Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा संक्रमण र मृ्त्युदर बढ्दाे, देशकाे अवस्था उही, विश्वमा भने घट्दाे : काेराेना खबर अपडेट

उदयपुरमा संक्रमण र मृ्त्युदर बढ्दाे, देशकाे अवस्था उही, विश्वमा भने घट्दाे : काेराेना खबर अपडेट

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ । पछिल्लो २४ घण्टामा उदयपुरका दुईजनाको कोरोनाका कारण मृत्यु भएको छ । दुबै मृतक महिला हुन् । दुबैजना त्रियुगा नगरपालिकाका हुन् । त्रिनपा वडा नं. १३ की ४० वर्षिया महिला र ३ की अर्की एक महिलाको मृत्यु भएको हो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । जसमा १० महिला र १९ पुरुष रहेका छन् । उदयपुरमा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ । कुल संक्रमित मध्ये ६४१ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या १५४ रहेको छ । परिक्षण गर्दा २१ म्हिला र २६ पुरुष संक्रमित देखिएका हुन् । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६४१ पुगेको हो । सक्रिय संक्रमितमा २९९ महिला र ३४२ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएका छन् । योसंगै जिल्लामा निको हुनेको कुलसंख्या १५४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने भन्दा ३९ जना नयाँसंक्रमितको संख...

Vedio : उदयपुरमा २९ काे मृत्यु, ८२४ संक्रमित | काेराेना खबर अपडेट : ११ जेठ, २०७८ – Purnapusti Khabar

समाचार, स्वास्थ्य
https://youtu.be/EqlF5tDrKJQ १. पछिल्लो २४ घण्टामा उदयपुरका दुईजनाको कोरोनाका कारण मृत्यु भएको छ । दुबै मृतक महिला हुन् । दुबैजना त्रियुगा नगरपालिकाका हुन् । त्रिनपा वडा नं. १३ की ४० वर्षिया महिला र ३ की अर्की एक महिलाको मृत्यु भएको हो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । जसमा १० महिला र १९ पुरुष रहेका छन् । उदयपुरमा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ । कुल संक्रमित मध्ये ६४१ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या १५४ रहेको छ । परिक्षण गर्दा २१ म्हिला र २६ पुरुष संक्रमित देखिएका हुन् । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६४१ पुगेको हो । सक्रिय संक्रमितमा २९९ महिला र ३४२ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएका छन् । योसंगै जिल्लामा निको हुनेको कुलसंख्या १५४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने भन्दा ३९ जना नयाँस...
जंगली च्याउले २ जनाको ज्यान लियो

जंगली च्याउले २ जनाको ज्यान लियो

समाचार
पूर्णपुष्टि, जेष्ठ ११ संखुवासभामा जंगली च्याउ खाएका ९ बिरामी मध्ये २ जनाले ज्यान गुमाएको छ । जंगली च्याउ खाएर बिरामी भएकी २१ वर्षीया निर्जला राईको मंगलबार मृत्यु भएको छ । च्याउ खाएर आठ वर्षीया रोजिना राईको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् । जंगली च्याउ खाँदा बुद्धबहादुर र बुद्धिमाया राई, महेन्द्र, वीरेन्द्र, शहदेव राईसहित ९ जना बिरामीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा.सुन्दरश्याम जानकारी दिए । उनीहरुमध्ये अधिकांसमा मृगौला र कलेजोमा बढी समस्या देखिएको उनले बताए । शुक्रबार च्याउ खाएर सुतेपछि मध्यरातबाट सबैलाई वान्ता हुन थालेपछि सोही दिन याफु आधारभूत स्वास्थ्य सेवामा भर्ना गरिए...
उदयपुरमा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

उदयपुरमा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि, जेष्ठ ११ उदयपुरमा आज थप ४७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार मंगलबार ४७ जनामा संक्रमण पुष्टि हुनुका साथै २ जनाको मृत्यु भएको छ । आज २१ जना महिला र २६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । आज मृत्यु हुनेमा त्रियुगा नगरपालिका १३ र त्रियुगा नगरपालिका ३ को रहेको छ । उनिहरु दुवै ४० बर्षिय महिलाहरु हुन् । त्यसैगरी आज जिल्लामा त्रियुगा नगरपालिकाको २७ जना, चौदण्डीगढीको ७, लिम्चुङबुङको ९, रौतामाईको २, उदयपुरगढीको १ र बेलकाको १ जना रहेको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । हाल सम्म निको हुनेको संख्या १५४ रहेको छ भने मृत्यु हुनेको संख्या २९ पुगेको छ ।  ...
गोली प्रहारबाट घाईते माओवादीका नेता पाण्डेको मृत्यु

गोली प्रहारबाट घाईते माओवादीका नेता पाण्डेको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ ११ गोली प्रहारबाट घाईते भएका माओवादी केन्द्र कपिल्वस्तुका जिल्ला कमिटि सदस्य दिपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीप्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । पाण्डेलाई अज्ञात समूहले बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो । गोली लागेर घाईते भएका पाण्डेलाई थप उपचारका लागि सोमबार साँझ हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएको थियो । गोली हान्ने दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन् ।  ...
जंगली हात्तिको आक्रमणमा परी आमा छोरीको ज्यान गयो

जंगली हात्तिको आक्रमणमा परी आमा छोरीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ ११ जंगली हात्तिको आक्रमणमा परी बर्दियामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेहरुमा आमाछोरी रहेको छ । आफ्नै घरमा बसिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आएर आमा–छोरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई हात्तीले आफ्नो सुडमा उठाएर घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छाडेको प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए । त्यसक्रममा आमा चन्द्राको घटनास्थलमै मृत्यु भएको र छोरी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको पनि मंगलबार बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।    ...
एकै परिवारका ३ जना झुण्डिएको अवस्थामा मृत फेला

एकै परिवारका ३ जना झुण्डिएको अवस्थामा मृत फेला

समाचार
पूर्णपुष्टि, जेष्ठ ११ प्युठानमा एकै परिवारका ३ जना झुण्डिएको अवस्थामा मृत फेला परेको छ । परिवारका आमा, छोरी र छोरा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।      ...
रुखले किचेर एकको मृत्यु

रुखले किचेर एकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ ११  धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
निषेधाज्ञाको बेला एम्वुलेन्समा गाँजा ओसारपसार, सय केजी गाँजा सहित २ पक्राउ

निषेधाज्ञाको बेला एम्वुलेन्समा गाँजा ओसारपसार, सय केजी गाँजा सहित २ पक्राउ

समाचार
पूणर्पुष्टि, जेष्ठ ११ सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड बाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० के.जी. लागूऔषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको छ  ।...
लिम्चुङबुङकाे सबै वडामा काराेना संक्रमण देखियाे

लिम्चुङबुङकाे सबै वडामा काराेना संक्रमण देखियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० । लिम्चुङबुङ गाउँपालिकाको पछिल्लो रिपोर्ट अनुसार पालिकाको सबै वडामा कोरोना संक्रमण देखिएको छ । पाँच वटा वडाहरु मध्ये वडा नं। ३ बराहामा पछिल्लो अवस्थासम्म संक्रमण देखिएको थिएन । हिजोको परिक्षणबाट भने त्यस वडामा पनि देखिएपछि पालिकको सबै वडामा संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक पालिकाको वडां। १ बाँसबोटेमा ६ जनामा परिक्षण गर्दा ४ जना पोजेटिभ र वडा नं। ३ बराहामा १२ जनामा परिक्षण गर्दा ५ जना गरी ९ जनामा पोजेटिभ देखिएको पालिकाले जनाएको छ । योसंगै पालिकाको तथ्यांकमा लिम्चुङबुङमा संक्रमितको कुलसंख्या ४६ पुगेको छ । हिजो नै निको हुनेको संख्या ९ रहेको छ । योसंगै पालिकामा निको हुनेको कुलसंख्या १० पुगेको छ । पालिकामा सक्रिय संक्रमितको संख्या ३५ रहेको पालिकाका निमित्त स्वास्थ्य प्रमुख कर्णशेर राईले बताउनुभयो । पालिकाको पछिल्लो संक्रमित र निको भएको संख्या याे समाचार तयार...