सहित घटनामा संलग्न अन्य ४ जनालाई प्रहरीले पक्राउ गरेका थिए । अदालतले यौण दुव्र्यबहारमा संलग्न शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई दोषी ठहर गर्दै १८ बर्ष कैद सजाय सुनाएको हो । शिक्षक मदन अधिकारीलाई भने १८ बर्ष ६ महिना कैद फैसाला अदालतले तोकेको छ । बलात्कृत बालिकालाई पढाउने शिक्षकसमेत भएकाले अधिकारीलाई संरक्षकका हिसावले अन्य व्यक्तिको तुलनामा थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार राजन वास्तोलाले जानकारी दिनुभय...
उदयपुरमा कोरोना विरुद्धको खोप लगाउन सुरु, स्वास्थ्य प्रमुख र प्रमुख डाक्टरबाट सुरु

उदयपुरमा कोरोना विरुद्धको खोप लगाउन सुरु, स्वास्थ्य प्रमुख र प्रमुख डाक्टरबाट सुरु

समाचार
पूर्णपुष्टि, माघ १४ । उदयपुर जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी र जिल्ला अस्पतालका प्रमुख डाक्टर जीवनारायण मण्डलबाट उदयपुरमा कोरोना रोग विरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँहरुबाट पहिलो दिन आज कोरोना विरुद्धको खोप जिल्लामा सुरु भएको हो । नेपाल सरकारले कोरोनाविरुद्धको खोप जिल्लामा उपलब्ध गराएपछि आजबाट सुरुवात गरिएको हो । सरकारले पहिलोचरणमा कोरोना विरुद्ध अग्रपंतीमा खटिनेहरुलाई खोप लगाउने नीति लिएको छ । सोही अनुरुप उदयपुरका अग्रपंतीमा खटिने स्वास्थ्य कार्यालयका कर्मचारीहरु, अस्पतालका डाक्टर, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, सफाईकर्मी, एम्बुलेन्सका चालकहरुलाई खोप थालिएको हो । आज पहिलो दिन ३३ जनाले खोप लगाएको खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताउनुभयो । अस्पतालकी सिनियर अनमी टिकामाया श्रेष्ठले खोप लगाइदिनुभएको थियो । स्वास्थ्य प्रमुख सुवेदीले खोप सम्बन्धी विभिन्न नकारात्मक प्रचार र ...
गाईघाटमा जामे मस्जित भवन उद्घाटन

गाईघाटमा जामे मस्जित भवन उद्घाटन

समाचार
पूर्णपुष्टि, माघ १४ उदयपुरको सदरमुकाम गाईघाटमा जामे मस्जित भवन निर्माण भएको छ । नवनिर्मित मस्जित भवनको एकसमारोहका बिच नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नारायण खड्का र युएइ राजदुत सहिद हमदन अल नक्वीले सम्युक्त रुपमा गर्नुभयो । त्रिनपा १२ डिएमगेटमा निर्वित जामे मस्जित मुस्लिम समुदायको एक धार्मिक धरोहरको रुपमा रहेको छ । जामे मस्जित समितिका अध्यक्ष किस्मत अलिको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रमुख अतिथि, बिषेश अतिथि तथा अतिथिहरुले सम्बोधन गर्दै सुभकामना व्यक्त गरेका थिए ।...
समाजसेवी कृष्ण चाम्लीङको निधन

समाजसेवी कृष्ण चाम्लीङको निधन

समाचार
पूर्णपुष्टि, माघ १४ किरात राई यायोक्खा उदयपुरको जिल्ला संस्थापक अध्यक्ष एवम् समाजसेवी कृष्ण चाम्लीङको गएराती निधन भएको छ । ७३ बर्षको उमेरमा उहाँको उपचारको क्रममा काठमाण्डौँको गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ६ बेल्टार चाम्लीङ चोक निवासी उहाँको पार्थिक शरिरलाई घरमै ल्याई अन्यष्टि गरिने परिवारलाई उदृत गर्दै किराया उदयपुरका अध्यक्ष बलधन राईले जानकारी दिनुभयो । उहाँ ब्रिटिस सेनाबाट सेवा निर्वित भई लामो समयदेखि समाज सेवा र सामाजिक आन्दोलनमा सशक्त ढंगले लागि रहनुभएको थियो ।   आफ्नो समुदायप्रति पनि भाषा धर्म संस्कार र संस्कृतिका लागि चेतना जगाउने अभियान्ता तथा बौद्धिक व्यक्तित्वको रुपमा परिचत उहाँले शिक्षाको क्षेत्रमा उत्तिकै योगदान पुराउनु भएको थियो । ज्योति माध्यमिक विद्यालय बेल्टारलाई ६७ सालमै ५० हजार रुपयाँको अक्षय कोष...
प्रम ओलीमाथिको आरोप फिर्ता लिए नेकपा मिल्नसक्ने उपप्रधानमन्त्री पोखरेलको संकेत

प्रम ओलीमाथिको आरोप फिर्ता लिए नेकपा मिल्नसक्ने उपप्रधानमन्त्री पोखरेलको संकेत

समाचार
पूर्णपुष्टि, माघ १४ नेपाल सरकारका उपप्रधानमन्त्री एवम् नेकपा नेता इश्वर पोखरेलले नेकपा आधिकारीक रुपले फुट नभएको तर ब्याबाहरिक हिसावले फुटको अवस्थामा पुगेको बताउनुभयो । आज बिहान जलजलेमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले ब्यबहारिक रुपमा देखिएको फुटले अराजक गतिबिधि निम्त्याउनुका साथै पार्टीलाई नोक्सान पुराएको पनि बताउनुभयो । निर्वाचन आयोगले केपी ओली, पुष्प कमल दाहाल (प्रचण्ड) दुई अध्यक्ष र माहासचिव बिष्णु पौडेल रहेको नेकपालाई मात्र आधिकारिक चिनेको बताउँदै उनिहरु बाहेकले बोलाएको बैठक र गतिबिधि आधिकारिक नहुने बताउनुभयो । उहाँले अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली माथी लगाएको नकरात्मक आरोप फिर्ता गरेर निर्वाचनका निम्ति तयारी भएमा समस्या हल तर्फ जाने संकेत गर्नुभयो । पार्टी एकता गरिएको बेला रहेका केहि असमझदारीहरु झाँगिएर अहिले पार्टी फुटको अवस्था ...