Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको बढी, ६ हजार ९३९ संक्रमित, ७ हजार २२६ निको

नेपालमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको बढी, ६ हजार ९३९ संक्रमित, ७ हजार २२६ निको

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १३ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना बाट निको हुनेको संख्या बढेको पाइएको छ । यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७.२ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको रेकर्ड हेर्दा २० हजार ९९२ को कोरोना परिक्षणमा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । यता निको भएको संक्रमित संख्या भने ७ हजार २२६ रहेको छ । नेपालमा यो सँगै कोरोना बाट निको हुनेको संख्या चार लाख १८ हजार ८२९ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या छ हजार ९५१ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ४२ हजार २५६ पुगेको छ ।  ...
उदयपुरमा पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित थपियो , १ को मृत्यु

उदयपुरमा पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित थपियो , १ को मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ उदयपुरमा पछिल्लो २४ घण्टा बिहिबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको नियमित परिक्षणमा आज ६१ जनामा संक्रमण पुष्टि देखाएको हो । कार्यालयका अनुसार आज संक्रमितहरु मध्ये पुरुष ३२ र महिला २९ जना रहेको छ । उनिहरु त्रियुगा, चौदण्डी, बेलका र रौतामाईको रहेको छ । आज थपिएकाहरु मध्ये त्रियुगाको २६, चौदण्डीको २०, रौतामाईको ९ र बेलकाको ६ जना रहेको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०२३ पुगेको छ । यता आज एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ का ४० बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या पनि ३० पुगेको छ । जिल्लामा आज सम्म निको हुनेको संख्या १७७ पुगेको छ ।  ...
चौदण्डीगढीमा कृषकहरुलाई धानको विउ वितरण

चौदण्डीगढीमा कृषकहरुलाई धानको विउ वितरण

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ चौदण्डीगढीका कृषकहरुले धानको विउ पाएका छन् । धान रोप्ने सिजन सँगै चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिकामा रहेको कृषकहरुलाई धानको विउ उपलब्ध गराएको हो । धानको विउ नगर प्रमुख खगेन्द्र राई, उप्रमुख रिताकुमारी चौधरी, संयुक्त टोलीले बिहिबार कृषकहरुलाई विउ वितरण गरेका छन् । नगरले कृषकहरुका माग अनुसारकै धानको विउ लाल वास्मति, बहुगणी, स्वर्णसव, कान्छि मुन्सुली, काला नामक, सानो मुम्सुली, रामधान लगायतका ९ प्रकारका बिउ उपलब्ध गराएको छ । कृषकको २५ प्रतिशत लगानी र पालकालिको ७५ प्रतिशत अनुदानमा आज (विहिबार) ६ नं. वडा स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा वितरण गरेको हो । आन्तरिक कृषि कार्यक्रम र चक्लाबन्दी क्षत्रको लागि १४ मेट्रिक्टन विउ खरिद गरिएको हो । सो मध्ये चक्लाबन्दीका कृषकहरुकालाई ३० हेक्टर खेतको लागि १५ क्वीन्टल ५ नं. वडाको सुन्दरपुर र १० नं. वड...
बाबुले गरे आफ्नै छोराको हत्या

बाबुले गरे आफ्नै छोराको हत्या

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ बाँकेमा बाबुले आफ्नै छोरालाई धारीलो हत्यार प्रयोग गरी हत्या गरेको छ । सामान्य घरायसी विवादका कारण बाबुले छोरालाई धारिलो हत्यार प्रयोग गरेकोे बाँके प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो । बुधबार राती करिब ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षिय छोरा पोषण ओलीको गर्धन (घाँटी) मा हसिया प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । हसिया प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरको संचार शाखाले जनाएको छ । नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई आँसी प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पारीवारीक विवादका ...
शनिवार सम्म हिमपात र भारी बर्षा, जोखिम क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह

शनिवार सम्म हिमपात र भारी बर्षा, जोखिम क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ चक्रवात यासको प्रभावका कारण आउँदो सनिवार सम्म भारी बर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली÷ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात÷वर्षा को सम्भावना रहेको छ । यसैगरी आज राति भने देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा...
उदयपुरमा टिकटक बनाउन झुण्डिने क्रममा पासो लाग्दा बालिकको ज्यान गयो

उदयपुरमा टिकटक बनाउन झुण्डिने क्रममा पासो लाग्दा बालिकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा ११ बर्षिय बालिकाको टिक टक बनाउने क्रममा ज्यान गएको छ । टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा चौदण्डीका जीतबहादुर बस्नेतका छोरी संजीता बस्नेतको ज्यान गएको स्रोतले जानकारी दिए । मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको स्रोतले जनाएको छ । आमा बुबा भान्सा कोठामा खाना खाईरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधबार साँझ झुण्डिएर ज्यान गएको  स्रोतको भनाई छ । बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिवबहादुर दाहालले जानकारी दिए । ‘सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ, भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याब पछि मात्रै बताउन सकिन्छ ।’ एसपी दाहाल...
उदयपुरमा दैनिक सय संक्रमित थपिदै, लापरवाहीका कारण समुदायमा काेराेना फैलियाे

उदयपुरमा दैनिक सय संक्रमित थपिदै, लापरवाहीका कारण समुदायमा काेराेना फैलियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १२ । गएको २४ घण्टामा उदयपुरमा थपिने कोरोना संक्रमितको संख्याले सय नाघेको छ । अहिलेसम्मकै सबैभन्दा बढि संक्रमित थपिने रेकर्ड राख्दै १३८ जना संक्रमित थपिएका हुन् । २८४ जनाको एन्टिजेन परिक्षण गर्दा ४८ जना महिला र ९० जना पुरुष संक्रमित थपिएका हुन् । थपिएकामा त्रियुगा नगरपालिकाको ४८, रौतामाई गाउँपालिकाको ३८, कटारी नगरपालिकाको २६, लिम्चुङबुङ गाउँपालिकाको १२, उदयपुरगढी गाउँपालिकाको ८ र बेलका नगरपालिकाको ७ रहेका छन् । पछिल्लो समय थपिएको संक्रमितसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या ७७९ पुगेको छ । संक्रमितहरु मध्ये ७०७ जना होम आइसोलेशनमा छन् भने ७२ जना संस्थागत आइसोलेशनमा उपचारमा छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुने र निको हुनेको संख्या स्वास्थ्य कार्यालयको अभिलेखमा थपिएको छैन । हालसम्म जिल्लामा निको हुनेको संख्या १५४ र मृत्यु संख्या २९ रहेको छ । सक्रिय संक्रमित ७७९...

काेराेना खबर अपडेट – उदयपुर | १२ जेठ, २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/F67ZtqcVEiE १. गएको २४ घण्टामा उदयपुरमा थपिने कोरोना संक्रमितको संख्याले सय नाघेको छ । अहिलेसम्मकै सबैभन्दा बढि संक्रमित थपिने रेकर्ड राख्दै १३८ जना संक्रमित थपिएका हुन् । २८४ जनाको एन्टिजेन परिक्षण गर्दा ४८ जना महिला र ९० जना पुरुष संक्रमित थपिएका हुन् । थपिएकामा त्रियुगा नगरपालिकाको ४८, रौतामाई गाउँपालिकाको ३८, कटारी नगरपालिकाको २६, लिम्चुङबुङ गाउँपालिकाको १२, उदयपुरगढी गाउँपालिकाको ८ र बेलका नगरपालिकाको ७ रहेका छन् । पछिल्लो समय थपिएको संक्रमितसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या ७७९ पुगेको छ । संक्रमितहरु मध्ये ७०७ जना होम आइसोलेशनमा छन् भने ७२ जना संस्थागत आइसोलेशनमा उपचारमा छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुने र निको हुनेको संख्या स्वास्थ्य कार्यालयको अभिलेखमा थपिएको छैन । हालसम्म जिल्लामा निको हुनेको संख्या १५४ र मृत्यु संख्या २९ रहेको छ । सक्रिय...
प्रतिगमन विरुद्ध उदयपुरमा ३ दलका युवा संगठनहरुको बिरोध

प्रतिगमन विरुद्ध उदयपुरमा ३ दलका युवा संगठनहरुको बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा बुधबार साँझ ३ दलले गाईघाटमा राँके जुलस सहित विरोध जनाएको छ । वाईसेल नेपाल, तरुण दल, युवा संघले प्रधानमन्त्री र राष्ट्रपति विरुद्धमा मुर्दावादको नारा सहित जुलुस प्रदर्शन गरिएको हो । केपी विद्या मुर्दावाद लगायतको नारासहित ३ दलले संयुक्त रुपमा सरकारको विरुद्धमा विरोध गरेको हो । माहामारीको बिचमा थोरै संख्यामा सुरक्षितका साथ बिरोध गरेको प्रदर्शनकारीहरुले जनाएको छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिको बिच जुलुस प्रदर्शन गरेको थियो । पिपलचोकमा गर्ने भनिएको बिरोध प्रदर्शन सुरक्षाकर्मीहरुको बाक्लो निगरानीका कारण बैँक लाईन र जिके पुस्तक पसल छेउबाट गरेको थियो । मेनचोक तर्फ जान खोजेको जुलुस प्रहरीले रोकपछि पुरानो सब्जी बजार तर्फ भागेका थिए । पुरानो सब्जी बजार स्थित आसरी रोडमा ...
देशभर नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

देशभर नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १२  पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर परिक्षण गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ जनाको एन्टिजेन परिक्षणमा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर ६ हजार ७ सय १६ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ सय ४५ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेका छन् ।...