सशस्त्रको गोली बाट घाईते भएका युवाको मृत्यु
पूर्णपुष्टि, जेष्ठ ५
सशस्त्र प्रहरीको गोली लागी घम्भिर घाईते भएका एक युवाको बुधबार दिउँसो मृत्यु भएको छ । पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका–६ कठहवामा शसस्त्रको गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २२ वर्षीय अभिनास राजभरको उपचारको क्रममा बुटवल सिटी अस्पताल मृत्यु भएको हो ।
नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर उनि घाईते भएका थिए ।
तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि बुटवल सिटी अस्पताल लगिएको थियो । अस्पलाल उपचारकोक्रममा मृत्यु भएको पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।
नेपाल भारत सीमानाका बन्द रहेको अवस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र प्रहरीले नाकामा रोकेको र सोही विषयमा विवाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्...









