ओलीको असंबैधानिक कदम प्रति राष्ट्रपतिको साथ
पूर्णपुष्टि, जेष्ठ ७
प्रधानमन्त्रीको हर असंबैधानिक कदमलाई राष्ट्रपतिको पूर्ण साथ रहेको आरोप लागेको छ । प्रधानन्त्रीले सत्ता बचाउनुकै लागि संविधान विपरित कामहरु गरिरहेका भनिएपनि राष्ट्रतिले बिभिन्न बाहानामा ओलीको सत्ता टिकाउन संविधान विपरिदका कामहरु गर्दै आएको बिभिन्न राजनितिक दलहरुल आरोप लगाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि अहिले बिभिन्न पार्टी र नेताहरुबाट चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
संविधानविद्हरूका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको यो कदम मुलुकको संवैधानिक व्यवस्थामाथिको ठाडो हस्तक्षेप हो । उनीहरूका अनुसार संविधानतः नयाँ सरकार निर्माणको प्रक्रियामा जान प्रधान...









