Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

०५४ एसएलसी ब्याजीले संचार क्षेत्रलाइ स्वास्थ्य सामग्री दियाे

०५४ एसएलसी ब्याजीले संचार क्षेत्रलाइ स्वास्थ्य सामग्री दियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० । त्रियुगा माध्यामिक विद्यालय, गाईघाटको २०५४ साले एसएससी ब्याजीले कोरोना महामारीमा अग्रपंतीमा खटिरहेको उदयपुरकाे सञ्चार संस्थाहरूलाइ स्वास्थ्य सामग्री आज वितरण गरेको छ । ०५४ ब्याजीले, समाचार संकलनकाे सिलसिलामा पत्रकार तथा सन्चारकर्मीहरुलाई प्रयोग हुने सेनिटाइजर र मास्क वितरण गरेको हो । नेपाल पत्रकार महासंघ शाखा उदयपुर, रेडियो उदयपुर, उपहार एफएम, पूर्णपुष्टि मिडिया हाउस लगायतलाई वितरण गरेकाे हाे । संचार संस्थाका कार्यालय सम्म नै पुगेर ब्याजी टोलीले स्वास्थ्य सामग्री प्रदान गरेको ब्याजी समुहका सदस्य कुमार मोतेले जानकारी दिनुभयो । ब्याजीका सदस्यहरुले अाफैले आर्थिक संकलन गरी कोरोना महामारीमा समाजलाई सहि र सत्य सूचना पुर्याउन मिडिया क्षेत्रलाई सहयोग गरेका हुन् । उक्त ब्याजीले अघिल्लो पहिलो लहरको कोरोना कहरमा पनि सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थिय...
विद्युत मर्मतमा कार्यालयकाे ढीलाइले गाइघाटबासीलाइ सास्ती

विद्युत मर्मतमा कार्यालयकाे ढीलाइले गाइघाटबासीलाइ सास्ती

समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुरकाे गाइघाटमा दिउसोदेखि राती अबेरसम्म विद्युत कटिदा गाइघाटबासीले सास्ती खेप्नुपरयाे । गर्मिको समयमा कटिएको विद्युत राती अबेरसम्म विदुत कार्यालयले मर्मत गर्न नसक्दा सास्ती परेकाे हाे । विद्युत कार्यालयले विद्युत लाईनमा नै समस्या आएको जनायाे । गाईघाट नजिकै त्रियुगा पुल पारीसम्म विद्युत लाइन सञ्चालनमा रहेपनि त्यसयता विग्रेको जनाइएको छ । के कारण विग्रेको हो र के समस्या हो भन्ने बारेमा थाहा पाउन नसक्दा मर्मतमा लामाे समय लागेकाे विद्युत कार्यालय गाईघाटका प्रमुख रोसन सिंहको भनाई छ । विग्रिन साथ मर्मतमा खटिएको इन्जिनियरसहितको टोलीले विग्रिएको स्थानसम्म पत्ता लगाएको तर के भएको हो भनेर पत्ता लगाउन नसक्दा मर्मतमा ढिलाइ भएकाे उहाँको भनाई छ । कोरोना महामारीबाट बच्न प्रशासनको निशेधाज्ञको पालना गर्दै घरघरमा बसिरहेका गाईघाटबासीलाई विद्युत नहुदा सास्ती परेको छ ।...
कोरोना विरुद्ध चिनिया खोप भेरोसिलको दाेस्राे खाेपमा नछुट्न स्वास्थ्य कार्यालयकाे अपिल

कोरोना विरुद्ध चिनिया खोप भेरोसिलको दाेस्राे खाेपमा नछुट्न स्वास्थ्य कार्यालयकाे अपिल

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० । स्वास्थ्य कार्यालय उदयपुरले कोरोना विरुद्ध चिनिया खोप भेरोसिलको पहिलो खोप लगाएकालाई दोस्रो खोपका लागि सम्पर्कमा आउन सुचित गरेको छ । जिल्ला बाहिर पहिलो खोप लगाई निशेधाज्ञको बेला आएका जिल्लाबासीलाई खोपबाट बन्चित नहुन सुचित गरेको हो ।्र खोपका लािग आफु रहेको पालिकाको स्वास्थ्य शाखामा छिटै सम्पर्क गरी नाम दर्ता गराउन सकिने जनाएको छ । जिल्लाभरबाट नाम दर्ता संकलन भएपछि केन्द्रले स्वास्थ्य कार्यालयमा खोप पठाउने र जिल्लामै दोस्रो खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।...
नेपालमा निकाे हुने भन्दा संक्रमित बढि, विश्वमा त्यसकाे ठीक उल्टाे

नेपालमा निकाे हुने भन्दा संक्रमित बढि, विश्वमा त्यसकाे ठीक उल्टाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० । उदयपुरमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमणको रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालय उदयपुरको अनुसार पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित थपिएका छन् । यो संख्या सयमा ३ जना कमी हो । यसअघि ठूलो संख्या हेर्दा दुईदिन अघि ६८ जना देखिएको थियो । त्यसबाहेक सबैदिन ५० भन्दा कम थिए । संक्रमितले दैनिक सय अंक छुन लाग्दा कोरोना संक्रमण गाउँटोलसम्म सल्किसकेको प्रष्ट भएको छ । पछिल्लो समय परिक्षणको दायरा बढाइएको छ । हरेक परिक्षणमा संक्रमित ठूलोसंख्यामा पुष्टि हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार परिक्षणमा धेरैजसोमा ५० प्रतिशत बढि नै संक्रमित देखिने गरेका छन् । यो ९७ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमणको संख्याले ६ सय नाघेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४ पुगेको छ । संक्रमितहरु मध्ये ५५२ जना होमआइसोलेशनमा र ५२ जना साधारण उपचारमा रहेको जनाइएको छ ...

Vedio : काेराेना खबर अपडेट- उदयपुर | १० जेठ, २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/hyLp9cIYPQw १. उदयपुरमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमणको रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालय उदयपुरको अनुसार पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित थपिएका छन् । यो संख्या सयमा ३ जना कमी हो । यसअघि ठूलो संख्या हेर्दा दुईदिन अघि ६८ जना देखिएको थियो । त्यसबाहेक सबैदिन ५० भन्दा कम थिए । संक्रमितले दैनिक सय अंक छुन लाग्दा कोरोना संक्रमण गाउँटोलसम्म सल्किसकेको प्रष्ट भएको छ । पछिल्लो समय परिक्षणको दायरा बढाइएको छ । हरेक परिक्षणमा संक्रमित ठूलोसंख्यामा पुष्टि हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार परिक्षणमा धेरैजसोमा ५० प्रतिशत बढि नै संक्रमित देखिने गरेका छन् । यो ९७ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमणको संख्याले ६ सय नाघेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४ पुगेको छ । संक्रमितहरु मध्ये ५५२ जना होमआइसोलेशनमा र ५२ जना साधारण उपचारमा रहे...
उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण, संक्रमितको संख्या ७७७ पुग्यो, थप ४ जनाको मृत्यु

उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण, संक्रमितको संख्या ७७७ पुग्यो, थप ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १० उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण पुष्टि भएको छ । (आज सोमबार) थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ७ सय ७७ जना पुगेको हो । आज थपिएका मध्ये ५५ महिला र ४२ पुरुष रहेका छन् । आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ, जसमध्ये २ महिला र २ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै जिल्लामा मृतकको संख्या २७ पुगेको छ । मृतकको उमेर र वडा स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख गरिएको छैन् । आज त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका साथै रौतामाई र उदयपुरगढी गाउँपालिकामा संक्रमित थपिएका छन् । त्रियुगामा ३९ कटारीमा ३२, चौदण्डीगढीमा १९ र बेलका नगरपालिमा ४ साथै रौतामाईमा २ र उदयपुरगढी गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् । आज कोरोना जितेर ३३ जना घर फर्किएका छन् । यो सँगै जिल्लामा निको हुनेको संख्या ८८ पुरुष र ५८...
मोरङमा ११ संक्रमितको ज्यान गयो

मोरङमा ११ संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १० मोरङमा ११ कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचारको क्रममा १० जना र होम आइसोलेसनमा १ जना गरी ११ संक्रमितको ज्यान गएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा ४ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जनाको ज्यान गएको छ । साथै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा ज्यान गएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको हो । विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको ज्यान गएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको आज बिहान ज्यान गएको हो । विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमै ज्यान गएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गएराति १ः५० बजेतिर ज्यान गएको हो । आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको...
संखुवासभामा जङ्गली च्याउ खाँदा एकको ज्यान गयो

संखुवासभामा जङ्गली च्याउ खाँदा एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १० जङ्गली च्याउ खाएर संखुवासभामा एक जनाको ज्यान गएको छ । खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको ज्यान गएको हो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको वडाध्यक्ष सजीत राईले बताए । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएका थिए ।...
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको ज्यान गयो

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १० झापा अर्जुनधारा नगरपालिका–११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको ज्यान गएको छ । स्थानका ३८ वर्षीय धनेन्द्र तामाङको माछा मार्ने क्रममा ज्यान गएको हो । आईतबार बेलुका साढे ४ बजे साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी  विएन्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ ज्यान गएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ वर्षीय  दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १० मोरङमा लागुऔषधसहित एक जना पुरुष पक्राउ परको छ । बिराटनगर–१६ दरैया स्थितबाट आईतबार बेलुका ९ बजे ४३ बर्षीय सजजु साही पक्राउ परेको हो । दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले साहीलाई डाइलेक्स–डीसी–२ बोतल, निट्राभेट–३० ट्याब्लेट, स्पास्मो–प्रोक्सिभोन प्लस–८ ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...