Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

माछा मार्ने क्रममा नदिले बगाएर एक युवक बेपत्ता

माछा मार्ने क्रममा नदिले बगाएर एक युवक बेपत्ता

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ भोजपुरमा माछा मार्ने क्रममा नदिले बगाएर एक युवक बेपत्ता भएको छ । अरुण गाउँपालिका–७ का २४ वर्षीय युवराज अधिकारीलाई नदिले बगाई बेपत्ता भएको हो । गत राती १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९÷१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाई लगी बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
पोखरीमा डुबी एक पुरुष बेपत्ता

पोखरीमा डुबी एक पुरुष बेपत्ता

समाचार
पूर्णपुष्टि, जेष्ट ९ मोरङमा पोखरीमा डुबी एक पुरुष बेपत्ता भएको छ । पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे का २७ वर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको हो । शनिबार बेलुका ६ बजे कानेपोखरी–६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबी बेपत्ता भएको खबर प्राप्त भए लगतै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायक उपरीक्षकको कमाण्डमा टोली खटि गई स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित महिला पक्राउ

लागुऔषधसहित महिला पक्राउ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ट ९ मोरङमा लागुऔषसहित एक जना महिला पक्राउ परेको छ । बिराटनगर–१७ मटेरुवा चौक स्थितबाट सुनसरी ईटहरी–१ कि ४१ वर्षीया रेखा न्यौपाने पक्राउ परेकी हो । शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्सी–डिसी ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्पास्मो–प्रोक्सिभोन प्लस–४ सय ३२  चक्कीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
वडाध्यक्षको बुवासहित तीनजना अस्पताल आइसोलेशनमा

वडाध्यक्षको बुवासहित तीनजना अस्पताल आइसोलेशनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ । उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १६ को वडाध्यक्ष मानबहादुर राईको बुवासहित तीनजना वडाका कोरोना संक्रमित जिल्ला अस्पतालको आइसोलेशन आज लगिएको छ । होमआइसोलेशनमा बसिरहनु भएका उहाँहरुलाई थप उपचारका लागि अस्पतालको आइसोलेशनमा लगिएको वडाध्यक्ष राईले बताउनुभयो । वडाका अन्य २९ जना संक्रमितहरु होमआइसाृलृशनमा रहेका छन् । होमआइसोलेशनमा रहेकाहरुलाई वडाले स्वास्थ्य परामर्श सेवासहित आवश्यक स्वास्थ्य सामग्री तथा औषधी घरघरमै पुर्याएको जनाएको छ ।...
उदयपुरमा काेराेना सक्रिय संक्रमित ५४४, निको ८८, मृत्यु २३

उदयपुरमा काेराेना सक्रिय संक्रमित ५४४, निको ८८, मृत्यु २३

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ । उदयपुरमा परिक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या पनि ठूलो मात्रामा देखिदैछ । पछिल्लो २४ घण्टामा १७१ जनाको परिक्षणमा ३८ महिला ३० पुरुष गरी ६८ जना संक्रमित पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २४६ महिला र २९८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना निको भए । योसंगै निको हुनेको संख्या जम्मा ८८ पुगेको छ । जिल्लामा मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पाँचजना मृतकको संख्या थपिएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिकाका ३ पुरुष, कटारी नगरपालिकाका १ पुरुष र उदयपुरगढीको १ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । संक्रमितहरु मध्ये ५९७ जना होम आइसोलेशनमा र ४७ जना संस्थागत आइसोलेशनमा उपचारको क्रममा रहेका छन् । पछ...
Vedio : काेराेना खबर अपडेट – उदयपुर | ८ जेठ, २०७८ – Purnapusti Khabar

Vedio : काेराेना खबर अपडेट – उदयपुर | ८ जेठ, २०७८ – Purnapusti Khabar

समाचार, स्वास्थ्य
https://youtu.be/aKTbpxcHc_k १. उदयपुरमा परिक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या पनि ठूलो मात्रामा देखिदैछ । पछिल्लो २४ घण्टामा १७१ जनाको परिक्षणमा ३८ महिला ३० पुरुष गरी ६८ जना संक्रमित पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २४६ महिला र २९८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना निको भए । योसंगै निको हुनेको संख्या जम्मा ८८ पुगेको छ । जिल्लामा मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पाँचजना मृतकको संख्या थपिएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिकाका ३ पुरुष, कटारी नगरपालिकाका १ पुरुष र उदयपुरगढीको १ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । संक्रमितहरु मध्ये ५९७ जना होम आइसोलेशनमा र ४७ जना संस्थागत आइसोलेशनमा उपचारको क्रममा ...
सडकमा प्रदर्शन हुन नदिन सुरक्षा निकायहरुलाई गृहको आग्रह

सडकमा प्रदर्शन हुन नदिन सुरक्षा निकायहरुलाई गृहको आग्रह

समाचार
पूर्णपुष्टि, जेष्ठ ८ कोरोना माहामारी बिच दोस्रो पटक गरिएको संसद बिगटनको बिषयलाई लिएर कुनै पनि बेला प्रदर्शन हुन सक्ने भन्दै गृहले यसलाई रोक्न सुरक्षा निकायहरुलाई आग्रह गरेको छ । निषेधाज्ञाको उलंघन गरी सडकमा प्रदर्शन भए त्यस्तो कार्यालाई तत्काल रोक्न गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ...
नेपाललाई कोराना मुक्त वनाउने अभियानमा ः सिद्धबाबा

नेपाललाई कोराना मुक्त वनाउने अभियानमा ः सिद्धबाबा

समाचार
पूर्णपुष्टि, जेष्ठ ८ सुनसरी, नेपाललाई कोरोना मुक्त बनाउने अभियानमा हिमालयन सिद्धमबाबा पनि सहभागी भएको छ । हिमालयन सिद्धम हायोगको माध्यमबाट सुनसरीको चतरामा विशेष अनुष्ठान गरिने भएको हो । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुन लागेको हो । विभिन्न सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गराइ भर्चुअल माध्यमबाट आयोजना हुने अनुष्ठान अन्तरगत लाखौ सर्वसाधारणलाइ सहभागी गराइ कोरोनाको नियन्त्रण र रोकथाम र उपचारका लागि आवश्यक सात्विक दिनचर्या र भोजन, योग चर्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको शनिबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विशेष अनुष्ठान कार्यक्रम अन्तरगत ...
नोबेलमा एकै दिनमा १० संक्रमितको ज्यान गयो

नोबेलमा एकै दिनमा १० संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ८ बिराटनगर नोवेल हस्पिटलमा १८ घण्टा भित्र १० संक्रमितले ज्यान गुमाएको  छ । विराटनगर ५ का ४६ वर्षीय पुरुष, धनपालथान ६ का ३४ वर्षीय पुरुष, पथरीशनिश्चरे ४ का ३४ वर्षीय पुरुष, सुनसरीको रामधुनी ३ का ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, सुनसरीको इनरुवा ९ का ७५ वर्षीय पुरुष, झापाको भद्रपुर ५ का ४० वर्षीय पुरुष, झापाको कनकाई ८ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै, सप्तरीको कन्चनरुप १२ का ७० वर्षीय पुरुष, महोतरीको बर्दिबास १ का ५१ वर्षीय पुरुष र महोतरीको गौशाला ५ का ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए । मृतकमध्ये पाँच जना ५० वर्षभन्दा कम उमेरका छन् । शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो ।  ...
उदयपुरमा आज हाल सम्मकै ठुलो संख्यामा संक्रमित थपियो, ५ को मृत्यु

उदयपुरमा आज हाल सम्मकै ठुलो संख्यामा संक्रमित थपियो, ५ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ८ उदयपुरमा आज हाल सम्मकै उच्च संक्रमित फेला परेको छ । आज एकै दिन ६८ जना कोरोना संक्रमण थपिएको छ भने ५ संक्रमितको मृत्यु भएको छ । हाल सम्मकै उच्च संक्रमित शनिवार देखिएको स्वास्थ्य कार्यालय उदयपुरको विवरणमा उल्लेख छ । आज थप भएकाहरु सँगै उदयपुरमा कोरोना संक्रमितको सक्रिय कुल संख्या ५४४ पुगेको छ । कार्यालयका अनुसार आज थपपिएकाहरु महिला ३८ जना र पुरुष ३० जना रहेको छ । आज थप भएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी, लिम्चुङबुङ रौतामाई, कटारी र उदययपुरगढीकाहरु हुन् । आज त्रियुगाको २७, चौदण्डीगढीको १३, लिम्चुङबुङको ९, बेलकाको ५, उदयपुरगढीको ५, रौतामाईको ७ जना र कटारी नगरपालिकाको १  रहेको छ । आज मृत्यु हुनेमा ५ जना पुरुष रहेको तथ्याङकले उल्लेख गरेको छ । उनिहरु त्रिनपाको ३ जना, कटारीका १ जना र उदयपुरगढीका १ जना रहेको तथ्याङकले देखाएको छ । आज सहित जिल्लामा मृत्यु हुनेको संख्या...