Covid News Update : 06-02-078 | Purnapusti Khabar
https://youtu.be/kWduzhT5Eoo
जिल्ला अस्पताल उदयपुरका डाक्टर मनाेज सुवेदीसंगकाे विशेष संवादसहित काेराेना खबर अपडेट, २०७८ जेठ ६ गते ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरमा निशेधाज्ञलाई थप कडाइ गर्ने जनाएको छ । आज जिल्ला विपद् ब्यवस्थापन समिति तथा कोरोना संकट ब्यवस्थापन समितिको बैंठकले जिल्लालाई निशेधाज्ञ कडा बनाउने गरी निर्णय गरेको प्रशासन स्रोतले जनाएको छ । विविध निर्णयहरुसहित आजै निशेधाज्ञ जारी गर्ने जनाइएको छ । खासगरी सबै क्षेत्रलाई ठप्प बनाई हाल विहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेको खाद्यन्न पसलहरुलाई अवदेखि विहान ७ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।
उदयपुरमा संक्रमितको संख्याले ५ सय नाघेको छ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्याले पाँचसय अंक नाघेको हो । ८७ जनामा कोरोना परिक्षण गर्दा १३ महिला र २...









