बाँकेमा कोरोना संक्रमित थप ९ जनाको मृत्यु, मृत्यु हुनेको जम्मा संख्या २७३ पुग्यो
पूर्णपुष्टि, जेष्ठ ८
बाँकेमा आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बाँकेमा जम्मा मृत्यु हेको संख्या २७३ पुगेको छ । कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यस्तै वैशाख २७ गते नै कोरोना संक्रमण पुष्टि भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–६ की ५२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा जेठ ३ गते कोरोना पोजेटिभ देखिएको थियो ।
वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ५४ वर्षीय पुरुषको पनि नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान ३ बजे मृत्यु भएको कलेजले जनाएको छ । यसैगरी कैलालीको जोशीपुर...









