प्रसाईले दिए सुवेदीलाई भौतीक आक्रमणको धम्की
पूर्णपुष्टि, जेष्ठ १०
झापाको बिएन्डसी हस्पिटलका संञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीको सहयोगी तथा प्रेस संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएको जनाएको छ ।
प्रसाई बाट धम्की आएको भन्दै सुवेदीले प्रेस विज्ञाप्ती मार्फत भौतिक धम्कीको जानकारी दिएका हुन् । प्रसाईले धम्कीमा ‘तलाईं भेटें भनेँ, तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भन्दै धम्काएका विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको जनाएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् ।
गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्...








