Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

नक्कली सेनिटाईजर बेच्दा बेच्दै पक्राउ

नक्कली सेनिटाईजर बेच्दा बेच्दै पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ स्याङजामा नक्कली सेनिटाईजर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको प्रहरीले जनाएको छ । पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।  ...
खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको बेलिब्रिज राख्ने र हटाउनेमै सिमित

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको बेलिब्रिज राख्ने र हटाउनेमै सिमित

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ खोटाङ र उदयपुर जोड्ने सुनकोशीमा रहेको फोक्सिङटारको अस्थायी बेलिब्रिज वर्षेनी राख्ने र हटाउने कामै सिमित भएको छ । फोक्सिङटारमा निर्माणाधीन पक्की आर्क डिजाइनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि यस ठाउँमा गएको ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । म्याद सकिएको वर्षाैँ बित्दा समेत पक्की पुल निर्माणको काम पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको बर्सेनि करोडौँ खर्च भइरहेको छ । खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीमा रहेको फोक्सिङटारमा गएको मङ्सिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज खोल्न सुरु गरिएको हो । गाईघाट–दिक्तेल सडक आयोजनाको झन्डै ८४ लाख रुपैयाँमा बेलिब्रिज राख्ने, हटाउने र ...
काठमाण्डौँमा फेरी बर्डफ्लु  फेला, ८ सय टर्की नष्ट गरिने

काठमाण्डौँमा फेरी बर्डफ्लु फेला, ८ सय टर्की नष्ट गरिने

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ काठमाण्डौँमा फेरी बर्डफ्लु  फेला परेको छ । किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि हो । बल्र्डफ्लु फेला परेपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा रहेको करिब ८ सय टर्की नष्ट गर्न पठाएको पशु सेवा बिभागले जनाएको छ । प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानै देखि प्राविधिक खटिएको प्रवक्ता ढकालले जानकारी दिए । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएको हो । हामी अहिले संक्रमण थप फैलन रोक्न काम गरिरहेका छौं ...
उदयपुरमा थप १३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ९६२ पुग्यो

उदयपुरमा थप १३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ९६२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १२ उदयपुरमा आज (बुधबार) थप १ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ सय ६२ पगेको हो । आज थपिएका संक्रमित मध्ये ९० पुरुष र ४८ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज त्रियुगा,कटारी र बेलका नगरपालिका साथै रौतामाई, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकामा संक्रमित थपिएका छन् । त्रियुगामा ४८, कटारीमा २६, बेलकामा ७, रौतामाईमा ३८, लिम्चुङबुङमा १२ र उदयपुरगढीमा ८ गरी १ सय ३८ जना संक्रमित थपिएका हुन् । आज कोरोना मुक्त भएर घर फर्किने र ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । जिल्लामा संक्रिय संक्रमित ४ सय ३१ पुरुष र ३ सय ४८ महिला गरी ७ सय ७९ रहेका छन् । अहिलेसम्म जिल्लामा १९ पुरुष र १० महिला गरी २९ जना संक्रमितको ज्यान गएको छ, भने ९१ पुरुष र ६३ महिला गरी १ सय ५४ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालयको तथ्या...
कोरोना उपचारको लागि जिल्लालाई वल्र्डभिजनले २५ लाख बराबरको अक्सिजन सहितको सामाग्री सहयोग गर्यो

कोरोना उपचारको लागि जिल्लालाई वल्र्डभिजनले २५ लाख बराबरको अक्सिजन सहितको सामाग्री सहयोग गर्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १२ वल्र्डभिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि वल्र्डभिजन इन्टरनेशनल नेपालले समितिलाई स्वास्थ्य बुधबार समाग्रीहरु सहयोग गरेको हो । संस्थाले जिल्ला प्रशासन कार्यालयमै पुगेर सामाग्री प्रदान गरेको छ । सामाग्री सहयोग कार्याक्रमलाई जाल्पा एकिकृत विकास समाज (जिड्स) उदयपुर र हुरेण्डेकले समन्वय तथा आवश्यकीय भौतिक सहयोगहरु गरेको छ । यी दुवै वल्र्डभिजनको साझेदरी संस्था पनि हो । संस्थाले अक्सिजन सिलिण्डर– ७० वटा, पल्स ओक्सिमिटर– ७० वटा, थर्मल टेम्प्रेचर– ७० वटा, पि.पि.ई. सेट– ७० वटा, अक्सिजन कन्सन्ट्रेटर – १ वटा, सर्जिकल माक्स–१२ पाकेट, मास्क एन ९५– ७२ वटा, स्यानीटाईजर– ५ लि.प्याक, सोप लिक्विड (हयाण्ड वास)– १२ वटा प्रदान गर...
खोटाङमा देवाली गर्दै गर्दा २ पुजारीसहित ५ पक्राउ

खोटाङमा देवाली गर्दै गर्दा २ पुजारीसहित ५ पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ विगत लामो समयदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले खोेटाङलाई पनि गाँजीरहेको अवस्थामा कुलपुजा (देवाली) गर्दै गर्दा दुई पुजारी सहित पाँच जना पक्राउ छन् । मझुवागढी नगरपालिका–४ खाल्लेमा व्यापक रुपमा मानिसहरुको भेला जम्मा गरि कुलपुजा (देवाली) गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणदर बढे सँगै बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवालीलगायतका सामाजिक कार्य नगर्न भनिएको अवस्थमा पनि उनीहरुले देवालीको गरिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको चिमरियाको भनाई रहेको छ । अनावश्यकरुपमा घर बाहिर निस्कने र भेला जम्मा भएर सामाजिक कार्य गरेमा तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न जिल्लाभर सुरक्षा निकायलाई परिचालन गरिएको उहाँले ब...
हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गयो

हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १२  हात्तीको आक्रमणबाट बर्दियामा आमा छोरीको ज्यान गएको छ । गएराति गेरुवा गाउँपालिका–१ सरखोल खचकपुर बस्ने वर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दीपिका बिकको हात्तीको आक्रमणबाट ज्यान गएको हो । आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जङ्गली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो । आमा चन्द्राको घटनास्थलमै ज्यान गएको थियो, भने छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेजमा आज बिहान उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।...
माहामारीको आडमा सरकारको प्रतिगमनलाई सामाजिक संञ्जालबाटै बिरोध गर्ने काँग्रेसको निष्कर्ष

माहामारीको आडमा सरकारको प्रतिगमनलाई सामाजिक संञ्जालबाटै बिरोध गर्ने काँग्रेसको निष्कर्ष

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ कोरोना भाईरसको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे नेपाली कांग्रेसले आरोप लगाएको छ । कोभिड १९ संक्रमणको रोकथाम गर्नु भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष कांग्रेसले निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको कांग्रेसको ठहर छ । सरकारले गरेको प्रतिगमनको बिरोधलाई नेपाली कांग्रेसले सामाजिक संञ्जालकै माध्यमबाट भएपनि बिरोध गर्ने जनाएको छ । अहिलेको परिस्थितिलाई नियाल्दै सत्ता टिकाउन सरकारले माहामारीको आड लिएको कांग्रेसको आरोप छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो । पदाधिका...
रुखले किचेर १ जनाको ज्यान गयो

रुखले किचेर १ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ धनकुटामा रुखले किचेर एकजनाको घटना स्थलमै ज्यान गएको छ । सहिदभुमी गाउँपालिका–३ छिन्ताङ का ४२ वर्षीय नारायण कुमार राईको रुखले किचेर ज्यान गएको हो । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १२ झापामा लागुऔषधसहित दुईजना युवक पक्राउ परेको छन् । गौरीगंज गाउँपालिका–२ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको हो । उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विन स्पासमो फोटिएट–२८  ट्याब्लेट  र निट्राभेट–३० ट्याब्लेट फेला पारेको थियो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...