Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा २५ ले कोरोना जिते, २३ थपिए

उदयपुरमा २५ ले कोरोना जिते, २३ थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ९  उदयपुरमा आज (आइतबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै उदयपुरमा संक्रमितको संख्या ६ सय ७८ पुगेको हो । आज कोरोना जितेर २५ जना घर फर्किए संगै जिल्लामा निको हुनेको संख्या १ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज लिम्चुङबुङ, त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमितहरु थपिएका छन् । लिम्चुङबुङमा १४, त्रियुगामा ५, बेलकामा ३ र चौदण्डीगढीमा १ गरी कुल संक्रमित ६ सय ७८ पुगेको छ । जिल्लामा अहिलेसम्म संक्रिय संक्रमित २ सय ९३ पुरुष र २ सय ४९ महिला गरी ५ सय ४२ हरेका स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । आज कोरोनाले कसैको पनि ज्यान गएको छैन, जिल्लामा मृतकको संख्या २३ रहेको छ ।...
जङ्गली च्याउ खाँदा ९ जना बिरामी

जङ्गली च्याउ खाँदा ९ जना बिरामी

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ सङ्खुवासभामा जङ्गली च्याउ खाँएर नौजना बिरामी परेका छन् । सिलिचोङ गाउँपालिका–५ याफुमा शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएका हुन् । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले बताए । त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको व...
देउवाले प्रधानमन्त्रीको दाबी गर्दै किर्ते हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको ओलीको आरोप

देउवाले प्रधानमन्त्रीको दाबी गर्दै किर्ते हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको ओलीको आरोप

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई किर्ते हस्ताक्षरको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष किर्ते हस्ताक्षर सहित आफुलाई प्रधानमन्त्रीको दावी गरेकोमा कांग्रेसमाथी ओली खनिएको छ । उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति आपत्ति समेत जनाएको छ । आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सत्ता कब्जाको पथमा गएको बताए । उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए । पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने ...
१६ बर्षको कलिलो उमेरमा सोनम शेर्पा बुबा सँगै पुगे सगरमाथाको चुचुरोमा

१६ बर्षको कलिलो उमेरमा सोनम शेर्पा बुबा सँगै पुगे सगरमाथाको चुचुरोमा

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ ताप्लेजुङका सोनाम शेर्पाले १६ बर्षकै कलिलो उमेरमा सफल सगरमाथा आरोहन गरेको छ । शेर्पाले आफ्नो बुबा पिके शेर्पा सँगै सगरमाथा आरोहन गरेको हो ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय शेर्पा आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको हो । आइतबार बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रा.लि.का प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशनबाट आरोहणका लागि गएका थिए । पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आरोहन गर्न सफल सोनम सबै भन्दा कान्छ...
जंगलमा भेटिए २५ म्याग्जिन र ९७० राउन्ड गोली

जंगलमा भेटिए २५ म्याग्जिन र ९७० राउन्ड गोली

समाचार
पूर्णपुष्टि, जेष्ठ ९  राल्पाको जंगलमा २५ म्याग्जिन र ९ सय ७० राउन्ड गोली बरामत भएको छ । शनिबार त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेको हो । एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । एके ४७ मा प्रयोग हुने  गोली ७ सय ५२ थान, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयको सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको र गोली बरामद भएको क्षेत्रमा थप हुन सक्ने आशंकामा खोजी भइरहेको प्रहरीले बताएको छ । केही समयअघि त्रिवेणी रामपुर गाउँ क्षेत्र र आसपासको जंगलामा ठूलो आगजनी भएको ह...
अम्वाको रुखमा झुन्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

अम्वाको रुखमा झुन्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ बर्दियामा एक प्रहरी जवान अम्वाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ । पाल्पा रम्भा गाउँपालिका–३ का २५ वर्षीय प्रहरी जवान कोशलबहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । खाम्चा बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान रहेको शाहीले जानकारी दिए । उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी जावन खम्चा दुई महिनादेखि सो चौकीमा कार्यरत थिए । उनको मृत्यु बारे पत्ता नलागेको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको शाहीले बताउनुभयो ।  ...
घर भत्किँदा एकै परिवारका आमा, बुवा र छोराको ज्यान गयो

घर भत्किँदा एकै परिवारका आमा, बुवा र छोराको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ प्यूठानमा घर भत्किँदा एकै परिवारका आमा, बुवा छोराको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा घर भत्किँदा ४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमति गमी मल्ल र उनीहरूका ३ वर्षीय छोरा शिशीर मल्लको घटनास्थलमै ज्यान गएको हो । घटना राति घटेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे ७ बजे मात्रै मामा घरबाट जेठी छोरी फर्किएर आएपछि घटनाबारे थाहा भएको हो । मल्लकी अन्दाजी १६ वर्षीया जेठी छोरी शनिबार बेलुका नै मामा घर गएकी थिइन् । उनी बिहान घर फर्किदा बुबा आमा नदेखेपछि छरछिमेकलाई खोजीका लागि गुहार मागेकी थिइन् । प्रहरी घटनास्थल पुग्दा तीनै जनाको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार सोही घरको छुट्टै कोठामा सुतेका मल्लका थप ३ छोरीहरू भने सकुशल रहेको जानकारी दिएको छ । अन्दाजी ८ देखि १०,११ वर्षका तीन छोरी भने अलगै कोठा...
कोरोना संक्रमणले बिरगन्जका चिकित्सक हुसेनको मृत्यु

कोरोना संक्रमणले बिरगन्जका चिकित्सक हुसेनको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ९ कोरोना संक्रमण बाट बिरगन्जका एक चिकित्सक मुराद हुसेनको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए । कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो । वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।  ...
२५ बर्ष जेल सजाय तोकेको गैँडा तस्करीका फरार प्रतिवादी पक्राउ

२५ बर्ष जेल सजाय तोकेको गैँडा तस्करीका फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ९ गैँडको खाग तस्करीका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन राष्ट्रिय निकुञ्जले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ ९हाल कालिका नगरपालि०का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चा...
केहि साता पछि डब्लुएचओले नेपाललाई स्वास्थ्य सामाग्री पठाउँदै

केहि साता पछि डब्लुएचओले नेपाललाई स्वास्थ्य सामाग्री पठाउँदै

स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ९ कोरोना माहामारी बाट आक्रन्त विश्व अहिले संकटमा छ । यहि संकटलाई नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइ...